सरोकार पोस्ट

प्रदेश

वाग्दुला-बाहाने सडकखण्डको दम्ती-अधेरी सडक कालोपत्रे गर्न मन्त्री राणाले गरे सिलान्यास

वाग्दुला-बाहाने सडकखण्डको दम्ती-अधेरी सडक कालोपत्रे गर्न मन्त्री राणाले गरे सिलान्यास

प्यूठान । जिल्लाको प्रमुख व्यापारिक केन्द्र वाग्दुला देखि नौबहिनी गाउँपालिकाको केन्द्र बाहाने सम्मको १२ किलोमिटर सडकखण्ड अन्तर्गत पर्ने दम्ती-धाईरे-अधेरीको ६ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का प्रकृया सम्पन्न भैसकेपछि कामको थालनी गर्न लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आज शोमबार सिलान्यास गरी सुभारम्भ गर्नुभएको छ । प्यूठान नगपालिका र नौबहिनी गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक कालोपत्रे गर्न २ खण्डमा बिभाजन गरेर ठेक्का लगाएको शहरी बिकास तथा भवन कार्यालय दाङले जनाएको छ । सडक आ.ब. २०८२÷०८३ को असार मसान्तभित्र निर्माण सक्ने गरी हरियाली निर्माण सेवाले धाईरे-अधेरी र एजी कन्ट्रक्सनले दम्ती धाईरे खण्छडमा ठेक्का लिएका छन् । तोकिएको…
Read More
आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस, प्यूठानमा पनि मनाईयो

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस, प्यूठानमा पनि मनाईयो

२० नोभेम्बर । आज ३६ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस प्यूठानको खैरा स्थिर उमा महेश्वरी मा बि मा रहेका १७ जना अपाङ्गता बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरि मनाएको प्यूठान स्थित सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख रामकरन पालले बताए। संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै…
Read More
भारतीय सरकारको सहयोगमा प्यूठान ऐरावतीमा बिद्यालय भवन निर्माण

भारतीय सरकारको सहयोगमा प्यूठान ऐरावतीमा बिद्यालय भवन निर्माण

शागर रिजाल प्यूठान । ऐरावती गाउँपालिका १ दाङ्गबाङ्ग स्थित अमिलीमा भारत सरकारको ८० प्रतिशत अनुदानमा नयाँ विद्यालय र छात्रावास भवन निर्माण भएको छ । अमिलीस्थित दाङ्गवाङ्ग माध्यमिक विद्यालयलाई ३ करोड ३९ लाख २२ हजार ५ सय १ रुपैयाँमा विद्यालय भवन र छात्रवास  निर्माण सम्पन्न गरी बुधवार एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ । भारतीय सरकारको ८० र ऐरावती गाउँपालिकाको २० प्रतिशत लागतमा भवन निर्माण सम्पन्न भएको हो । बुधबार  भारतीय राजदूतावास काठमाडौंका काउन्सिलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा उद्घाटन गरेसँगै भवन प्रयोगमा आएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत…
Read More
योजनाको बिलिङ्ग र डिलिङ्ग गर्न भन्दै कर्मचारीलाइ दिइएन् ३ महिना रमाना

योजनाको बिलिङ्ग र डिलिङ्ग गर्न भन्दै कर्मचारीलाइ दिइएन् ३ महिना रमाना

प्यूठान । तीन महिना अघि लुम्बिनी प्रदेशले सरुवा गरेका उर्जा जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्यूठानका प्राबिधिक अधिकृत देवनाथ पण्डितको सरुवा गत भाद्र ५ गतेनै भएको थियो । तर कार्यालयका हाकिम उमेश महतोले रमाना निदएका कारण सरुवा भएको कार्यालयमा नभै उनि पहिले कार्यरत कार्यालयमै कामकाज गरिरहेका छन् । कार्यालयमा प्राबिधिक ‍फाँट हेर्ने कर्मचारी हुँदाहुँदै पनि गत आ व को योजनाहरुको बिलिङ्ग र डिलिङ्ग गर्नुपर्ने भएका कारण उनलाइ रमाना नदिएको कार्यालय प्रमुख उमेश महतोले बताए । उनले भने, æगत बर्षका योजनाको काम प्रयाप्त बजेट नभएर सकिएको छैन, प्रदेश सरकारले उनको ठाउँमा अर्को कर्मचारी पनि खटाएको छैन, त्यसैले हिसाव मिलाउन उहाँलाइ रोकिएको…
Read More
सांसद्, स्थानीय तह र पदाधिकारीका स्वकीय सुविधा खारेज, विशिष्ट पदाधिकारीबाहेकले सल्लाहकार राख्न नपाउने

सांसद्, स्थानीय तह र पदाधिकारीका स्वकीय सुविधा खारेज, विशिष्ट पदाधिकारीबाहेकले सल्लाहकार राख्न नपाउने

काठमाडौ । सरकारले संघ र प्रदेशका सांसद देखि स्थानीय तहका पदिधकारीले राख्ने स्वकीय सुविधा खारेज गर्ने निर्णय सरकारले गरेको छ । सरकारले अन्य राजनीतिक पदाधिकारीका संघीय विशिष्ट पदाधिकारी (भिभिआइपि) बाहेकले सल्लाहकार नियुक्ति गर्न नपाउने निर्णय पनि गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धी निर्णय गरेको थियो । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरोत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यसमा स्वकिय र सल्लाहकारको सुविधासम्बन्धी विषयसमेत छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले संघीय मन्त्रालय तथा निकाय, प्रदेश…
Read More
गौमुखी भ्रमण-वर्ष २०८२ प्रर्वद्धनकालागि महासंघ बिच सहकार्य

