२३ भाद्र काठमाडोै । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेको छ । निजामति अस्पतालमा अर्का एक घाइतेको पनि मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । यो सँगै मृत्युहुनेको संख्या दुइ पुगेको छ । यद्धपी चार जनाकाे मृत्यु भैसकेकाे बताइएपनि पुष्टी भएकाे छैन ।

दुइ युवाको मृत्य पछि प्रर्दशनकारी थप आक्रोशित भएकाछन् । प्रदर्शनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् ।
प्रहरीको गोली लागेर कयौं घाइते भइसकेका छन् ।
करिब एक सय घाइतेहरूको उपचार निजामती अस्पतालमा भइरहेको छ । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भए पनि युवाहरूले प्रदर्शन जारी राखेका छन् र प्रहरीले दमन सुरु गरेको छ।

वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेर घाइतेभएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीको दमन बढेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । जेन-जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एक सवारी साधनमा आगजनी भएको छ । सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित जेन जी युवाहरूले एम्बुलेन्समा पनि आगजनी गरेका हुन् । प्रदर्शनीकारीहरूलाई लखेट्ने सुरक्षाकर्मीले हवाई फायर, लाठीचार्ज र पानीका फोहोरा प्रहार गर्नेक्रम बढाएपछि बानेश्वर क्षेत्रमा स्थिति नियन्त्रणबाहिर गएको छ ।
प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ । तर कर्फ्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । त्यसपछि प्रहरीले आन्दोलकारीमाथि दमन सुरु गरेको छ ।




