२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएकाहुन् । 
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाले ज्यान गुमाइसकेका छन् । काठमाडाैका बिभिन्न अस्पातालहरुमा साडे ३ सय बढिले उपचार गराइरहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।



