Skip to main content

सरोकार पोस्ट

अर्थ

“सात दशक पछाडी परेको प्यूठान अब कांग्रेसले बदल्छ” : मन्त्री रोज राणा

“सात दशक पछाडी परेको प्यूठान अब कांग्रेसले बदल्छ” : मन्त्री रोज राणा

प्यूठान। राणा शासनको पतनपछि करिब सात दशकसम्म प्यूठान बामपन्थी राजनीतिक घेराबन्दीमा अल्झिँदा अपेक्षित विकास हुन नसकेको दाबी गर्दै लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले अब परिवर्तनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस प्यूठानका उम्मेदवार गोविन्दराज पोख्रेलसँग संयुक्त रुपमा आयोजित मतदाता भेटघाट तथा कोणसभामा मन्त्री राणाले स्पष्ट शब्दमा भने,“प्यूठानलाई समृद्ध बनाउने हो भने योग्य नेतृत्व रोज्नुपर्छ। कांग्रेसलाई जिताए विकासको नयाँ अध्याय सुरु हुन्छ।” भिडियो :- उनले आफू मन्त्री भएपछि प्यूठानको मुहार फेर्ने गरी काम सुरु गरेको उल्लेख गर्दै केही योजनाहरू उदाहरणका रूपमा प्रस्तुत गरे। करिब चार दशकदेखि बस सञ्चालन मात्र हुँदै आएको वाग्दुला–मच्छी सडक अब कालोपत्रे…
Read More
“म सांसद भएँभने मलाई कसैले गाली नगर्नेगरी काम गर्छु” : डा.पोख्रेल

“म सांसद भएँभने मलाई कसैले गाली नगर्नेगरी काम गर्छु” : डा.पोख्रेल

प्यूठान। नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा प्यूठानबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार डा.गोबिन्दराज पोख्रेलले आफू संसद जितेर काम गर्ने अवसर पाएमा कसैलेपनि गालि नगर्ने गरी काम गर्ने बताउनुभएको छ । प्यूठानकाे नौबहिनी गाउँपालिकाका विभिन्न वडाहरुमा भोट माग्दै मतदाताको घरदैलोमा पुगेका डा. पोख्रेलले स्थानियका गुनासा सुन्दै प्यूठानबासीको चाहना पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफूलाई रुख चिन्हमा भोट दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,"मलाई एकपटक प्रतिनिधि सभा सांसद जिताएर पठाउनुस्, त्यसपछि तपाईहरुले मलाई गालि नगर्नेगरी नीतिगत परामर्श र आर्थिक सामाजिक विकास र युवाको सीप विकासका सवालमा मैले सम्झनेगरी योजना वनाएर काम गर्ने छुँ ।"   उहाँले सबैका आ-आफ्नै दल भएपनि यसपाली…
Read More
विद्यालयदेखि समुदायसम्म किशोरीलाई एच.पि.भी. खोप, छुटेकालाई पनि समेट्ने

विद्यालयदेखि समुदायसम्म किशोरीलाई एच.पि.भी. खोप, छुटेकालाई पनि समेट्ने

पाठेघरको मुखको क्यान्सरविरुद्ध नेपाल सरकारको अभियान प्यूठान । नेपालमा महिलाको ज्यान लिने प्रमुख कारणमध्ये एक बनेको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकारले एच.पि.भी. (Human Papillomavirus) खोप सेवा देशव्यापी रूपमा विस्तार गरेको छ। विश्व स्वास्थ्य संगठनको रणनीतिअनुसार सरकारले विद्यालय र स्वास्थ्य संस्थामार्फत किशोरी लक्षित खोप अभियान तीव्र बनाएको हो। कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू मुख्य लक्षित समूहमा परेका छन्। यसैगरी, गत वर्ष सञ्चालन भएको एच.पि.भी. खोप अभियानका क्रममा छुटेका कक्षा ७–१० मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११–१४ वर्ष उमेरका किशोरीहरू लाई पनि यस अभियानमा समेटिएको छ। प्यूठानमा माघ २५ गतेदेखि २९ गते…
Read More
प्यूठानी मतदाताको चाहना, अव  नारा  होईन, परिणाम दिने नेता डा.गोबिन्द

