Skip to main content

सरोकार पोस्ट

राजनीति

पदको दुरुपयोग गरेको भन्दै  श्रममन्त्री ‘शाह’ पदमुक्त

पदको दुरुपयोग गरेको भन्दै श्रममन्त्री ‘शाह’ पदमुक्त

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए । यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो । मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श,…
Read More
प्रधानमन्त्री समक्ष सांसदकै झुटो प्रतिवेदन, प्यूठान अस्पतालले उठायो तथ्यको प्रश्न

प्रधानमन्त्री समक्ष सांसदकै झुटो प्रतिवेदन, प्यूठान अस्पतालले उठायो तथ्यको प्रश्न

प्यूठान — लुम्बिनी प्रदेशका १२ जिल्लाबाट निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीसमक्ष प्यूठानबाट निर्वाचित सांसद शुसान्त बैदिकले प्रस्तुत गरेको प्यूठान सम्बन्धी प्रतिवेदनमाथि तथ्यगत प्रश्न उठेको छ। उक्त प्रतिवेदनमा ‘प्यूठान जिल्ला अस्पतालका चिकित्सकले राजनीतिक खिचातानीका कारण हालै राजीनामा दिएका’ उल्लेख गरिएको छ। तर, प्यूठान जिल्ला अस्पतालले सो दाबी तथ्यमा आधारित नभएको स्पष्ट पारेको छ। अस्पताल विकास समितिका अनुसार हालसम्म कुनै पनि चिकित्सकले राजीनामा दिएका छैनन्। अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले प्रतिवेदनमा गरिएको उक्त दाबी असत्य रहेको बताए। उनका अनुसार अस्पतालमा स्वीकृत दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकहरू कार्यरत नै छन्। “राजनीतिक कारणले चिकित्सकले राजीनामा दिएको भन्ने कुरा सही होइन,” उनले भने, “यस्ता अपुष्ट…
Read More
प्युठानको विकासका लागि डा. गोविन्दराज पोख्रेलको ११ सूत्रीय दृष्टि

प्युठानको विकासका लागि डा. गोविन्दराज पोख्रेलको ११ सूत्रीय दृष्टि

प्युठान | नेपाली राजनीतिक अभ्यासमा चुनावी हारपछि धेरै नेताहरू सार्वजनिक बहसबाट टाढा हुने प्रवृत्ति देखिन्छ। तर गोविन्दराज पोख्रेल ले भने त्यसको ठीक विपरीत उदाहरण प्रस्तुत गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि उनले आफ्नो ध्यान पुनः प्युठानको समग्र विकासतर्फ केन्द्रित गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नव निर्वाचित सांसद सुशान्त बैदिक तथा राष्ट्रिय स्वतन्त्र पार्टी लाई ११ बुँदे विकास एजेन्डा आगामी बजेटमा समावेश गर्न आग्रह गरेका छन्। उनको अभिव्यक्ति केवल राजनीतिक सन्देश मात्र होइन, लोकतान्त्रिक संस्कारप्रतिको प्रतिबद्धता पनि हो। “मत दिएका वा नदिएका सबै नागरिकप्रति हाम्रो समान जिम्मेवारी हुन्छ,” भन्ने उनको भनाइले प्रतिस्पर्धाभन्दा माथि उठेर सहकार्य गर्न सकिने सम्भावनालाई संकेत गर्छ।…
Read More
कांग्रेसको पार्टी सभापतिबाट गगन थापाको राजीनामा

कांग्रेसको पार्टी सभापतिबाट गगन थापाको राजीनामा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार उनले आफ्नो राजीनामा महामन्त्री विश्व प्रकाश शर्मालाई बुझाएका हुन्। चुनावी पराजयपछि पार्टीभित्र बढ्दो दबाब र समीक्षा प्रक्रियाबीच आएको यो निर्णयलाई अत्यन्त महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ। यद्यपि, राजीनामा स्वीकृत हुने वा नहुने विषयमा अझै अन्योल कायम रहेको छ। पार्टीभित्र शीर्ष तहमा छलफल जारी रहेको र अन्तिम निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना रहेको बताइएको छ। कांग्रेसभित्र पछिल्लो समय नेतृत्वको भूमिकालाई लिएर चर्को आलोचना हुँदै आएको थियो। यस्तो अवस्थामा थापाको राजीनामाले पार्टीको आगामी दिशा र नेतृत्व संरचनामा ठूलो प्रभाव पार्ने देखिएको छ।
Read More
हर्मुज जलसन्धिमा युद्धपोत पठाउने ट्रम्पको प्रस्तावमा बेलायत सतर्क, चिनद्धारा अस्वीकार