गौमुखी भ्रमण-वर्ष २०८२ प्रर्वद्धनकालागि महासंघ बिच सहकार्य

जोगिन्द्र मल्ल प्यूठान । प्यूठान जिल्लाक‍ै उत्कृष्ट एवम् रमणीय पर्यटन गन्तव्य गौमुखी गाउँपालिकाले पर्यटन बर्ष २०८२ मनाउने भएको छ । पालिकामा अवस्थित पर्यटकीय क्षेत्रहरुको प्रचार - प्रसार गरि पर्यटन प्रबर्द्धन गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ प्यूठान शाखाको संयोजनमा जिल्लामा कृयाशिल सञ्चारमाध्यम र पत्रकारहरु बिच छलफल गरेकोछ । गौमुखी गाउँपालिका र पत्रकार महासंघ बीच सहकार्यमा जिल्लास्थित सबै सञ्चारमाध्यममा कार्यरत कृयाशिल पत्रकार परिचालन गरि गौमुखीको पर्यटकिय स्थलहरुको प्रचार -प्रसार गर्ने र एक लाख पर्यटक गौमुखीमा भित्र्याउने लक्ष्य सहित भ्रमण बर्ष मनाउन लागिएको हो । सोमबार पत्रकार महासंघ सम्पर्क कार्यालय तथा सूचना केन्द्र विजुवारमा गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर राना सहित बैठक सम्पन्न भएको…
Read More
स्थानिय उद्पादनमा जोडदिन कृषि मन्त्री अधिकारीको निर्देशन

स्थानिय उद्पादनमा जोडदिन कृषि मन्त्री अधिकारीको निर्देशन

प्यूठान । संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सबै पालिकालाई स्थानिय उत्पादनलाई प्राथमिकता दिएर काम गर्न निर्देशन गर्नुभएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको नव निर्मित भवनको उद्घाटन गर्दै जनप्रतिनिधिले गरेका हरेक काम जनताले सधै सम्झने गरि काम गर्न आग्रह गर्दै हरेक स्थानिय तह कृषिमा आत्मनिर्भर हुने गरि योजन ल्याउन आग्रह गर्नुभयो । उहाले भन्नुभयो,`आफ्नो मृत्यु भएपछि १३ ओैं दिन सम्म त छोराछोरीले सम्झन्छन्, तर सधै भरी सबैले सम्झनका लागि जिम्मेवारीमा, र पदमा भएकाेबेला राम्रो काम गर्न जरुरीछ ।त्यसैले म सबै स्थानिय तहले स्थानिय उत्पादनमा जोड गरौँ । कृषिमा सबै स्थानिय तह आत्म…
Read More
`खरको छानामुक्त´ भएको गौमुखीमा अब “एकघर एकधारा” मुलदेखि मुखसम्म शुद्धपानी जोडिदै

`खरको छानामुक्त´ भएको गौमुखीमा अब “एकघर एकधारा” मुलदेखि मुखसम्म शुद्धपानी जोडिदै

बाबुराम के.सी प्यूठान । गौमुखी गाउँपालिकाले अघिल्लो ५ बर्षे कार्यकालमा पालिकाका ७ वटै वडामा नागरिकका घरका खरको छाना हटाएर जस्ता पाताले रंगायो । यस कार्यकालमा नागरिकको घरघरमा शुद्ध पिउनेपानी पुर्याईदिने अभियानलाई सार्थक बनाउने लक्ष्य लिएको छ । पालिकाले नागरिकको घरघरमा धारा जडान गर्ने कार्यक्रमलाई ऐतिहासिक कदमको रुपमा लिएको छ । पालिकाको ३,५ र ६ नं वडामा ५ सय ४१ घरधुरीका ४ हजार ७ सय २५ जनसंख्या लाभान्वित हुने गरी सबै मापदण्ड बमोजिम शुद्ध पिउनेपानी पुर्‍याउने भएको छ । ७ वटा बिद्यालयमा समेत गरि कुल ५ सय ५२ धारा जडान गरिने छ । यो अभियान यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने…
Read More
लुम्बिनी प्रदेशले शर्तसहित जग्गाको फुकुवा गर्ने

लुम्बिनी प्रदेशले शर्तसहित जग्गाको फुकुवा गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । राजधानी क्षेत्र भित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार शर्तसहित फुकुवाकालागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । तर जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका शर्तहरू पालना गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको मुख्य मन्त्री कार्यालयले जनाएको छ । निर्णय अनुसार राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका वडा नं. १, २ र ३ मा १ कट्ठाभन्दा सानो र शितगंगा नगरपालिका वडा नं. ८ र ९ मा १ रोपनीभन्दा…
Read More
लुम्बिनी प्रदेशमा समयमै कर नबुझाउने सवारी धनीलाई कर छुटको अवसर

लुम्बिनी प्रदेशमा समयमै कर नबुझाउने सवारी धनीलाई कर छुटको अवसर

देउखुरी, दाङ्ग । लुम्बिनी प्रदेशले सवारी साधनको कर नबुझाउनेलाई कुल जरिवानामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ। यो छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए। लुम्बिनी प्रदेशमा कर नबुझाएका ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरेका छन्। १ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा समय सीमाभित्र कर नबुझाएका सवारी धनीलाई जरिबानामा ७५ प्रतिशत छुट दिने निर्णय भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन यातायात मन्त्रालयले सवारीसाधनको कर नबुझाएका र नवीकरण समेत नगरेका सवारी धनीलाई कुल जरिबाना रकममा ७५ प्रतिशत छुटको व्यवस्था गरेको हो । जरिबाना छुटको व्यवस्था…
Read More