प्यूठान जिल्लाका १३ हजार ७ सय ६३ जना छात्रा तथा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन प्याफिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जनस्वास्थ्य कार्यालय प्यूठानले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियान अन्तर्गत प्यूठानका ९ वटा स्थानिय तहका बिद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका र १ सय ५० बिद्यालयका कक्षा ६ देखि १० का किशारीहरुलाई एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिए । उनका अनुसार अभियानमा समुदाय स्तरमा ६५ र १ सय ५० बिद्यालय गरी २ सय १५ खोप केन्द्रमा खोप केन्द्र संञ्चालन हुनेछ…
प्यूठान । सिकाई आदानप्रदान तथा अन्तर पालिका सहकार्य गर्ने उद्धेश्यसहित अर्घाखाँची र प्यूठानका ६ वटा पालिकाको बैठक बसेको छ । प्युठानको ऐरावती गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकमा प्यूठानका ऐरावती, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका तथा अर्घाखाँचीका भुमिकास्थान र शितगंगा नगरपालिकाको सहभागिता रहेको थियो । बैठकमा अन्तरपालिकाको सडक विस्तार, उत्पादित वस्तु आदान प्रदान, उपलब्ध स्रोत साधनको प्रयोग र छिमेकी पालिकाहरु मिलेर संयुक्त आयोजनाहरु संचालन गर्ने विषयमा छलफल भएको हो । यस्तै अन्तरपालिकास्तरिय विपद् व्यवस्थापन तथा शान्ती सुरक्षालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताए । सिमाना जोडिएका पालिकाहरुबिच सहकार्य गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा १५ शैयाका…
प्यूठान । नौबहिनी गाउँपालिकाले वडा स्तरीय योजना सञ्चालनका तथा उपभोक्ता समितिहरुलाई सहजता प्रदान गर्नका लागि वडामै पुगेर योजनाहरुको सम्झौता गरिदिने नीति बनाएको छ । पालिकाले गत आर्थिक वर्षहरुमा उपभोक्ताले झेल्नुपरेको सास्ती र पालिका सम्म पुग्न लाग्ने अनावस्यक खर्च घटाउन आर्थिक वर्ष २०८१/०८२ देखि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, योजना तथा प्रशासन शाखा प्रमुख, पुर्वाधार शाखा प्रमुख सहितको टोलि वडामै गएर योजना सम्झौता गर्न सुरु गरेका छन् । यो कदमले वडाका विभिन्न समुदायका स्थानीय खुसी भएकाछन् । हाल नौबहिनी गाउँपालिका ३ खवाङ्ग र ८ नं. वडा फोप्लीमा गएर योजना सम्झौता गरिएको गाउँपालिकाले जनाएकोछ । `उपभोक्ताले योजनाको सम्झौता गर्न र फर्छ्यौट गर्न पालिकामा…
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । बूढानीलकण्ठ नगरपालिकाको पासीकोटमा खोलिएको व्यापार केन्द्रको आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालललायतले शुभारम्भ गरे । विभिन्न जिल्लामा रहेका नेकपाका ७५ वटा उत्पादन केन्द्रबाट उत्पादित चामल, दाल, तेल, मसला, मह, माछा तथा मासुजन्य, दूग्धजन्य र रैथाने उत्पादन तथा दैनिक उपभोग्य सामग्री बिक्रीमा राखिएको छ । व्यापार केन्द्रको शुभारम्भ गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले श्रम संस्कृतिको विकासबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । नेकपाले थालेको उत्पादन र व्यापारको सुरुआत प्रंशसनीय…
देउखुरी, माघ १२ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो बैठकले पत्रकार हितका लागि एक करोड रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता आइतबार सम्पन्न नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिको बैठकले पत्रकार हितका लागि स्थापना गरिने पत्रकार कल्याण कोष अभिवृद्धिका लागि तीनै तहका सरकार, विभिन्न दाता, शुभेच्छुक र पत्रकार साधारण सदस्यहरूसँग अपिल गर्ने निर्णय गरेको महासचिव पाण्डवप्रसाद शर्माले जानकारी दिनुभयो । महासंघलाई रणनीतिक, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्दै दीर्घकालीन उद्देश्य प्राप्त गर्न अध्यक्ष चौलागाईंलाई वार्षिक कार्ययोजना ल्याउने जिम्मेवारी दिइएको छ । बैठकले लुम्बिनी प्रदेशस्तरीय सञ्चार प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णयसमेत…
