Skip to main content

सरोकार पोस्ट

नेतृत्व परिवर्तन कांग्रेसमा निर्विकल्प

Advertisement

गगन–विश्वप्रकाशले देउवाको सम्मानजनक बिदाइ खोजेका थिए, अब विधिवत् बाहिर धकेल्नेछन् । यसो गर्न नसके स्वयं गगन–विश्व पुस्ता इतिहासबाट धकेलिने खतरा छ ।

• सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नभए पनि पार्टीभित्र गगन–विश्व पुस्ताले निर्णायक भूमिका खेल्ने सम्भावना बढेको छ।
• महाधिवेशनमा ७७ जिल्लाबाट कम्तिमा ६२ प्रतिशत प्रतिनिधिहरू सहभागी भएका थिए र कांग्रेसले आम नागरिकसामु विश्वसनीयता प्रस्तुत गरेको छ।

काठमाडौं । लेखक अमृता लम्सालले फेसबुकमा लेखिन्, ‘यति लामो राजनीतिक कार्यक्रम कहिले पनि हेरिएको थिएन ।’
अर्का टिप्पणीकार आशुतोष तिवारीले फेसबुकमै लेखे, ‘जेनजीले उठाएका सुशासनलगायत मुद्दा कांग्रेस नेतृत्वले आत्मसात् गरेजस्तो लाग्यो । गगन थापाको भाषण उनको मुटुको गहिराइबाटै निस्केको जस्तो अनुभूति भयो ।’
यी दुई प्रतिनिधि टिप्पणी हुन् लम्साल र तिवारीका, जसले राजधानीमा आज अर्थात् २७ पुसमा नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षले कस्तो घटना घटायो भन्ने बुझ्न सघाउँछ ।
जेनजी आन्दोलनपछि नयाँ दलहरूको तीव्र आगमनबीच पहिलेका स्थापित दलहरू रक्षात्मक सुनिइरहेका बेला कांग्रेसले पहिलोपल्ट विश्वसनीय र भरोसायोग्य ढंगले आम नागरिकबीच आफूलाई पेश गर्‍यो ।
हरेक दिन युट्युबमा बोलेको बोल्यै गर्ने लोकरिझ्याइँवादीदेखि नागरिकलाई कहिल्यै ‘दर्शन नदिने’ रहस्यमयी नेताहरूको बोलवालाबीच कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा थपक्क चकटीमा बस्न आए ।
झमक्क रात परिसक्दा पनि डेग नचली आफूहरूलाई सुन्न पर्खिरहेका कांग्रेस समर्थकबीच उभिएर बोल्दा उनीहरूले कसैलाई गाली गरेनन्, अपूरा आश्वासनका पुरिया बाँडेनन् ।
बरु निकट विगतको आत्मसमीक्षा गरे । गल्तीबोध गरे, तर ग्लानिले रोएनन् । तत्कालै गर्नुपर्ने कामका सूची बनाए, अनि भविष्यको सम्भावनातर्फ डोहोर्‍याए ।

राजधानीमा उनीहरूले उद्घोष गरे, ‘बीपी र गणेशमानको रगत छैन हाम्रो शरीरमा तर बीपीको विचार र गणेशमानको साहस छ । दास र लासको पार्टी होइन कांग्रेस । हामी प्रश्न गर्न छाड्दैनौं, प्रश्न मर्न दिँदैनौं ।’

सभापति शेरबहादुर देउवा कांग्रेस विशेष महाधिवेशनमा सहभागी नहुँदा सिंगो पार्टी पंक्तिको मनमा के सञ्चार भयो होला, प्रष्ट छैन । तर भेलामा नआउँदा स्वयं उनको शारीरिक र मानसिक अवस्थाका लागि भने सम्भवत: चैन भएको हुनुपर्छ ।
याद रहोस्, यिनै देउवा एमालेले चितवनमा पाँच वर्षअघि गरेको दशौं महाधिवेशनमा, अनि तत्कालीन तमलोपाले रामग्राम नवलपरासीमा गरेको पहिलो महाधिवेशनमा सहभागी थिए । देउवा आफूलाई सभापतिमा बहुमत दिएर जिताउने आफ्नै पार्टीका ५४ प्रतिशत प्रतिनिधिले डाकेको विशेष महाधिवेशनमा भने सहभागी भएनन् । कुनै कामविशेष वा स्वास्थ्यले होइन, महाराजगञ्जमा थकाइ मारेर बसे ।
देउवा हदैसम्म सुन्न सक्ने मान्छे हुन् । तर दोस्रो विशेष महाधिवेशनस्थलमा आएको भए आइतबार उनको धैर्यको पनि सम्भवत: परीक्षण हुनेवाला थियो ।
पछिल्ला वर्षहरूमा तिनै देउवा प्रश्नकर्ताहरूलाई हकार्न थालेका थिए, ‘बढ्ता बोल्ने ?’
देउवाले पूर्णबहादुर खड्कालाई २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमै घोषणा गरेर कार्यबाहक दिँदै आफू सक्रिय राजनीतिभन्दा बाहिर गएको सन्देश प्रवाह गरेका थिए ।

