सरोकार पोस्ट

ताजा खबर

कांग्रेस पुनर्गठनका लागि अभियान शुरू, विशेष महाधिवेशनको माग

कांग्रेस पुनर्गठनका लागि अभियान शुरू, विशेष महाधिवेशनको माग

काठमाडौँ । पार्टीलाई वैचारिक सांगठनिक र नेतृत्वमा पुनर्गठन गर्न माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरूले आजदेखि नयाँ अभियान शुरू गरेका छन् । विभिन्न महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको प्रारम्भिक भेलाले पार्टीलाई वैचारिक सांगठनिक र नेतृत्वमा पुनर्गठन गर्न माग गरेका हुन्। पार्टीको पुनर्गठनका लागि विशेष महाधिवेशन अहिले अत्यावश्यक भएको उनीहरूको निष्कर्ष छ। विशेष महाधिवेशन कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्न प्रस्ताव गरिएको भेलाका अगुवा तथा कांग्रेस महासमिति सदस्य नारायणप्रसाद भट्टराईले जानकारी दिए । पार्टी पुनर्गठनको अभियान र विशेष महाधिवेशनका लागि व्यापक दबाब दिन असोज ३ गते संविधान दिवसका दिन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको बृहत भेला आयोजना गरिने आजको भेलाले निर्णय गरेकोसमेत…
Read More
२०४६ पछिका सार्बजनिक पदधारण गर्नेहरुको सम्पति शुद्धिकरण गर्नुपर्ने प्युठान कांग्रेसको माग

२०४६ पछिका सार्बजनिक पदधारण गर्नेहरुको सम्पति शुद्धिकरण गर्नुपर्ने प्युठान कांग्रेसको माग

प्यूठान । जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका बिषयमा नेपाली कांग्रेस प्यूठानले समीक्षा गर्दै २०४६ पछीका सार्वजनिक पद धारण गरेका नेता र कर्मचारीको सम्पति शुद्धिकरण गर्ने एजेण्डा अघि सारेको छ । आज बसेको जिल्ला कार्य समिति प्यूठानको बैठकले २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पति शुद्धीकरण गर्नु पर्ने प्रमुख एजेण्डा अगाडि सारेको हो । बर्तमान परिस्थितिको मुख्य कारण भ्रष्टाचार भएकोले नेता र कर्मचारीको सम्पति शुद्धीकरण गर्नुपर्ने प्रमुख एजेण्डा अगाडि बढाईएको नेपाली कांग्रेस प्यूठानका सभािति बिष्णुकुमार गिरीले बताउनुभयो । यस्तै बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको सवालमा कांग्रेस दृढ हुँदै जेन्जी आन्दोलनका क्रममा मृत्यु भएका…
Read More
अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा :महामन्त्री थापा

अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा :महामन्त्री थापा

नेपाली कांग्रेसले पार्टीको अबको मुख्य निर्वाचन निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको जनाएको छ। पार्टीका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताएका हुन्। थापाले भदौ २३ र २४ को जेनजी युवाहरूको आह्वानमा भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा रहेको पनि बताएका छन्। उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र आफूले भदौ २५ गते नै संवैधानिक रिक्तता नआओस् भनेर आवश्यकताको सिद्धान्तअनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेको तर त्यसो हुन नसकेको भनेका छन्। अहिले जुन प्रकारबाट सरकार गठन र संसद् विघटन भयो त्यो संविधानसम्मत नभएको र पार्टीले अगाडि लिने बाटोको बारेमा…
Read More
अर्याल,खनाल र घिसिङले लिए मन्त्री पदकाे सपथ

अर्याल,खनाल र घिसिङले लिए मन्त्री पदकाे सपथ

३० भद्र । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए । खनाल र घिसिङ दुवै आन्दोलनकारी जेन–जीले रुचाएका व्यक्ति हुन् ।…
Read More
फागुन २१ को निर्वाचनको तयारीबारे निर्वाचन आयोग छलफलमा

फागुन २१ को निर्वाचनको तयारीबारे निर्वाचन आयोग छलफलमा

३० भदौ, काठमाडौं । आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोग छलफलमा जुटेको छ । हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी नगराए पनि आयोगले मतदाता संकलन गर्ने लगायतका विषयमा छलफल सुरु गरिसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । ‘निर्वाचनको मिति राष्ट्रिय रुपमा घोषणा भएको विषय हो । राष्ट्रिय रुपमा घोषणा भएकोले यो विषयलाई स्वत: जानकारीमा लिएर छलफल सुरु गरिएको छ,’ घिमिरेले बताए । उनि भन्छन्, ‘मतदाता नामावली कसरी संकलन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन…
Read More
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्ने उर्जामन्त्री घिसिङको पहिलो निर्णय

