Skip to main content

सरोकार पोस्ट

प्रेस चौतारी सरुमारानीको अध्यक्षमा रायमाझी चयन 

Advertisement

प्युठान ।  प्रेस चौतारी नेपाल प्यूठानले स्थानिय तह केन्दीत संगठन विस्तार सुरु गरेकोछ । चौतारीले सरुमारानी गाउँपालिका शाखाको अध्यक्षमा शिशिर रायमाझी सर्वसम्मत निर्वाचित भएको जनाएको छ ।
बिहिवार सरुमारानी गाउँपालिकाको बड्डाडामा आयोजित प्रेस चौतारी नेपालको सरुमारानी गाउँपालिकाको पहिलो अधिबेशनले शिशिर रायमाझीको अध्यक्षतामा ११ सदस्यीय कमिटि चयन गरेको हो । जस्को उपाध्यक्षमा जीवन चर्ती, सचिवमा प्रतिक्षा राना, सहसचिवमा रुद्र पुन मगर र कोषाध्यक्ष आकाश केसी निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा शोभा चर्ती, पवित्रा सोमै, कृष्ण बिक र सागर बिक रहनुभएको छ । अरु दुई जना सदस्य भने पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ।

प्रेस चौतारी नेपाल सरुमारानी गाउँपालिका पहिलो अधिवेशन शिशिर रायमाझीको अध्यक्षता तथा केन्द्रिय सदस्य सलिम मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिबेशनमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य प्यार अलि खानको विशेष आतिथ्यता रहेको थियो। अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधि, पार्टीका नेता, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी  नेपालका केन्द्रीय सदस्य सलिम मियाँले समृद्ध समाज निर्माणमा सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । स्थानीय मुद्दा उठाउदै जनतालाई सही सूचना दिने कुरामा प्रेस चौतारी नेपालजस्ता संस्थाहरूले आफ्नो भूमिका अझ व्यापक बनाउनुपर्नेमाउहाँले जोड दिनुभयो। पछिल्लो समय डिजिटल प्रबिधि र सामाजिक सञ्जालमा गलत सूचना र फेक न्युजको समस्या देखापरेको भन्दै सत्य र तथ्यपरक समाचार सम्प्रेषन गर्नुपर्नमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य प्यार अली खानले कलम जिविको संगठन प्रेस चौतारी हो, सत्य तथ्य समाचार मार्फत समाजलाई सुसूचित गराउने अभियानमा चौतारी अग्रभागमा रहँदै आएको छ। नयाँ साथीहरूलाई नेतृत्व विकासको तालिम अभिमुखीकरण मार्फत जनताको तेस्रो आँखा बन्ने गरी अभियानमा जोड्दै लग्ने उहाँले बताउनुभयो । यो अभियानमा जिल्ला तथा प्रदेशले विशेष कार्यक्रम बनाएर अघि बढ्न लागेको जानकारी दिनुभयो। त्यस्तै कार्यक्रममा प्युठान जिल्ला सचिब राम बहादुर बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...