प्यूठान। प्रतिनिधिसभाका उम्मेदवार सूर्य थापाले विद्यालय जस्तो सार्वजनिक र तटस्थ संस्थामा निर्वाचन आचारसंहिता विपरीत चुनाव केन्द्रित भाषण गरेको आरोप लागेको छ। भिङग्रीखोला, सरमारानी–६ स्थित श्री ऐश्वर्य ने.रा. प्राथमिक विद्यालयको स्वर्ण जयन्ती विशेष समारोहमा सहभागी थापाले मतदाता प्रभावित पार्ने उद्देश्यसहित अभिव्यक्ति दिएको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको हो। हाल पनि प्रतिनिधिसभाका उम्मेदवार रहेका थापाले विद्यालयको मञ्चबाट राजनीतिक सन्देश दिने प्रयास गरेको स्थानीयको भनाइ छ। यस बिषयमा निर्वाचन आचारसंहिता अनुगमन समिति संयोजक। लक्ष्मी देवी शर्माले सम्बन्धित विद्यालयमा संग बुझी उम्मेदवार लाई स्पष्टीकरण सोध्ने बताईन् । तर प्रशासनकै आडमा थापाले दादागिरी शैली अपनाएको बिपक्षको आरोप छ । । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले…
पाठेघरको मुखको क्यान्सरविरुद्ध नेपाल सरकारको अभियान प्यूठान । नेपालमा महिलाको ज्यान लिने प्रमुख कारणमध्ये एक बनेको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकारले एच.पि.भी. (Human Papillomavirus) खोप सेवा देशव्यापी रूपमा विस्तार गरेको छ। विश्व स्वास्थ्य संगठनको रणनीतिअनुसार सरकारले विद्यालय र स्वास्थ्य संस्थामार्फत किशोरी लक्षित खोप अभियान तीव्र बनाएको हो। कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू मुख्य लक्षित समूहमा परेका छन्। यसैगरी, गत वर्ष सञ्चालन भएको एच.पि.भी. खोप अभियानका क्रममा छुटेका कक्षा ७–१० मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११–१४ वर्ष उमेरका किशोरीहरू लाई पनि यस अभियानमा समेटिएको छ। प्यूठानमा माघ २५ गतेदेखि २९ गते…
प्यूठान। शनिबार प्यूठानको गौमुखी गाउँपालिका वडा नं ६ स्थित गोत्रेचौर कालिमाटीको भिरमा मृत फेला परेकी १९ वर्षिय शर्मिला घर्तीमगरको हत्यामा उनकै श्रीमान र देवर संलग्न रहेको प्रहरीले पुष्टि गरेको छ। अनुसन्धानका लागि घटनास्थलमा खटेको प्रहरी टोलीले हत्या आसंकामा गौमुखी गाउँपालिका वडा नं. ६ बोकटे बस्ने मृतक महिलाकै २० बर्षिय श्रीमान अनिल घर्ती मगर र १८ बर्षिय देवर जनक घर्ती मगरलाई शनिवार बेलुकी पक्राउ गरेको थियो । परपुरुषसँग सँग लागेको भन्दै दुई दाजुभाई मिलेर महिलाको भिरबाट खसाली हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनिहरुलाई कर्तव्य मुद्दा चलाईने प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले सबताउनु भयो । प्यूठान जिल्ला अदालतबाट ५ दिनको म्याद…
प्यूठान। नेपाली कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले सहिदको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आज सहिद दिवशका दिन प्युठान गाजुरी स्थित सहिद पार्कमा सहिदहरुकाे शालिकमा माल्यापण गर्दै डा पाेख्रेलले ब्यबस्था परिवर्तनका लागि आफ्नाे ज्यानकाे आहुति दिने सहिदकाे सपना पूरा गर्नु अहिलेकाे मुख्य कार्यभार भएको बताउनु भएको छ । ब्यबस्था परिवर्तनका लागि नेपालमा २००७ साल देखि २०८२ काे नबयुवाहरुकाे आन्दाेलनका क्रममा ज्यानकाे आहुति दिने सहितहरु प्रति सम्मान गर्दै पाेख्रेलले अब ब्यबस्था परिवर्तनका लागि कुनै आन्दाेलन गर्न नपर्ने गरि नितिगत सुधार सहित बिकास र सम्बृद्दिका लागि अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।
प्यूठान। मनोनयन दर्ता सकिएसँगै नेपाली कांग्रेसले प्यूठानमा चुनावी अभियानलाई तीव्र बनाएको छ। माघ ९ गतेदेखि पालिका तहमा सुरु गरिएको कार्यकर्ता भेटघाट अभियान अन्तर्गत कांग्रेसले हालसम्म ७ वटा पालिकामा रणनीतिक कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। माघ १६ गते शहिद दिवसको अवसरमा जिल्लाका ९ वटै पालिका पुग्दै ६४ वडामा एकैदिन निर्वाचन केन्द्रित प्रचार कार्यक्रम आयोजना गरिने निर्वाचन परिचालन समिति संयोजक तथा कांग्रेस प्यूठान सभापति विष्णु कुमार गिरीले जानकारी दिनुभयो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले प्राडा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएर मैदानमा उत्रिएको छ। प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, सरुमारानी, ऐरावती, मल्लरानी, माण्डवी र नौबहिनी गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट…