हर्मुज जलसन्धिमा युद्धपोत पठाउने ट्रम्पको प्रस्तावमा बेलायत सतर्क, चिनद्धारा अस्वीकार

लण्डन । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन्। डाउनिङ स्ट्रिटमा आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले ट्रम्पसँगको पछिल्लो फोन वार्तामा हर्मुज जलसन्धि (Strait of Hormuz) खुला राख्ने विषयमा छलफल भएको जानकारी दिए। ट्रम्पले हर्मुज जलसन्धिमा सुरक्षाका लागि युद्धपोत पठाउन गरेको अपिलबारे सोधिएको प्रश्नमा स्टार्मरले भने, "हामीबीच राम्रो छलफल भएको छ, तर यो कुनै सीधा वा सजिलो विषय होइन।" उनले बेलायतको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर मात्र निर्णय लिइने स्पष्ट पार्दै युद्धमा सामेल हुने निर्णय हतारमा गर्न नहुने संकेत गरे। ट्रम्पसँगको सम्बन्धलाई अंकमा मापन गर्न अस्वीकार गरे पनि उनले बेलायत र अमेरिका दशकौँदेखि बलियो साझेदार रहेको…
Read More
अमेरिकाले कुनैपनी हालतमा स्टेट अफ होर्मुज खोल्छ- ट्रम्प ।  चीन, जापान र बेलायतलाई युद्धपोत पठाउन अपील।

अमेरिकाले कुनैपनी हालतमा स्टेट अफ होर्मुज खोल्छ- ट्रम्प । चीन, जापान र बेलायतलाई युद्धपोत पठाउन अपील।

काठमाडौं । Donald Trump ले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खुला गराइने बताउँदै विश्वका प्रमुख शक्तिशाली राष्ट्रहरूलाई समुद्री मार्ग सुरक्षित बनाउन युद्धपोत पठाउन अपील गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत यस्तो आग्रह गरेका हुन्। उनले चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई हर्मुज जलसन्धि सुरक्षित राख्न सक्रिय भूमिका खेल्न आग्रह गर्दै त्यहाँबाट तेल आयात गर्ने देशहरूले यसको सुरक्षामा जिम्मेवारी लिनुपर्ने बताएका छन्। ट्रम्पले सोही सन्देशमा अमेरिकाले इरानको सैन्य शक्ति ठूलो मात्रामा कमजोर बनाइसकेको दाबी समेत गरेका छन्। तर इरान पक्षले भने युद्ध जारी राख्ने संकेत दिँदै हर्मुज मार्ग अवरुद्ध गर्ने चेतावनी दिइरहेको छ। Strait of Hormuz…
Read More
आफ्नालाई ढाकछोप, मन्त्रीलाई ‘मिडिया ट्रायल’ — प्यूठानमा सुर्य थापाको काउन्टर राजनीति

आफ्नालाई ढाकछोप, मन्त्रीलाई ‘मिडिया ट्रायल’ — प्यूठानमा सुर्य थापाको काउन्टर राजनीति

प्यूठान। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्यूठानको राजनीतिक तापक्रम उकालो लागिरहेको छ। यही बीच नेकपा एमालेका उम्मेदवार सुर्य थापा ले आफू निकट मिडिया प्रयोग गर्दै आफ्ना जनप्रतिनिधिहरूको बचाउ र नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका मन्त्री रोज राणा विरुद्ध आचारसंहिता उल्लंघनको ‘काउन्टर अभियान’ सुरु गरेको आरोप लागेको छ। मन्त्री राणाले केही महिना पछि आफ्नो निर्वाचन क्षेत्रमा निर्माणाधीन सडक आयोजनाको अनुगमन तथा कार्यकर्ता भेटघाटका क्रममा आएको बेला एमालेतर्फबाट योजनाबद्ध रूपमा “मिडिया ट्रायल” सुरु गरिएको दाबी गरेका छन्। “म आफ्नो क्षेत्रमा आउन, जनतासँग भेटघाट गर्न नपाउने ? विकास आयोजनाको अनुगमन गर्न नपाउने ?” — राणा उनले प्रतिप्रश्न गरे— “एमालेबाट गाउँपालिका जितेका…
Read More
“सात दशक पछाडी परेको प्यूठान अब कांग्रेसले बदल्छ” : मन्त्री रोज राणा

