काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसै अन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल…
प्यूठान । बिगत तीन बर्ष यता बडादशैको महाअष्टमीमा हुँदै आएको भित्रिकोट दौड प्रतियोगिता यशबर्ष पनि सञ्चालन हुने भएकोछ । ऐतिहासिक पृष्ठभुमि रहेको भित्रिकोट सम्म करिब ८ किलोमिटरको दुरीमा प्यूठान नगरपालिका वडा नं ७ पुण्ड्यखोलाबाट दौड प्रतियोगिता हुने प्यूठान न पा ७ का वडाअध्यक्ष नेत्रबहादुर के सीले बताउनुभयो । यसबर्ष प्यूठान जिल्ला बासीले मात्र दौड्न पाउनेछन् भने उमेर हद १८ देखी ४० बर्ष कायम गरिएकोछ । दौडमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० र तेस्रोले ७ हजार पुरस्कार पाउनेछन् । सातौ स्थान सम्म आउनेले सान्तोना पुरस्कार पाउने सञ्चालक समितिले जनाएको छ । तर प्यूठान नगरपालिकाको प्रमुख पर्यटकिय केन्द्रबिन्दु भित्रिकोट भएपनि नगरले…
प्यूठान । प्यूठान अस्पतालमा मृगौलाको डायलासिस् सेन्टर सञ्चालन गर्नका लागि लायन्स क्लब अफ ईन्टरनेशनलले १ करोड ३० लाख बढि रमम हस्तान्तरण गरेको छ । लायन्सले शनिबर १ करोड ३० लाख २७ हजार ५४७ रुपैयाको चेक प्यूठान अस्पताल विकास समितिका अध्यक्ष बिजय बिराज बिष्टलाई हस्तान्तरण गरेको हो । प्यूठान अस्पतालमा डायलासिस् सेन्टर नहु्दाँ मिर्गौला पिडितले सास्ती ब्यहोर्दै आएका छन् । मृगौला पिडितहरु डायलासिस् गर्न मासिक ३० हजार बढि रमम खर्च गरेर बुटुवल, काठमाडौं जानुपर्ने बाध्यता छ । लायन्स क्लब अफ ईन्टरनेशनलले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्दै आएकोमा प्यूठान जिल्ला अस्पताललाई उक्त रकम सहयोग गरेको जनाएकोछ । शनिवार एक कार्यक्रम बिच…
काठमाडौ । केहीदिन देखिको बर्षाका कारण नेपाल भर पुगेको क्षेतिले नेपाललाई ठूलो क्षेति भएको भन्दै कांग्रेस नेता चन्द्र भण्डारीले सरकारको आलोचना गरेकाछन् । जनताले घरको छानामा बसेर गुहार माग्दा घण्टौ सम्म पनि उद्दार नपाउने अवस्थाले सबै नेपालीलाई अत्यन्तै पीडा दिएको भन्दै उनले आक्रोश व्यक्त गरेकाहुन् । भिडियो होरौ :- यो लिंक क्लिक गरौँ https://youtu.be/B8adu77xSjk?si=3A1oroHOCpcjqW7W
काठमाण्डौ – वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएकाछन् । ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका छन् । त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई/दुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक/एक जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ । प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए…
काठमाण्डौ – गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको दरौदी यतायात प्रालीको ना ४ ख २२७० नम्बरको बस राती १० बजे खानीखोलासम्म सम्पर्क भएकोमा त्यसपछि सम्पर्कविहिन भएको हो । दरौदी यातायात प्रा.लीका नारायण खत्रीले खोजीका लागि अनुरोध गर्नुभएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । बसका चालक र सहचालकसमेत सम्पर्कमा नरहेकाले बस पहिरोमा परेको हुन सक्ने आशङ्कामा सडक क्षेत्रमा पर्ने प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
काठमाडौँ । पछिल्लो तीन दिनसम्म परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिवार बेलुकी ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । सरकारी तथ्यांकअनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जानकारी दिए । ३६ जना घाइते भएका छन् । उनका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र…
देउखुरी । लुम्बिनी प्रदेश सरकारका शहरि बिकास खानेपानी मन्त्री सरोज थापा रोज ले विपद् प्रतिकार्य योजनामा जुट्न सबै लाई अपिल गर्नु भएको छ । मन्त्री राणाले अविरल बर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गर्नु भएको हो । तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयम सेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा मन्त्री राणाले अपिल गर्नु भएको हो ।‘जो जहाँ छौं सुरक्षित बसौं । आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौं । कही कतै विपद् आईपरेको खण्डमा आफु सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन अपिल गर्दछु’मन्त्री राणाले भन्नुभयो,‘यो विपद्को वेलामा एकले अर्कालाई…
प्यूठान । प्यूठान अस्पतालमा एक महिलाले तीन छोरीको जन्म दिएकी छन् । अस्पताल प्रमुख डा. राजेन्द्र पौडेलका अनुसार गौमुखी गाउँपालिका ६ लिबाङ निवासी श्याम बहादुर परियारकी २६ बर्षिय श्रीमती सरीता परियारको कोखबाट तीम्ल्याहा छोरीको जन्म भएको हो । उहाँका अनुससार ३ वटै बच्चा र आमा सकुशल र स्वस्थ रहेका छन। बिना अप्रेसन गौमुखी गा पा ६ स्थित लिबाङ स्वास्थ्य चौकिले जिल्ला अस्पताल रिफर गरी पठाएको थियो । तिन छोरी मध्य एक शिशु १.८ केजी, अर्को २ केजी र एउटा २.१ के जी तौल रहेको अस्पताले जनाएकोछ । तीन शिशु जन्माउन सरितालाई १३ मिनेट लागेको डा. पौडेलले बताउनुभयो ।
प्यूठान । आज विश्व अल्जाइमर्स दिवस, प्यूठानमा पनि मनाईएकोछ । बयोबृद्ध एवम् अनाथ संरक्षण मञ्च तथा जेष्ठ नागरिक संघ प्यूठानको आयोजनामा बृद्धबृद्धाहरुलाई अल्जाइमर्स रोग कसरी लाग्छ ? कसरी वचन सकिन्छ? भन्ने विषयमा प्यूठान अस्लपतालका डा. आभाष योगीले परामर्श गरि दिवस मनाईएको हो । परामर्श कार्यक्रम बयोबृद्ध एवं अनाथ संरक्षण मञ्चको सभाहल बिजुवारमा भएको हो । साथै कार्यक्रममा प्यूठान अस्पताल प्रमुख डा राजेन्द्र पौडेलले बृद्धहरुलाई हाडजोर्नी तथा नसा रोगको बिषयमा परामर्श गरेका थिए । अत्यधिक मादक पदार्थको सेवन, धुम्रपान, लागू ओैषध सेवन, डिप्रेसन, शारीरिक व्यायमको अभाव जस्ता कारणले अल्जाइमर्स रोग लाग्ने अत्यधिक सम्भावना हुने डाक्टरहरुले बताएकाछन् । विश्वभर यो रोगबाट…