Skip to main content

सरोकार पोस्ट

शहरी विकास मन्त्रीलाई स्थानियको प्रश्न, मन्त्री ज्यु ! के साच्चै सडक पिच हुन्छ ?

Advertisement

प्यूठान । जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला देखि झिमरुक गाउँपालिकाको मच्छि साम्मको करिब १३ किलोमिटर पुरानै सडकमा आईतबार लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा पैदल यात्रा गरे ।
वि स २०४४/४५ साल तिर निर्माण भएको उक्त सडक अहले सम्म जस्ताको तस्तै देखे पछि मन्त्री थापाले आफ्नै कार्यकालमा पक्की बनाउने घोषणा गरिसके । तर स्थानियलाई मन्त्रीको कार्यकालमा सडक स्तर उन्नति सहित पक्की बन्ला भन्ने बिषयमा बिश्वास छैन ।
बाग्दुला-भिमगिठे सडक भारतिय एक्जिम बैंकको सहयोगमा निर्माणको चर्चा भएको १२ बर्ष बित्यो । सडक बन्ला र हिउदे धुलो र बर्षे हिलोको दलदलबाट मुक्ति पमईएला भन्ने आशा बोकेका स्थानिय नेताका गफ र भाषणले मात्रै निरास छन् । यहि निराशालाई आशामा बदलिदिन बाग्दुला, मच्छी सडकखण्ड कालोपत्रे गरिदिन शहरी विकस मन्त्रीको पैदल यात्राको क्रममा भेटेका सर्बसाधरणले आग्रह गरेका छन् । नेकपा एमालेबाट प्रतिनिधि सभामा निर्बाचित सांसद सुर्य थापा जिल्ला भ्रमण सकि काठमाडौं फर्के लगत्तै कांग्रेसबाट निर्बाचित प्रदेश सभा सांसद तथा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाको संघिय सांसद सुर्य थापाकै गृह पालिका सम्मको पैदल भ्रमण भएको हो ।
यसअर्थ विकासका निम्ति दुबै सांसदको सकारात्मक भुमिका सर्बसाधरणले अपेक्षा गरेकाछन् ।
लुम्वीनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्रीलाई भेटि सर्बसाधरणले बाग्दुला,मच्छी सडकखण्डमा यात्रा गर्न निकै कठिन हुने गरेको बताए । यो गुनासो संघिय सांसद सुर्य थापालाई पनि सुनाएको स्थानियहरुको भनाईछ । यो सडकखण्डले पुर्व पश्चिम राजमार्गलाई मध्यपहाडी लोकमार्गसम्म जोड्न काम गर्छ । `जिल्लाको भित्री सडक मध्येको पुरानो सडक हो, तर कसैको चासो गएन।´ मन्त्री थापालाई भेटेका स्थानियले गुनासो राखे । तर यो सडकखण्ड भएर यात्रा गर्ने सबैले सडकको स्तरोन्ती गर्न आग्रह गरे पनि काम होला भन्नेमा बिश्वस्त भने छैनन् । तर मन्त्री थापाले जसरी पनि गराएरै छाड्ने प्रतिबद्धता जनाए ।
उक्त सडक अन्तरगत संघिय बजेटबाट बाग्दुला बाट करिब १ करोड, प्यूठान नगर र झिमरुक गाउँपालिकाको सिमाना बतासेडाडा देखि जिमुरखोला झिमरुक गा पाको ५ करोड बजेटबाट स्तरउन्नतिको काम भने अघि बढेको छ ।
तर सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले बाग्दुला मच्छी ठुलाबेसी सडक आफ्नै कार्यकालमा कालोपत्रे हुने बताए ।

‘प्यूठानबाट प्रतिनिधित्व गर्ने कुनैपनि नेताले काम गरेनन् भन्ने होइन´ मन्त्री थापाको भनाईछ । उनले भने,‘समय अनुसारको काम पहिले पनि भएको छ, अब सबैसंग शहकार्य गरेर काम गर्छु ।’ संघ, प्रदेश र स्थानिय तह सबैको सहकार्यमा प्यूठानको बिकास गर्ने ह‍ो । उनले स्पष्ट गरे । ‘मतदाताको माग सडकको स्तरोन्नती नै छ, सरकारले पनि सोहि अनुसार काम गर्छ,’मन्त्री थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...