सरोकार पोस्ट

प्रमुख समाचार

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

काठमाडौं – नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरूबीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ। सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिहरूविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी सावित भएको छ। भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएका छन्। कोड वर्डको दुरुपयोग : महिला ‘एल’ र पुरुष ‘एस’ त्रिभुवन विमानस्थलका केही…
Read More
सांसद र मन्त्रीको योजना सार्वजनिक गर्ने होड, करिब २०० अलपत्र खानेपानी योजना अझै बेवास्ता

सांसद र मन्त्रीको योजना सार्वजनिक गर्ने होड, करिब २०० अलपत्र खानेपानी योजना अझै बेवास्ता

प्यूठान — संघ र प्रदेशका सांसदहरू सामाजिक सञ्जालमा आफ्ना पहलमा आएका विकास योजनाहरू सार्वजनिक गर्ने होडमा लागिरहेका छन्। उनीहरूका समर्थकहरू पनि आ–आफ्नै शैलीमा समर्थन र प्रचारमा सक्रिय छन्। तर विगतदेखि अलपत्र परेका योजनाहरूलाई पूर्णता दिने विषय भने उनीहरूको प्राथमिकतामा परेको देखिँदैन। त्यस्तो योजनाको एउटा उदाहरण हो — प्यूठान नगरपालिका–६, माझकोट झुलेनीको खानेपानी आयोजना। आर्थिक वर्ष २०७९/८० मा सुरु गरिएको उक्त लिफ्ट खानेपानी योजना प्रदेश सरकारको सहयोगमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, प्यूठानले सञ्चालनमा ल्याएको हो। करिब ६ करोड लागतको बहुवर्षीय योजनाअन्तर्गत करिब ४ सय घरधुरीबाट प्रति घर १ हजार रुपैयाँ उठाइएको थियो। चार वर्षमा इनार र ट्यांकी निर्माणजस्ता प्रारम्भिक संरचना…
Read More
नेपाली नोटमा पृथ्वीनारायण शाह र बुद्धको तस्वीर राखौँ : एमाले सांसद थापा

नेपाली नोटमा पृथ्वीनारायण शाह र बुद्धको तस्वीर राखौँ : एमाले सांसद थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेपाली मुद्रामा पृथ्वीनारायण शाह र गौतम बुद्धका तस्वीर समावेश गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, यसो गर्दा नेपाली नोटको मूल्य र गरिमा अझ बढ्नेछ। सोमबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद थापाले राष्ट्र एकीकरणमा योगदान पुर्‍याएका ऐतिहासिक व्यक्तित्वहरूको तस्वीर नोटमा समावेश हुनुपर्ने धारणा राखे। उनले स्पष्ट पारे, “म राजावादी होइन, म गणतन्त्रको पक्षमा छु। गणतन्त्र ल्याउनकै लागि लडेको हुँ। तर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन्, उनको तस्वीर नोटमा राख्दा त्यसको इज्जत बढ्छ।” त्यस्तै, उनले शान्तिका प्रतिक गौतम बुद्धको तस्वीर पनि नेपाली नोटमा समावेश गरिनु पर्ने बताए। अर्थ समितिको उक्त बैठकमा…
Read More
सूचना प्रविधिमा ग्रामीण विद्यार्थीको यात्रा : प्युठानका ११ विद्यालयका विद्यार्थीहरूका लागि ८ दिने विशेष तालिम सम्पन्न

सूचना प्रविधिमा ग्रामीण विद्यार्थीको यात्रा : प्युठानका ११ विद्यालयका विद्यार्थीहरूका लागि ८ दिने विशेष तालिम सम्पन्न

डिजिटल साक्षरतादेखि एआई प्रयोगसम्मको अभ्यासले विद्यार्थीलाई बनायो प्रविधिमैत्री प्युठान । "प्रविधिमा दक्ष युवा : भविष्यको समृद्ध नेपालको आधार" "सशक्त विद्यार्थी, सुरक्षित डिजिटल यात्रा" भन्ने अभियान सहित प्युठान जिल्लाका ११ वटा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरूलाई लक्षित गरी सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी ८ दिने विशेष तालिम सम्पन्न भएको छ। जेठ १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको उक्त तालिमले डिजिटल शिक्षण, कृत्रिम बुद्धिमत्ता (AI), र साइबर सुरक्षा जस्ता समसामयिक विषयमा व्यवहारिक ज्ञान प्रदान गरेको छ। विद्यार्थीलाई प्रविधिमा दक्ष, सचेत र जिम्मेवार नागरिकको रूपमा तयार पार्ने तालिमको मुख्य उद्देश्य रहेको सामाजिक बिकास डिभिजन कार्यालयका ईन्जिनियर…
Read More
शिक्षक बैंकको नयाँ अभ्यास, ज्यालासहित विद्यार्थीलाई काम

शिक्षक बैंकको नयाँ अभ्यास, ज्यालासहित विद्यार्थीलाई काम

नतिजा सुधार गर्न निजी विद्यालयसँग साझेदारी काठमाडौं । सरकारले विद्यालय शिक्षामा ‘शिक्षक बैंक’ को नयाँ अवधारणा ल्याएको छ । शिक्षकको अभाव हुन नदिन सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षक बैंकको अवधारणा ल्याएको हो । अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक पाउन कठिन भइरहेको छ । विद्यालयहरूले पटक-पटक विज्ञापन निकाल्दा पनि शिक्षक पाउन मुस्किल भएपछि सरकारले शिक्षक बैंक स्थापना गर्न लागेको हो । ‘शिक्षक अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंक स्थापना गरिनेछ,’ अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा बजेट प्रस्तुत गर्दै भने, ‘स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिनेछ ।’ शिक्षा मन्त्रालयका अनुसार शिक्षक बैंक भनेको शिक्षकहरूको पुल…
Read More
प्रेस युनियनले अन्तर्राष्ट्रिय  पहिचान स्थापित गरेको छ : नेता साउद

