काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित हुने भएका छन्। अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न विशेष महाधिवेशन पक्षका नेताहरूबीच छलफल चलिरहेको छ। छलफलले पदाधिकारीका केही मुख्य पदमा सहमति जुटाइसकेको स्रोतले जानकारी दियो। निर्बाचन समितिका अनुसा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल र महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको नाम सर्वसम्मत चयन भएका छन् । सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य) बाट सह महामन्त्री चयन भएको निर्वाचन मण्डलले जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ । रातभरका विभिन्न चरणका वार्ता पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने स्पष्ट पारेको छ । विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’ पोखरोलले मंगलवार बेलुकी नै विषेश महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष…
गगन–विश्वप्रकाशले देउवाको सम्मानजनक बिदाइ खोजेका थिए, अब विधिवत् बाहिर धकेल्नेछन् । यसो गर्न नसके स्वयं गगन–विश्व पुस्ता इतिहासबाट धकेलिने खतरा छ । • सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नभए पनि पार्टीभित्र गगन–विश्व पुस्ताले निर्णायक भूमिका खेल्ने सम्भावना बढेको छ। • महाधिवेशनमा ७७ जिल्लाबाट कम्तिमा ६२ प्रतिशत प्रतिनिधिहरू सहभागी भएका थिए र कांग्रेसले आम नागरिकसामु विश्वसनीयता प्रस्तुत गरेको छ। काठमाडौं । लेखक अमृता लम्सालले फेसबुकमा लेखिन्, ‘यति लामो राजनीतिक कार्यक्रम कहिले पनि हेरिएको थिएन ।’ अर्का टिप्पणीकार आशुतोष तिवारीले फेसबुकमै लेखे, ‘जेनजीले उठाएका सुशासनलगायत मुद्दा कांग्रेस नेतृत्वले आत्मसात् गरेजस्तो लाग्यो । गगन थापाको भाषण उनको मुटुको गहिराइबाटै निस्केको जस्तो अनुभूति…
प्यूठान — प्यूठान नगरपालिका–८ का ८४ वर्षीय छविलाल पण्डितले आफ्नो जन्मथलोका जेष्ठ नागरिकप्रति उदाहरणीय सम्मान प्रकट गर्दै ८४ वर्ष उमेर पुगेका ३२ जनालाई विशेष कोशेली प्रदान गरेका छन्। वडामा रहेको धर्मावती स्वास्थ्य चौकीमार्फत आयोजित कार्यक्रममा पण्डितले जेष्ठ नागरिक मिलन तथा सम्मान संस्कृतिलाई संस्थागत गर्न दीर्घकालीन प्रयाससमेत अघि सारे। उहाँले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी हरेक वर्ष जेष्ठ नागरिक मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्दै आएकामा, उनका कदमले प्रेरित भएर अन्य व्यक्तिहरूले थप सहयोग गरेपछि कोषको रकम हाल ३ लाख १ हजार ९७५ रुपैयाँ पुगेको जेष्ठ नागरिक कल्याण कोषका सदस्य–सचिव तथा स्वास्थ्य चौकी प्रमुख मिनबहादुर थापाले जानकारी दिए। जिल्लामै पहिलोपटक…
बुटवल । प्रजातन्त्रवादी स्वास्थ्यकर्मीहरुको संगठन नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय अध्यक्षमा दिपकराज भट्ट र लुम्बिनी प्रदेशको अध्यक्षमा कौषलराज बैद्य सर्वसम्मत निर्वाचित भएका छन् । संगठनलाई नयाँ दिशातर्फ अगाडि बढाउने अपेक्षासहित सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको जनाएको छ। सहमति,एकता र साझा प्रतिबद्धताको सन्देश दिँदै संघको आठौं केन्द्रीय अधिवेशनले केन्द्रीय अध्यक्ष भट्ट र लुम्बिनी प्रदेश अध्यक्ष वैद्यलाई निर्विरोध निर्वाचित गरेको हो। यस्तै दुर्गा देवी र नरेशबाबु श्रेष्ठ लुम्बिनी प्रदेश उपाध्यक्ष पदमा चयन भएका छन् । प्युठानका हरि जैसी केन्द्रीय सदस्यमा सर्बसम्मत निर्वाचित भएका छन् । संगठनभित्रको विश्वास र सहकार्यको वातावरण झल्काउने गरी निर्विरोध नेतृत्व चयनले संघभित्र बढ्दो संगठनात्मक परिपक्वता र एकतालाई उजागर…