प्युठान । प्रेस चौतारी नेपाल प्यूठानले स्थानिय तह केन्दीत संगठन विस्तार सुरु गरेकोछ । चौतारीले सरुमारानी गाउँपालिका शाखाको अध्यक्षमा शिशिर रायमाझी सर्वसम्मत निर्वाचित भएको जनाएको छ । बिहिवार सरुमारानी गाउँपालिकाको बड्डाडामा आयोजित प्रेस चौतारी नेपालको सरुमारानी गाउँपालिकाको पहिलो अधिबेशनले शिशिर रायमाझीको अध्यक्षतामा ११ सदस्यीय कमिटि चयन गरेको हो । जस्को उपाध्यक्षमा जीवन चर्ती, सचिवमा प्रतिक्षा राना, सहसचिवमा रुद्र पुन मगर र कोषाध्यक्ष आकाश केसी निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा शोभा चर्ती, पवित्रा सोमै, कृष्ण बिक र सागर बिक रहनुभएको छ । अरु दुई जना सदस्य भने पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ। प्रेस चौतारी नेपाल सरुमारानी गाउँपालिका पहिलो अधिवेशन शिशिर…
प्यूठान । लुम्बिनी प्रदेश संसदमा सामाजिक सशक्तीकरणका सवालमा खरो रुपमा प्रस्तुत हुँदै आएकी प्रदेश संसद निमा गिरीले आफ्नो कार्यकालको दोस्रो रिपोर्ट-कार्ड(बार्षिक प्रतिबेदन) सार्बजनिक गरेकीछन् । बालबिबाह, मादक पदार्थ सेवनले निम्त्याएकाे घरेलु तथा महिला हिंसा , गरिबी लगायतका बिषयलाई प्राथमिकता दिएर प्रदेश सदनमा खरोरुपमा प्रस्तु भई नीतिगत र सामाजिक सशक्तीकरणका लागि जोडदार आवाज उठाउँदै आएकी गिरीले आफूले गरेका गतिबिधिलाई समेटेर दोस्रो पटक प्रतिवेदन सार्बजनिक गरेकीहुन् । उनको यो अभ्यासले अन्य सांसदहरुलाई समेत सिको गर्न चुनौती दिईरहेकोछ ।जननिर्वाचित प्रतिनिधिहरु मध्य आफूले गरेका बर्षभरीका गतिविधिलाई समेटेर प्रतिबेदन सार्बजनिक गर्ने सम्भवतः संसदिय ईतिहाँसमा सांसद गिरीनै हाल सम्मकै पहिलो महिला सांसद हुन् । सांसद गिरीले…
प्यूठान । प्यूठान नगरपालिकाको १० मध्य ६ वटा वडाका करिब २ हजार घरधुरीकालागि खानेपानी पुर्बाधार व्यवस्थित गर्न संघिय सरकार अन्तरगत खानेपानी मन्त्रालयबाट २३ करोड बजेट शुनिश्चित भएकोछ । बृह्यत बिजुवार खानेपानी आयोजना निर्माणका लागि खानेपानी मन्त्रालयले यायोजना सञ्चालन गर्न करिब सवा २८ करोड बजेटको लागत अनुमान प्रस्ताव गरेको थियो । कुल लागतको ९० प्रतिशत बजेट अर्थात २५ करोड ३४ लाख ५१ हजार बजेट प्रस्ताव मन्त्रालयको थियो । तर अर्थमन्त्रालयले २२ करोड १० लाख बजेट सुनिश्चित गरेको छ । बाकि ९० लाख उपभोक्ता संस्थाले बेहोर्नु पर्नेछ । यश आयोजनाबाट करिब गेजवाङ सम्म १७ र किलोमिटर पाईपलाईन संगै आवस्यक संरचना निर्माण र…
प्यूठान । सरुमारानी गाउँपालिका-२ दर्भानमा फोहोर फाल्ने डस्बिनमा मृत अवस्थामा भेटिएको सिशुको घटनामा बिषयमा अनुशन्धानका लागि प्रहरीले दुई जना पक्राउ गरेकोछ । बिहिवार डस्टबिनमा मृत शिसु भेटिएपछि प्रहरीले गरेको तालिम प्राप्त कुकुर समेत परिचालन गरी अनुसन्धान सुरु गरेको थियो । घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जाजकारी दिएकोछ । प्रहरी स्रोतका अनुसार घटनामा संलग्नता खुल्न आएका परिवर्तित संकेत नाम दर्भान र जलुकेलाई प्यूठान जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । नवजात शिशुको लाश फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी…
प्यूठान। जिल्लाको प्यूठान नगरपालिका-९ मजुवा स्थित दिपज्योती बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारण सभा सम्पन्न भएको छ। सनिवार प्यूठान नगरपालिका-९ का वडा अध्यक्ष बिकास केसीले साधारण सभाको उद्घाटनगर्नुभएको हो । उद्घाटन गर्दै वडा अध्यक्ष केसीले सहकारीको माध्यमबाट नागरिक र सहकारी सदस्यहरुको जीवनस्तर सुधार गर्नेखालका कार्यक्रम ल्याउनु पर्ने बताउनुभएको छ। साधारण सभाको प्रमुख अतिथी समेत रहनुभएका वडा अध्यक्ष केसीले मुलुकमा पछिल्लो समय सहकारी प्रति गलत धारणा भएकोले त्यसतर्फ सचेत हुँदै सहकारीको मर्म भावना अनुसार सदस्यहरुलाई सुसूचित बनाउदै सहकारीको नीति र सिद्धान्त अनुसार काम गर्नुपर्ने बताउनुभएको हो। उहाँले सहकारीलाई समयानुकूल प्रविधि मैत्री बनाउदै उस्तै उस्तै प्रकृतिका सहकारीलाई एकीकरण गर्दै लैजानुपर्नेमा जोड…