प्यूठान। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा मनोनयन दर्ता कार्यक्रम चलिरहँदा प्यूठानको राजनीतिक माहोल यसपटक अपेक्षाकृत शान्त र आत्मीय देखिएको छ। अघिल्ला निर्वाचनहरूमा आक्रामक र उत्तेजित देखिने प्रमुख दलका नेताहरू यसपटक आपसमा अंकमाल गर्दै शुभकामना आदान–प्रदान गरिरहेका छन्। मनोनयन दर्ताका क्रममा प्यूठानका प्रमुख प्रतिस्पर्धी मानिएका नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापा र नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोख्रेलबीच देखिएको आत्मीय दृश्यले उपस्थित भीडको ध्यान तानेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयको गेटबाट प्रवेश गर्दैगर्दा गेटभित्र उभिएका डा. पोख्रेललाई अंकमाल गर्दै थापाले भने,“२०७९ मा तपाईं उम्मेदवार नहुँदा मेरो जित भयो, तर त्यसबेला मेरो छोरो रोएको…
प्युठान । नेपाली सार्वजनिक जीवनमा धेरै नेताहरू आए–गए, तर परिणाम देखिने काम गर्ने व्यक्तित्व थोरै मात्र छन्। त्यसमध्ये डा. गोविन्दराज पोखरेल त्यस्ता व्यक्तित्व हुन्, जसले गफभन्दा कामलाई प्राथमिकता दिएर देश र प्युठानका लागि दीर्घकालीन प्रभाव पार्ने योगदान गरेका छन्। विभिन्न राजकीय, प्राविधिक र नीतिगत जिम्मेवारीमा रहँदा उनले गरेका कामहरूले उहाँको कार्यक्षमता, दूरदृष्टि र परिणाममुखी नेतृत्वलाई स्पष्ट रूपमा प्रमाणित गर्छन् ।२०७२ को विनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो प्रमुख कार्यकारी अधिकृतका रूपमा डा. पोखरेलले पुनर्निर्माणको आधारशिला राख्नुभयो। निजी आवास अनुदानको कार्यविधि, प्राविधिक मापदण्ड र कार्यान्वयन संयन्त्र निर्माण गर्दै लाखौँ पीडित परिवारका लागि घर बनाउने प्रक्रिया अघि बढाउनु उनको ऐतिहासिक योगदान हो।…
प्यूठान । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि १० दलले आफ्ना उम्मेदवार टुंग्याइसकेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार भोली (माघ ६, मंगलबार) मनोनयन दर्ता हुने छ। नेपाली कांग्रेसले यसपटक डा. गोबिन्दराज पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। २०७९ को प्रतिनिधि सभा चुनावमा विजयी भएका नेकपा (एमाले)का सूर्यबहादुर थापालाई दलले पुनः दोहोर्याएको छ। भदौ २३–२४ मा भएको जेन्जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटले प्रतिनिधि सभा विघटन भएको पृष्ठभूमिमा दुवै दलबाट पुरानै अनुहार उत्रिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सुसान्त वैदिकलाई उम्मेदवार बनाउने भएको छ। नेकपा मसाल (राजमो)ले झिमरुक गाउँपालिकाका पूर्व…
प्यूठान— एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि पाँच दलले आफ्ना उम्मेदवार टुंग्याइसकेका छन्। निर्वाचन आयोगले हालै सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ६ गते, मंगलबार उम्मेदवार मनोनयन दर्ता हुनेछ। २०७९ मा सम्पन्न प्रतिनिधि सभा चुनावमा नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापा विजयी भएका थिए। भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलन पछि उत्पन्न राजनीतिक संकटका कारण प्रतिनिधि सभा विघटन भई, शुशीला कार्की नेतृत्वको नागरिक सरकारबाट आगामी निर्वाचन हुन लागिएको हो। ५ दलहरूको उम्मेदवारहरु:- एमालेले यसपटक पनि निरन्तरता दिँदै थापालाई नै दोस्रो पटक टिकट दिएको छ। पार्टी केन्द्रीय कमिटीमा पनि उनको…