काठमाडौं। नेपाली कांग्रेस कृयासिल सदस्यता फाइल समयमै नपठाए ‘एक्सेस’ बन्द गरिने चेतावनी समेतलाई वास्ता नगरी प्यूठान सहित ९ जिल्ला समितिले फाइल अपलोड गरेका छैनन् । समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार कोशीका २, मधेसका ३, बागमती, लुम्बिनी र सुदूरपश्चिमका–का गरी ९ जिल्लाले सर्भरमा नवीकरण फाइल पठाएका नपठाएका हुन् । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य प्यूठान मात्र बाकी छ। प्युठानको प्रदेश निर्बाचन क्षेत्र न १ प्यूठान नगरपालिकामा पर्ने ४ वटा वडा र क्षेत्र २ को सबै वडाको नबिकरण क्षेत्रमा आएर रोकिएको जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कोशी प्रदेशका संखुवासभा र खोटाङ, मधेसका धनुषा, महोत्तरी र बारा, बागमतीको दोलखा, तथा सुदूरपश्चिमका…
प्यूठान । नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको चौथो जिल्ला अधिवेशन सर्बसम्मत सम्पन्न भएको छ। थानेश्वर न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सबै पदहरुमा सर्बसम्मत भएको हो । उपाध्यक्ष पदमा ६ जना चयन भएकाछन् । जस्मा जगत जिसी, अस्मिता बुढाथोकी, पुतला जिसी, बसन्तलाल पुरी, प्रथम गुरुङ र कमल परियार चयन भए । यसैबिच सचिबमा शेरसिंह थापामगर र सह-सचिव समाबेसी सहित ४ जनामा केसव केसी, जनकबहादुर पुन, लक्ष्मी न्यौपाने, र केसव पुन चयन भएकाछन् । कोषाध्यक्ष पदमा भर्जिन न्यौपाने चयन भए भने बाँकी ९ जना सदस्य र ८ जना केन्द्रीय प्रतिनिधि चयन भएको निर्वाचन समितिका संयोजक कौशलराज बैद्यले बताउनु भयो…
प्यूठान। विद्यार्थीहरुको शिकाई क्षेमता बृद्धि गर्ने उद्देश्यले प्यूठान नगरपालिकाको नमुना माध्यमिक विद्यालय जनता मा.बि. बाग्दुलाले आज सिकाई मेला गरेकोछ। मेलामा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्थानीय, लेखा तथा प्रविधि गरि ६ वटा स्टलमा सिकाई सामग्री प्रदर्शनमा राखिएको थियो । ६ स्टलमा राखीएका सिकाई सामग्रीको अवलोकन बिद्यालयका सबै कक्षाका विद्यार्थी, शिक्षकहरुलाई गराईएको प्रधानाध्यापक ईन्द्रमणी पोख्रेलले जानकारी दिए। उनले भने,"सिकाइ सुधारका लागि नियमित अभिभावक शिक्षा, शैक्षिक सुधारका लागि स्थानीय शैक्षिक सामाग्रि निर्माण तथा प्रयोग, शैक्षिक अबलोकन भ्रमण, प्राबिधिक शिक्षा लगायतका गतिविधिहरु संचालन गर्ने गरिएको छ ।" परम्परागत सामग्री, स्थानीय परिकार, सराय नाँच, भजन, दुना टपरी, वत्ति कात्ने सीप समेत प्रदर्शन गरिएकाे…
प्यूठान । जिल्लाको प्रमुख व्यापारिक केन्द्र वाग्दुला देखि नौबहिनी गाउँपालिकाको केन्द्र बाहाने सम्मको १२ किलोमिटर सडकखण्ड अन्तर्गत पर्ने दम्ती-धाईरे-अधेरीको ६ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का प्रकृया सम्पन्न भैसकेपछि कामको थालनी गर्न लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आज शोमबार सिलान्यास गरी सुभारम्भ गर्नुभएको छ । प्यूठान नगपालिका र नौबहिनी गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक कालोपत्रे गर्न २ खण्डमा बिभाजन गरेर ठेक्का लगाएको शहरी बिकास तथा भवन कार्यालय दाङले जनाएको छ । सडक आ.ब. २०८२÷०८३ को असार मसान्तभित्र निर्माण सक्ने गरी हरियाली निर्माण सेवाले धाईरे-अधेरी र एजी कन्ट्रक्सनले दम्ती धाईरे खण्छडमा ठेक्का लिएका छन् । तोकिएको…
प्यूठान। नेपाली कांग्रेसका स्थापक बिपि कोईरालाको नाममा गठित बि पि बिचार समाज प्यूठान नगरपालिका -७ को नाममा आज मालपोत कार्यालय प्यूठानबाट जग्गा रजिष्ट्रेशन पास भएको छ । प्यूठान नगरपालिका वडा नं -७ टिकुरी स्थित झिमरुक पेट्रोल पम्प नजिकै प्यूठान- भालुवाङ सडक खण्डको उत्तर तर्फ ८ आना जग्गा खरिद गरी संस्थाको नाममा पास गरिएको संस्थाका अध्यक्ष अमर प्रसाद भण्डारीले बताउनुभयो । उहाले भन्नुभयो,"प्यूठानको मुख्य सडकबाट नजिकै ८ आना जग्गा खरिद गरि संस्थाको नाममा पास लियौँ, उक्त जग्गा सँग सटेको अरु थप जग्गा संस्थालाई दान गर्न जग्गादाता पनि तयार हुनुहुन्छ।" जग्गा थप भयो भने संस्थाको नाममा १ रोपनी कायम हुने उहाँको भनाई…