उनले आफ्ना विगतका योगदानबारे संक्षिप्त विवेचना तथा जेनजी प्रदर्शनका क्रममा भएको विध्वंश, अनि आफू, पत्नी आरजूलगायतमाथि भएको निर्मम आक्रमणको सम्झना गरेका थिए । तर उनले सुझबुझपूर्ण बहिर्गमनका लागि मंसिरसम्मको क्यालेन्डर नै बनाएर दिएका थिए ।

तिनै देउवा सिंगापुरबाट फर्केर पुन: कार्यकारी भूमिकामा सक्रिय भएसँगै थप आक्रोशित देखिन थालेका थिए । उनी प्रतिष्पर्धी एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धाबाहेक सबथोक गरिरहेका थिए, कानेखुसीमै ।
र, कांग्रेसकै पदाधिकारीसमेत आफ्ना सभापति देउवा के सोचिरहेका छन् भनेर जान्न असमर्थ भएपछि एमाले अध्यक्ष ओलीसँग फोन वा भेटमा के भइरहेको छ भनी अपडेट लिन थालेका थिए ।
कांग्रेसमा देउवाले लत्तो छाडेका दर्जनौं दृष्टान्तसहित कडा समीक्षा हुन थालेको थियो ।
आइतबार महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मामात्रै होइन, महेश आचार्यदेखि पुष्पा भुसालसम्मका नेताहरूले उठाएका प्रश्नहरु देउवाका लागि चकटीमा बसेर सहजै पचाउन सकिने खालका थिएनन् ।
महामन्त्रीहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन उद्घाटन सत्रमा बोल्दैगर्दा राष्ट्रिय एकीकरणमा पृथ्वीनारायण शाहको योगदानमात्रै सम्झेनन्, बिसे नगर्चीको योगदानलाई पनि उत्तिकै सम्झे ।
पृथ्वीनारायण र बिसे नगर्ची भन्नेबित्तिकै नेतृत्व र भुइँतहको कार्यकर्ताको विम्ब आउँछ । यो विशेष महाधिवेशन तिनै भुइँतहका कार्यकर्ताले आयोजना गरेको समारोह थियो, जहाँ विगतमा अनिर्वाचित थुप्रै अनुहारहरू गयल थिए । विशेष महाधिवेशन चल्दैगर्दा उनीहरू देउवा निवासमा ‘भावी रणनीति’ बनाउन व्यस्त थिए ।

अघिल्लो चुनावदेखि महाधिवेशनसम्म आफू मतदाताबाट चुनिन नसके पनि नेतृत्वबाट टीका लगाएर मनोनित भएकाहरू धेरैजना विशेष महाधिवेशनमा छुटे, जहाँ ७७ जिल्लाबाट कम्तिमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए ।
र, यही आधिकारिकताका साथ गगन–विश्वले कांग्रेसको नीति र नेतृत्व बदल्ने स्पष्ट संकेत दिएका छन् । यसको कार्यान्वयन कसरी होला भन्ने हेर्न सोमबार साँझसम्म कुर्नुपर्ने छ ।