प्यूठानी मतदाताको चाहना, अव नारा होईन, परिणाम दिने नेता डा.गोबिन्द

प्युठान । नेपाली सार्वजनिक जीवनमा धेरै नेताहरू आए–गए, तर परिणाम देखिने काम गर्ने व्यक्तित्व थोरै मात्र छन्। त्यसमध्ये डा. गोविन्दराज पोखरेल त्यस्ता व्यक्तित्व हुन्, जसले गफभन्दा कामलाई प्राथमिकता दिएर देश र प्युठानका लागि दीर्घकालीन प्रभाव पार्ने योगदान गरेका छन्। विभिन्न राजकीय, प्राविधिक र नीतिगत जिम्मेवारीमा रहँदा उनले गरेका कामहरूले उहाँको कार्यक्षमता, दूरदृष्टि र परिणाममुखी नेतृत्वलाई स्पष्ट रूपमा प्रमाणित गर्छन् ।२०७२ को विनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो प्रमुख कार्यकारी अधिकृतका रूपमा डा. पोखरेलले पुनर्निर्माणको आधारशिला राख्नुभयो। निजी आवास अनुदानको कार्यविधि, प्राविधिक मापदण्ड र कार्यान्वयन संयन्त्र निर्माण गर्दै लाखौँ पीडित परिवारका लागि घर बनाउने प्रक्रिया अघि बढाउनु उनको ऐतिहासिक योगदान हो।…
Read More
जिल्लामै पहिलो पहल : ८४ वर्षीय छविलाल पण्डितबाट ३२ जेष्ठ नागरिकलाई सम्मान–कोशेली

जिल्लामै पहिलो पहल : ८४ वर्षीय छविलाल पण्डितबाट ३२ जेष्ठ नागरिकलाई सम्मान–कोशेली

प्यूठान — प्यूठान नगरपालिका–८ का ८४ वर्षीय छविलाल पण्डितले आफ्नो जन्मथलोका जेष्ठ नागरिकप्रति उदाहरणीय सम्मान प्रकट गर्दै ८४ वर्ष उमेर पुगेका ३२ जनालाई विशेष कोशेली प्रदान गरेका छन्। वडामा रहेको धर्मावती स्वास्थ्य चौकीमार्फत आयोजित कार्यक्रममा पण्डितले जेष्ठ नागरिक मिलन तथा सम्मान संस्कृतिलाई संस्थागत गर्न दीर्घकालीन प्रयाससमेत अघि सारे। उहाँले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी हरेक वर्ष जेष्ठ नागरिक मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्दै आएकामा, उनका कदमले प्रेरित भएर अन्य व्यक्तिहरूले थप सहयोग गरेपछि कोषको रकम हाल ३ लाख १ हजार ९७५ रुपैयाँ पुगेको जेष्ठ नागरिक कल्याण कोषका सदस्य–सचिव तथा स्वास्थ्य चौकी प्रमुख मिनबहादुर थापाले जानकारी दिए। जिल्लामै पहिलोपटक…
Read More
वाग्दुला-बाहाने सडकखण्डको दम्ती-अधेरी सडक कालोपत्रे गर्न मन्त्री राणाले गरे सिलान्यास

वाग्दुला-बाहाने सडकखण्डको दम्ती-अधेरी सडक कालोपत्रे गर्न मन्त्री राणाले गरे सिलान्यास

प्यूठान । जिल्लाको प्रमुख व्यापारिक केन्द्र वाग्दुला देखि नौबहिनी गाउँपालिकाको केन्द्र बाहाने सम्मको १२ किलोमिटर सडकखण्ड अन्तर्गत पर्ने दम्ती-धाईरे-अधेरीको ६ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का प्रकृया सम्पन्न भैसकेपछि कामको थालनी गर्न लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आज शोमबार सिलान्यास गरी सुभारम्भ गर्नुभएको छ । प्यूठान नगपालिका र नौबहिनी गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक कालोपत्रे गर्न २ खण्डमा बिभाजन गरेर ठेक्का लगाएको शहरी बिकास तथा भवन कार्यालय दाङले जनाएको छ । सडक आ.ब. २०८२÷०८३ को असार मसान्तभित्र निर्माण सक्ने गरी हरियाली निर्माण सेवाले धाईरे-अधेरी र एजी कन्ट्रक्सनले दम्ती धाईरे खण्छडमा ठेक्का लिएका छन् । तोकिएको…
Read More
बि.पि. बिचार समाज प्यूठानले जग्गा खरिद गरि पास लियो

