काठमाडौँ । सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राति ९ बजे उनको शपथ हुँदैछ । बाँकी काम उनको शपथपछि कार्कीले नै गर्नेछिन् । कार्कीको शपथको तयारी शीतल निवासमा हुँदैछ । नेपालको संविधानले राष्ट्राध्यक्ष बनाएसँगै विषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् । मन्त्रिपरिषदको सिफारिसपछि मात्रै संसद विघटन गरिने भएको छ । आजै सानो…
काठमाडौं। देशभर फैलिएको जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ। देशका विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार, ट्रमा सेन्टर, सिभिल अस्पताल, एभरेस्ट हस्पिटल लगायतमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालय का अनुसार, काठमाडौं उपत्यकाबाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ। बाँकेमा मृत्यु भएका ५ जना नौबस्ताको क्षेत्रीय कारागार तथा बाल सुधारगृहका कैदीबन्दी रहेको बताइएको छ। आन्दोलनमा मृत्यु हुने ३ जना प्रहरीबाहेक अन्यको नाम भने प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन। मन्त्रालयको तथ्यांकअनुसार, प्रदर्शनका क्रममा १०३३ जना घाइते भएका छन्। जसमध्ये ७१३ जना उपचारपछि घर फर्किएका छन् भने…
काठमाडाै । राष्ट्रपतिको आह्वानसँगै औपचारिक वार्ताअघि अनौपचारिक छलफलको अगुवाइ नेपाली सेनाले गरिरहेको छ। तर नयाँ बन्ने सरकार प्रमुख बस्ने सिंहदरवारस्थित कार्यालय आगलागीले ध्वस्त भएको छ। नजिकै रहेको सर्वोच्च अदालत र सुरुवाती आन्दोलनस्थलनजिकको सङ्घीय संसद् भवन पनि ध्वस्त भएका छन्। ती लगायत देशभरका प्रमुख कार्यालय र भौतिक संरचनामा भएका क्षति र त्यसले पार्ने असर यकिन हुन बाँकी छ। तर सङ्घीय राजधानीस्थित आफ्नै परमाधिपति राष्ट्रपतिको निवास तथा कार्यालय, प्रशासनिक मुख्यालय सिंहदरवार, सर्वोच्च अदालत र संसद् भवन जोगाउन सुरक्षाकर्मी विफल हुँदा प्रश्नहरू उठेका छन्। सेना नै तैनाथ रहने भवनको समेत सुरक्षा गर्न नसक्दा अहिले सम्पूर्ण सुरक्षा जिम्मेवारीको नेतृत्व गरिरहेको नेपाली सेनाको भूमिकालाई लिएर…
काठमाडौ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले जेन जी आन्दोलनका क्रममा भएको आगजनी र आक्रमणसँगै देश शून्यतामा पुगेको भन्दै अब राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्तिसुरक्षा र अमनचयन कायम गर्नुपर्ने बताएको छ। पार्टीका प्रवक्ता प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, "कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ।" पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अर्को विज्ञप्ति प्रकाशित गर्दै "यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ" भनेका छन्। "नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा…
२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएकाहुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाले ज्यान गुमाइसकेका छन् । काठमाडाैका बिभिन्न अस्पातालहरुमा साडे ३ सय बढिले उपचार गराइरहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।
२३ भदाै काठमाडाै । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । आज दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । बिर अस्पतालको ट्रमा सेन्टरमा ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे…
२३ भदाै काठमाडाै । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्युहुनेकाे संख्या १० पुगेकाे छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्या्इएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । '१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,' उनले भने, '२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ । सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए । केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु…
२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरुमा गरी मृत्युहुनेकाे संख्या ९ पुगेकाे हाे । बिर अस्पतालकाे ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । काठमाडाैका बिभिन्न अस्पतालहरुमा सयाैकाे उपचार भैरहेकाे छ । केएमसीमा २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा सयाैँ घाइतेहरुकाे उपचार भइसकेको छ ।
२३ भाद्र काठमाडोै । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेको छ । निजामति अस्पतालमा अर्का एक घाइतेको पनि मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । यो सँगै मृत्युहुनेको संख्या दुइ पुगेको छ । यद्धपी चार जनाकाे मृत्यु भैसकेकाे बताइएपनि पुष्टी भएकाे छैन । दुइ युवाको मृत्य पछि प्रर्दशनकारी थप आक्रोशित भएकाछन् । प्रदर्शनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् । प्रहरीको गोली लागेर कयौं घाइते भइसकेका छन् । करिब एक सय घाइतेहरूको उपचार निजामती अस्पतालमा भइरहेको छ । काठमाडौंको…