Skip to main content

सरोकार पोस्ट

विद्यालयदेखि समुदायसम्म किशोरीलाई एच.पि.भी. खोप, छुटेकालाई पनि समेट्ने

Advertisement

पाठेघरको मुखको क्यान्सरविरुद्ध नेपाल सरकारको अभियान

Oplus_131072

प्यूठान । नेपालमा महिलाको ज्यान लिने प्रमुख कारणमध्ये एक बनेको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकारले एच.पि.भी. (Human Papillomavirus) खोप सेवा देशव्यापी रूपमा विस्तार गरेको छ। विश्व स्वास्थ्य संगठनको रणनीतिअनुसार सरकारले विद्यालय र स्वास्थ्य संस्थामार्फत किशोरी लक्षित खोप अभियान तीव्र बनाएको हो।
कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू मुख्य लक्षित समूहमा परेका छन्। यसैगरी, गत वर्ष सञ्चालन भएको एच.पि.भी. खोप अभियानका क्रममा छुटेका कक्षा ७–१० मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११–१४ वर्ष उमेरका किशोरीहरू लाई पनि यस अभियानमा समेटिएको छ। प्यूठानमा माघ २५ गतेदेखि २९ गते सम्म खोप कार्यक्रम सञ्चालन गर्न ३०४० डोज खोप आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
विद्यालयमै खोप, समुदायमै पहुँच

Oplus_131072

सरकारले खोप पहुँच सहज बनाउन विद्यालय, स्वास्थ्य संस्था र बाह्य खोप केन्द्र गरी तीन तहमा सेवा सञ्चालन गर्ने व्यवस्था गरेको छ। विद्यालयमा सञ्चालन हुने खोप केन्द्रमा १ जना स्वास्थ्यकर्मी र १ जना स्वयंसेवक रहनेछन्। स्वयंसेवकका रूपमा विद्यालय नर्स वा स्वास्थ्य शिक्षा शिक्षकलाई प्राथमिकता दिइनेछ।
लक्षित संख्या २०० भन्दा बढी भएका विद्यालयमा आवश्यकताअनुसार स्वास्थ्यकर्मी र स्वयंसेवक थप गरिनेछ। स्वास्थ्य संस्था तथा बाह्य खोप केन्द्रमा पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका को सक्रिय सहभागितामा खोप सेवा सञ्चालन हुनेछ।
क्यान्सर रोक्ने अन्तर्राष्ट्रिय रणनीतिमा नेपालको कदम
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण हुने बिरामी र मृत्युदर उच्च रहँदै आएको अवस्थामा विश्व स्वास्थ्य संगठनले यस रोगलाई जनस्वास्थ्य समस्या नबन्ने अवस्थामा पुर्‍याउने लक्ष्यसहित तीन रणनीति तय गरेको छ। तीमध्ये प्रमुख रणनीति भनेकै किशोरी उमेरमै एच.पि.भी. खोप लगाउने हो।
यसै रणनीतिलाई आत्मसात गर्दै राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एच.पि.भी. खोप समावेश गर्न सिफारिस गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णयसँगै अभियान अघि बढाएको हो।

भविष्य सुरक्षित गर्ने लगानी

Oplus_131072

स्वास्थ्य विज्ञहरूका अनुसार समयमै एच.पि.भी. खोप लगाउन सकेमा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। विद्यालय र समुदाय केन्द्रित यो अभियानलाई महिला स्वास्थ्य सुरक्षातर्फको दीर्घकालीन लगानी का रूपमा हेरिएको छ।
सरकारको यो कदमले क्यान्सरविरुद्धको लडाइँमा नेपाललाई नयाँ चरणमा प्रवेश गराएको सरोकारवालाहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...