“सात दशक पछाडी परेको प्यूठान अब कांग्रेसले बदल्छ” : मन्त्री रोज राणा

प्यूठान। राणा शासनको पतनपछि करिब सात दशकसम्म प्यूठान बामपन्थी राजनीतिक घेराबन्दीमा अल्झिँदा अपेक्षित विकास हुन नसकेको दाबी गर्दै लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले अब परिवर्तनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस प्यूठानका उम्मेदवार गोविन्दराज पोख्रेलसँग संयुक्त रुपमा आयोजित मतदाता भेटघाट तथा कोणसभामा मन्त्री राणाले स्पष्ट शब्दमा भने,“प्यूठानलाई समृद्ध बनाउने हो भने योग्य नेतृत्व रोज्नुपर्छ। कांग्रेसलाई जिताए विकासको नयाँ अध्याय सुरु हुन्छ।” भिडियो :- उनले आफू मन्त्री भएपछि प्यूठानको मुहार फेर्ने गरी काम सुरु गरेको उल्लेख गर्दै केही योजनाहरू उदाहरणका रूपमा प्रस्तुत गरे। करिब चार दशकदेखि बस सञ्चालन मात्र हुँदै आएको वाग्दुला–मच्छी सडक अब कालोपत्रे…
Read More
‘समृद्ध प्यूठान’ को सपना बोकेर चुनावी मैदानमा प्राडा पोखरेल

‘समृद्ध प्यूठान’ को सपना बोकेर चुनावी मैदानमा प्राडा पोखरेल

‘विकास र अर्थतन्त्रको एजेन्डा बोकेर मैदानमा पोखरेल’ : प्यूठानमा अनुभवी नीतिनिर्माताको पुनरागमन प्यूठान । विकास र अर्थतन्त्रका विज्ञ प्राडा गोविन्दराज पोखरेल यतिबेला ‘समृद्ध प्यूठान’ को सपना बोकेर चुनावी मैदानमा छन्। विगतमा विकासको स्पष्ट दृष्टि र नीतिगत समझ भएका प्रतिनिधि नहुँदा जिल्ला पछाडि परेको उनको दाबी छ । यसपटक भने ऊर्जा, अर्थतन्त्र र दीर्घकालीन विकास योजनाको स्पष्ट खाका लिएर उनी मतदातामाझ पुगेका छन् । शैक्षिक र बौद्धिक पृष्ठभूमि भारतबाट इन्जिनियरिङमा स्नातक अध्ययन गरेका पोखरेलले जर्मनीबाट स्नातकोत्तर तथा विद्यावारिधि उपाधि हासिल गरेका छन्। ऊर्जा प्रणाली, दिगो विकास, जलवायु परिवर्तन, सार्वजनिक नीति र ऊर्जा अर्थतन्त्रमा उनको विशेषज्ञता छ। अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान वातावरणमा…
Read More
सार्वजनिक प्रतिक्षालय कब्जामा एमाले! आचारसंहिता मिच्दै सम्पर्क कार्यालय

सार्वजनिक प्रतिक्षालय कब्जामा एमाले! आचारसंहिता मिच्दै सम्पर्क कार्यालय

प्यूठान। प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुनः विवादमा तानिएको छ। प्यूठानमा एमालेका उम्मेदवार सूर्यबहादुर थापा को नाममा सार्वजनिक प्रतिक्षालयमै पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको खुलेको हो। गौमुखी गाउँपालिका २ अर्खा क्षेत्रमा रहेको एक सार्वजनिक प्रतिक्षालयमा वडा स्तरीय सम्पर्क कार्यालय सञ्चालन गरिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय तहमा तीव्र असन्तोष फैलिएको छ। प्रतिक्षालयमा पार्टीको होर्डिङ बोर्ड, झण्डा र चुनाव चिन्ह टाँसिएको देखिन्छ। सामाजिक सञ्जालमा देखिएको तस्बिर:- निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक सम्पत्ति, सरकारी भवन तथा सार्वजनिक संरचना कुनै पनि दल वा उम्मेदवारले चुनावी प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन। तर यहाँ भने खुलेआम सार्वजनिक स्थानलाई पार्टी कार्यालयमा परिणत गरिएको देखिएको छ।…
Read More