प्रेस युनियनले अन्तर्राष्ट्रिय  पहिचान स्थापित गरेको छ : नेता साउद

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय  पहिचान स्थापित गर्नु राष्ट्रकै गाैरवको विषय रहेको बताउनुभएको छ । प्रेस युनियनको स्थापना दिवसको सन्दर्भमा युनियनको युरोप शाखाले गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै नेता साउदले अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरेर प्रेस युनियनले लाेकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटको क्षेत्रमा विश्वको धयान खिचेको बताउनुभयाे । प्रेस स्वतन्त्रता सुदृढ हुँदामात्रै लोकतन्त्र बलियो हुने कांग्रेसको धारणा रहेको भन्दै उहाँले लाेकतन्त्र संस्थागत गर्न नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै युनियनका अध्यक्ष शिव लम्सालले नेपाली सञ्चारक्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको युनियनले साझा मुद्दामा अन्तर्राष्ट्रिय मिडिया जगतसँग सहकार्य गर्दै…
Read More
रबिलाई थुनामा राख्ने उच्चको फैसला सर्बोच्चद्धारा सदर

रबिलाई थुनामा राख्ने उच्चको फैसला सर्बोच्चद्धारा सदर

काठमाडौ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् । तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए ।…
Read More
लुम्बिनी प्रदेशमा मौरी स्रोतकेन्द्र निर्माण गर्न कृषक महासंघको माग, मित्रवत प्रतिस्पर्धा गर्न कृषि मन्त्रीको आग्रह

लुम्बिनी प्रदेशमा मौरी स्रोतकेन्द्र निर्माण गर्न कृषक महासंघको माग, मित्रवत प्रतिस्पर्धा गर्न कृषि मन्त्रीको आग्रह

देउखुरी दाङ्ग । लुम्बिनी प्रदेशमा मौरी स्रोत केन्द्र स्थापना गरि कृषकलाई सहायता प्रदान गर्न नेपाल मौरीपालक कृषक महासंघले प्रदेश सरकारलाई आवहान गरेकोछ । कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशले बालि विशेष कार्यक्रम अन्तरगत प्रदेश स्तरका अगुवा किसान र मौरीपालक महासंघ लुम्बिनी प्रदेश बिच भालुवाङ्गमा गरेको अन्तरकृयामा बुटवलमा स्थापना भएको मह तथा मौरी जन्य बस्तुको बिक्री केन्द्रलाई व्यवस्थित गर्ने र प्रदेश स्तरमा मौरी स्रोतकेन्द्र स्थापना गर्न सबै पक्ष लाग्न आवहान गरिएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले व्यवसायिक एकता र जलबायु अनुकलन गर्न अग्रसर मौरी किसानहरु प्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,`व्यवसायमा मित्रवत…
Read More
भिजिट भिसालाई नियमन गर्न समिति गठन

भिजिट भिसालाई नियमन गर्न समिति गठन

काठमाडौँ । देशमा भिजिट भिसाको दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले यसलाई नियमन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र बनेपछि तत्कालीन अवस्था सुधार गर्न समिति गठन गरिएको हो । “हामीले हालै देखिरहेका छौँ कि धेरै नागरिक पर्यटक भिसामा विभिन्न देशहरूमा गएर त्यहीँ अवैधानिक रूपमा रोजगारीमा लागिरहेका छन ”ढकालले भने, “यसले नेपाल सरकारको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको छ । ” उनका अनुसार गठित समितिले भिजिट भिसा वितरण, निगरानी र मूल्याङ्कन प्रणालीमा आवश्यक सुधार गर्न सिफारिस गर्नेछ । साथै, विदेशी नियोगहरूसँग समन्वय गर्दै गलत प्रयोग रोक्न कानुनी र प्रशासनिक…
Read More
आन्दोलनको बलमा ऐन बन्दैन ः शुमना श्रेष्ठ

आन्दोलनको बलमा ऐन बन्दैन ः शुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पुर्ब शिक्षा मन्त्री सुमना श्रेष्ठले आन्दोलनको बलमा ऐन बनाउन नहुने प्रतिकृया दिएकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा सांसद श्रेष्ठले समय तोकेर ऐन बनाउने सहमति गर्न नहुने धारणा राखिन् । ‘आन्दोलनको भरमा विधेयक बन्दैन । आन्दोलनले मुद्दा स्थापित हुन्छ । तर विधेयक बनाउन यति दिन उति दिन भन्ने होइन । मिहीन ढंगले गर्नुपर्ने हुन्छ,’ उनले तर्क राखिन् । शिक्षक महासंघ सँग १५ असार भित्र ऐन जारी गर्ने सहमतिको प्रसंगमा सांसद श्रेष्ठले यो विषय उठाएकी हुन् । ‘सडक र दलको प्रेसरबाट विधेयक बन्दैन,’ उनले भनिन्, ‘त्यो बेला विद्यार्थीको…
Read More