Skip to main content

सरोकार पोस्ट

सांसद्, स्थानीय तह र पदाधिकारीका स्वकीय सुविधा खारेज, विशिष्ट पदाधिकारीबाहेकले सल्लाहकार राख्न नपाउने

Advertisement

काठमाडौ । सरकारले संघ र प्रदेशका सांसद देखि स्थानीय तहका पदिधकारीले राख्ने स्वकीय सुविधा खारेज गर्ने निर्णय सरकारले गरेको छ ।
सरकारले अन्य राजनीतिक पदाधिकारीका संघीय विशिष्ट पदाधिकारी (भिभिआइपि) बाहेकले सल्लाहकार नियुक्ति गर्न नपाउने निर्णय पनि गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धी निर्णय गरेको थियो ।
सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरोत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यसमा स्वकिय र सल्लाहकारको सुविधासम्बन्धी विषयसमेत छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार र सबै स्थानीय तहलाई पत्राचार गरेको जनाएको छ ।
मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका पदाधिकारीका लागि सल्लाहकार नियुक्ति नगर्ने उल्लेख छ । त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसद् लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकिय सचिवालयमा बढीमा ३ जनामात्र नियुक्त गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ ।
नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीलगायत राजनीतिक पदाधिकारीका स्वकिय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्न पनि भनिएको छ । यस्तो सचिवालयका कर्मचारीका लागि सवारी साधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा उपलब्ध गराउन नपाउने निर्णयमा उल्लेख छ ।
सांसद्, प्रदेश, स्थानीय तहका र अन्य पदाधिकारीले नियुक्त गरेका सयौं स्वकिय र सल्लाहकार हट्नेछन् भने नयाँ नियुक्ति पनि हुनेछैन । कानुन विपरित स्वकिय र सल्लाहकार राखेर तिनका नाममा कोषबाट करोडौं भुक्तानी हुनेगरेको छ । महालेखापरीक्षक कार्यालयको ६२ ओैं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०र८१ मा १५२ स्थानीय तहले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी तलबमा खर्चिए आठ करोड १२ लाख खर्चिएका थिए । त्यस्तै बैठकले भूमि समस्या समाधान आयोग पनि खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...