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्ने उर्जामन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार सम्हाल्नेबित्तिकै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका हुन्। यसअघि उनी प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि यो बक्यौता असुल्ने प्रयास गरेका थिए तर तत्कालीन सरकारले रोकेको थियो। विगत एक दशकदेखि चर्चामा रहेका घिसिङले मुलुक अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेका बेला ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। उनले करिब आठ वर्षअघि पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाललाई 'लोडसेडिङमुक्त' घोषणा गरिएको थियो। वि.सं. २०७३ सालको तिहारबाट शहरहरूमा र २०७५ साल वैशाखमा पूरै…
Read More
दल निकट GenZ भन्छन्, अव दलिभत्र पनि पुस्तान्त्रण गनुछ

दल निकट GenZ भन्छन्, अव दलिभत्र पनि पुस्तान्त्रण गनुछ

काठमाडौँ । यही भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरुले देशव्यापी रुपमा गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उठाइएका मागका सम्बन्धमा राजनीतिक दलमा आवद्ध बहुसंख्यक जेन-जीले समर्थन जनाएका छन् । तर आन्दोलनको दोस्रो दिनको विध्वंश र त्यसपछिका घटनाक्रमप्रति उनीहरु असन्तुष्ट छन् । आन्दोलनका नाममा देशको सम्पत्ति नष्ट गरिएको र आन्दोलनकारी मारिएकोप्रति उनीहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । विध्वंश गरेकोमा सह्रानीय नभएको युवा नेताहरु बताउँछन् । कांग्रेस निकट नेविसंघका नेता नवीन पौडेलले जेन-जीहरुको मागप्रति सकारात्मक रहे पनि तोडफोड, गोली प्रहार र मारपिटबारे आफूहरुको आपत्ति रहेको सुनाए । ‘आन्दोलनको शुरूवाती चरण एकदमै राम्रो थियो । देशमा भएको बेथिति, पुरानो दलहरुसँगको वितृष्णालाई स्वाभाविक…
Read More
जेन–जी आन्दोलनका क्रममा मारिने ७२ पुगे, मृतकका परिवारलाइ १० लाख रुपैयाँ राहत दिइने

जेन–जी आन्दोलनका क्रममा मारिने ७२ पुगे, मृतकका परिवारलाइ १० लाख रुपैयाँ राहत दिइने

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । मारिएका सबैलाइ सरकारले सहिद घषणा गरी उनका परिवारलाइ जनही १० लाख रुपैयाँ राहत दिने सरकारले घोषणा गरेको छ । आन्दोलनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार व्यवस्था गर्न पनि प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो । जसमा आन्दोलनकारीतर्फ ५९ जना शहीद भएका छन् भने प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । कारागारबाट भाग्ने क्रममा झडप हुँदा १० जना मारिएका छन् । हाल १३४ प्रदर्शनकारीको उपचार भइरहेको छ । प्रहरीतर्फ ५७ जना उपचाररत रहेका छन् ।…
Read More
पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडाै । नेपालको पहिलो महिला महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा प्रधानमन्त्री कार्कीले स्वीकृत गरी भण्डारीलाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेकी थिइन् ।
Read More
नयाँ प्रधानमन्त्री वडा सदस्य समेत जित्ने हैसियत नभएको एमाले नेता सुर्य थापाको टिप्पणी

नयाँ प्रधानमन्त्री वडा सदस्य समेत जित्ने हैसियत नभएको एमाले नेता सुर्य थापाको टिप्पणी

पछिल्लो राजनीतिक घटनाक्रम सँगै जेन्जी समुह सँगको लामो बार्तापछि संबिधानको संरक्षण समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले पुर्ब प्रधान्यायधिस शुसिला कार्कीलाई नेपालको ईतिहासमै पहिलो महिला प्रधानमन्त्री नियुक्ति गरेपछि विभिन्न दलका नेताहरुले संबिधानको मर्म बिपरित भएको भन्दै टिप्पणी गरेकाछन् । प्यूठानबाट प्रतिनिधि सभा सांसद सुर्य थापाले नव नियुक्त प्रधानमन्त्री शुसिला कार्की बिरुद्ध आफ्नो फेसबुक पेज(सामाजिक सञ्जाल)मा नकारात्मक रुपले टिप्पणी गरेका छन् । थापाले उनकै भाषामा अलि नकारात्मक शैलीमा प्रश्न गरेकाछन्,` वडा सदस्य जित्ने हैसियत छैन, संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बन्ने जंगली महत्वाकांक्षा ?´ यसै बिच उनले राष्ट्रपति रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसर्पणमा निर्दोष प्रतिनिधिसभाको संहार गरिएको पनि बताएकाछन् । थापाले आजक‍ो…
Read More