कांग्रेसले बल्ल बुझेजस्तो देखिन्छ– पार्टीभित्रको गगन–विश्व पुस्ताले पटकपटक परीक्षित पाकाहरूलाई यसपल्ट बढार्ने साहस गरेनन् भने देशभरि निर्णायक बन्दै गरेका नवयुवाहरूले स्वयं गगन–विश्व पुस्तालाई समेत बढार्न सक्छन् ।
महामन्त्री गगनले अघिपछिका भाषणहरूको ‘स्पिड टेम्पो’ भन्दा थोरै धीमा, तर स्पष्ट भाषमा भनेका छन्, ‘यो विशेष महाधिवेशनले चाह्यो भने नीति र नेतृत्व दुवै छान्छ, बदल्छ । भोलि हलमा आउनुहुने महाधिवेशन प्रतिनिधिले जे चाहनुभयो त्यही हुन्छ, जसरी इतिहासमा सुवर्णशमशेर राणाले बीपी कोइरालालाई नेतृत्व सुम्पनका लागि विशेष महाधिवेशन आयोजना गर्नुभएको थियो ।’
थापाले आफूहरू हारिएला कि भन्ने चिन्तामा फिटिक्कै नरहेको भन्दै कांग्रेस र देशमा काफी बदलाव आउनैपर्ने आफ्नो शर्त सुनाए ।
थापाले कांग्रेसमा कोही ‘बा’ नरहेको, यो एक जनाले निर्णय गर्ने प्रश्नविहीन पार्टी नरहेको भन्दै चुनौतीपूर्ण उद्घोष गरे । उनले विशेष महाधिवेशनको आयोजना किन गर्नुपर्‍यो भन्नेबारे व्याख्या गर्न कांग्रेसको इतिहासदेखि जेनजी आन्दोलनका क्रममा आएको उभार र उत्पात दुवैलाई एक ठाउँ ल्याएर विश्लेषण गरे ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाभन्दा पहिले बोल्ने क्रममा नागरिकहरूमा कहाँनेर असन्तोष पलायो, जसलाई आफ्नो पार्टी नेतृत्व र सरकारहरूले चिर्न सकेनन् भन्दै आत्मसमीक्षा गरेका थिए । उनले आफ्ना घर, भवन जलेको यथार्थ कोट्याउँदै त्योभन्दा बढ्ता नागरिकको मन जलेको तथ्यलाई केन्द्रमा राख्नुपर्ने बताए ।
थापा र शर्मा दुवैले इतिहासका महत्वपूर्ण घुम्ती अनि जिल्ला र गाउँका कार्यकर्ताहरूले तिनबारे दिन थालेको तितो अभिव्यक्तिलाई भावनात्मक ढंगले पेश गरेका थिए । ‘जयनेपाल’ भनेर उनीहरुले आह्वान गर्दा दर्शकदीर्घा जुरुक्क उचालिन्थ्यो ।

कांग्रेसमा धेरै वर्षपछि कोही नेता देखिने, सुनिने र बुझिने भएर नागरिकहरूसँग सिधा संवाद गरिरहेको थियो ।
थापा र शर्मा दुवैले प्रतिस्पर्धी पार्टीहरूलाई प्रत्यक्ष आलोचना कहीँ गरेनन्, केवल आत्मसमीक्षा गरे । उनीहरूले किन गैरकांग्रेसलाई चुनावमा भोट हाल्न सकिँदैन भन्नेबारे कार्यकर्ताहरूको अमिलो अनुभूतिहरूको आधार लिए । उनीहरूले कांग्रेस राष्ट्रिय पार्टी नभई राष्ट्रिय शक्ति भएको उद्घोष गरे । तर आफ्नो वास्तविक सामर्थ्य गुमाएर कसरी अर्को पार्टीको पछि लाग्ने शक्तिमा नेतृत्वले पुर्‍यायो भन्नेबारे उनीहरूको आलोचना थियो ।
६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिलाई सामुन्नेमा राखेर कांग्रेस नेता महेश आचार्यले पार्टी सभापति शेरबहादुर देउवालाई दिएको सन्देश सबैभन्दा स्मरणीय थियो, ‘बहुमत प्रतिनिधि जता उभिन्छन्, त्यहीँ हुन्छ पार्टी ।’
झन्डै दुई तिहाइ प्रतिनिधिलाई एकैसाथ राजधानीमा बोलाएर नेपाली कांग्रेसले दिएको सन्देश उपेक्षा गर्न यस दलका सभापति देउवालाई असम्भव हुने देखिन्छ । यसअघि देउवाका निर्णयमा अरुले प्रतिक्रिया दिन्थे । अब गगन–विश्व पुस्ताले निर्णय गर्ने, देउवाले प्रतिक्रिया दिने सम्भावना बढ्ता देखिन्छ ।

र, कहिल्यै संसदीय चुनाव नहारेका देउवाका लागि आफ्नो पार्टीका कार्यकर्तामाझ भोग्ने पराजय, त्यससँगै प्राप्त बाध्यात्मक बहिर्गमन सबैभन्दा दु:खद र बिर्सनलायक राजनीतिक घटना बन्न सक्ने छ ।
गगन–विश्वप्रकाशले देउवाको सम्मानजनक बिदाइ खोजेका थिए, अब विधिवत् महाधिवेशनबाट बाहिर धकेल्न सक्नेछन् । यसो गर्न नसके स्वयं गगन–विश्व पुस्ता इतिहासको पृष्ठभागतर्फ धकेलिन सक्ने खतरा छ ।
किनकि यो विशेष महाधिवेशन केवल कांग्रेस सदस्यहरूको आन्तरिक मामिला होइन, सिंगै देश र नागरिकहरूका लागि चासोको विषय बन्न गएको छ । झन्डै दुई तिहाइ प्रतिनिधिसहित राजधानीमा जुटेको कांग्रेस अब फुट्छ वा फुट्दैन भन्ने प्रश्न एकाएक परम्परागत र अप्रासंगिक बनेको छ ।
स्रोत-onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...