बि.पि. बिचार समाज प्यूठानले जग्गा खरिद गरि पास लियो

प्यूठान। नेपाली कांग्रेसका स्थापक बिपि कोईरालाको नाममा गठित बि पि बिचार समाज प्यूठान नगरपालिका -७ को नाममा आज मालपोत कार्यालय प्यूठानबाट जग्गा रजिष्ट्रेशन पास भएको छ । प्यूठान नगरपालिका वडा नं -७ टिकुरी स्थित झिमरुक पेट्रोल पम्प नजिकै प्यूठान- भालुवाङ सडक खण्डको उत्तर तर्फ ८ आना जग्गा खरिद गरी संस्थाको नाममा पास गरिएको संस्थाका अध्यक्ष अमर प्रसाद भण्डारीले बताउनुभयो । उहाले भन्नुभयो,"प्यूठानको मुख्य सडकबाट नजिकै ८ आना जग्गा खरिद गरि संस्थाको नाममा पास लियौँ, उक्त जग्गा सँग सटेको अरु थप जग्गा संस्थालाई दान गर्न जग्गादाता पनि तयार हुनुहुन्छ।" जग्गा थप भयो भने संस्थाको नाममा १ रोपनी कायम हुने उहाँको भनाई…
Read More
भारतीय सरकारको सहयोगमा प्यूठान ऐरावतीमा बिद्यालय भवन निर्माण

भारतीय सरकारको सहयोगमा प्यूठान ऐरावतीमा बिद्यालय भवन निर्माण

शागर रिजाल प्यूठान । ऐरावती गाउँपालिका १ दाङ्गबाङ्ग स्थित अमिलीमा भारत सरकारको ८० प्रतिशत अनुदानमा नयाँ विद्यालय र छात्रावास भवन निर्माण भएको छ । अमिलीस्थित दाङ्गवाङ्ग माध्यमिक विद्यालयलाई ३ करोड ३९ लाख २२ हजार ५ सय १ रुपैयाँमा विद्यालय भवन र छात्रवास  निर्माण सम्पन्न गरी बुधवार एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ । भारतीय सरकारको ८० र ऐरावती गाउँपालिकाको २० प्रतिशत लागतमा भवन निर्माण सम्पन्न भएको हो । बुधबार  भारतीय राजदूतावास काठमाडौंका काउन्सिलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा उद्घाटन गरेसँगै भवन प्रयोगमा आएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत…
Read More
योजनाको बिलिङ्ग र डिलिङ्ग गर्न भन्दै कर्मचारीलाइ दिइएन् ३ महिना रमाना

योजनाको बिलिङ्ग र डिलिङ्ग गर्न भन्दै कर्मचारीलाइ दिइएन् ३ महिना रमाना

प्यूठान । तीन महिना अघि लुम्बिनी प्रदेशले सरुवा गरेका उर्जा जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्यूठानका प्राबिधिक अधिकृत देवनाथ पण्डितको सरुवा गत भाद्र ५ गतेनै भएको थियो । तर कार्यालयका हाकिम उमेश महतोले रमाना निदएका कारण सरुवा भएको कार्यालयमा नभै उनि पहिले कार्यरत कार्यालयमै कामकाज गरिरहेका छन् । कार्यालयमा प्राबिधिक ‍फाँट हेर्ने कर्मचारी हुँदाहुँदै पनि गत आ व को योजनाहरुको बिलिङ्ग र डिलिङ्ग गर्नुपर्ने भएका कारण उनलाइ रमाना नदिएको कार्यालय प्रमुख उमेश महतोले बताए । उनले भने, æगत बर्षका योजनाको काम प्रयाप्त बजेट नभएर सकिएको छैन, प्रदेश सरकारले उनको ठाउँमा अर्को कर्मचारी पनि खटाएको छैन, त्यसैले हिसाव मिलाउन उहाँलाइ रोकिएको…
Read More
प्यूठानकै ठुलो लुप्लुङ्ग देवाली मंसिरमा हुँदै, संघ्रहालय निर्माणका लागि उठ्यो ५५ लाख दान

प्यूठानकै ठुलो लुप्लुङ्ग देवाली मंसिरमा हुँदै, संघ्रहालय निर्माणका लागि उठ्यो ५५ लाख दान

प्यूठान । धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पाँच बर्षपछि देवाली हुने भएको छ । नौबहिनी गाउँपालिका –८ लुप्लुङ्गमा धनञ्जय राष्ट्रिय संग्रहालय –देवघर निर्माण भएको छ । संघ्रहालय निर्माण सँगै आगामी मंसिर ११ र १२ गते तिथिअनुसार देवाली कुलपुजा गर्ने लुप्लुङ्ग झुलेनी बराहक्षेत्र संरक्षण केन्द्रका महासचिब धनेश्वर भण्डारीले जानकारी दिए । पर्यटन पुर्बाधार सँग जोडिएको धनञ्जय राष्ट्रिय संघ्रहालय निर्माणका लागि लुम्बिन प्रदेश सरकारको आ व २०८१÷०८२ मा १७ लाख ठेक्का लागएर काम सुरु भएको थियो । उक्त रकम सहित करिब ७० लाख रुपैया खर्च भैसकेको निर्माण समितिले जनाएको छ । ८५ प्रतिशत काम सकिएको भएपनि कम्पाउण्ड तथा भित्री डेकोरेसन र…
Read More