प्यूठान। प्यूठान नगरपालिका ७ टिकुरी(वाग्दुला बजार नजिकै) राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रचारमा हिडेको बोलेरोले मोटरसाइकल र स्कुटर लाई ठक्कर दिदा ४ जना घाईते भएका छन् । वाग्दुला बजार देखि बिजुवार तर्फ जाँदै गरेको लु १ च ७७६९ नम्बरको पिकअप बोलेरोले बिपरित दिशाबाट आईरहेका स्कुटर र मोटरसाइकललाई ठक्कर दिदा ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक प्यूठान नगरपालिका ५ का २० बरषिय जिवन बिक र पछाडि बसेका २१ बर्षिय रमेस खड्का साथै रा ६ प ६९४६ स्कुटर चालक लमही नगरपालिका ६ निवासी वर्ष २६ दिपक पोख्रेल र उनकी २५ बर्षिय श्रीमति सुजना भण्डारी घाईते भएको प्रहरी…
प्यूठान। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्यूठानको राजनीतिक तापक्रम उकालो लागिरहेको छ। यही बीच नेकपा एमालेका उम्मेदवार सुर्य थापा ले आफू निकट मिडिया प्रयोग गर्दै आफ्ना जनप्रतिनिधिहरूको बचाउ र नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका मन्त्री रोज राणा विरुद्ध आचारसंहिता उल्लंघनको ‘काउन्टर अभियान’ सुरु गरेको आरोप लागेको छ। मन्त्री राणाले केही महिना पछि आफ्नो निर्वाचन क्षेत्रमा निर्माणाधीन सडक आयोजनाको अनुगमन तथा कार्यकर्ता भेटघाटका क्रममा आएको बेला एमालेतर्फबाट योजनाबद्ध रूपमा “मिडिया ट्रायल” सुरु गरिएको दाबी गरेका छन्। “म आफ्नो क्षेत्रमा आउन, जनतासँग भेटघाट गर्न नपाउने ? विकास आयोजनाको अनुगमन गर्न नपाउने ?” — राणा उनले प्रतिप्रश्न गरे— “एमालेबाट गाउँपालिका जितेका…
प्यूठान। राणा शासनको पतनपछि करिब सात दशकसम्म प्यूठान बामपन्थी राजनीतिक घेराबन्दीमा अल्झिँदा अपेक्षित विकास हुन नसकेको दाबी गर्दै लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले अब परिवर्तनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस प्यूठानका उम्मेदवार गोविन्दराज पोख्रेलसँग संयुक्त रुपमा आयोजित मतदाता भेटघाट तथा कोणसभामा मन्त्री राणाले स्पष्ट शब्दमा भने,“प्यूठानलाई समृद्ध बनाउने हो भने योग्य नेतृत्व रोज्नुपर्छ। कांग्रेसलाई जिताए विकासको नयाँ अध्याय सुरु हुन्छ।” भिडियो :- उनले आफू मन्त्री भएपछि प्यूठानको मुहार फेर्ने गरी काम सुरु गरेको उल्लेख गर्दै केही योजनाहरू उदाहरणका रूपमा प्रस्तुत गरे। करिब चार दशकदेखि बस सञ्चालन मात्र हुँदै आएको वाग्दुला–मच्छी सडक अब कालोपत्रे…
‘विकास र अर्थतन्त्रको एजेन्डा बोकेर मैदानमा पोखरेल’ : प्यूठानमा अनुभवी नीतिनिर्माताको पुनरागमन प्यूठान । विकास र अर्थतन्त्रका विज्ञ प्राडा गोविन्दराज पोखरेल यतिबेला ‘समृद्ध प्यूठान’ को सपना बोकेर चुनावी मैदानमा छन्। विगतमा विकासको स्पष्ट दृष्टि र नीतिगत समझ भएका प्रतिनिधि नहुँदा जिल्ला पछाडि परेको उनको दाबी छ । यसपटक भने ऊर्जा, अर्थतन्त्र र दीर्घकालीन विकास योजनाको स्पष्ट खाका लिएर उनी मतदातामाझ पुगेका छन् । शैक्षिक र बौद्धिक पृष्ठभूमि भारतबाट इन्जिनियरिङमा स्नातक अध्ययन गरेका पोखरेलले जर्मनीबाट स्नातकोत्तर तथा विद्यावारिधि उपाधि हासिल गरेका छन्। ऊर्जा प्रणाली, दिगो विकास, जलवायु परिवर्तन, सार्वजनिक नीति र ऊर्जा अर्थतन्त्रमा उनको विशेषज्ञता छ। अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान वातावरणमा…
प्यूठान। प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुनः विवादमा तानिएको छ। प्यूठानमा एमालेका उम्मेदवार सूर्यबहादुर थापा को नाममा सार्वजनिक प्रतिक्षालयमै पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको खुलेको हो। गौमुखी गाउँपालिका २ अर्खा क्षेत्रमा रहेको एक सार्वजनिक प्रतिक्षालयमा वडा स्तरीय सम्पर्क कार्यालय सञ्चालन गरिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय तहमा तीव्र असन्तोष फैलिएको छ। प्रतिक्षालयमा पार्टीको होर्डिङ बोर्ड, झण्डा र चुनाव चिन्ह टाँसिएको देखिन्छ। सामाजिक सञ्जालमा देखिएको तस्बिर:- निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक सम्पत्ति, सरकारी भवन तथा सार्वजनिक संरचना कुनै पनि दल वा उम्मेदवारले चुनावी प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन। तर यहाँ भने खुलेआम सार्वजनिक स्थानलाई पार्टी कार्यालयमा परिणत गरिएको देखिएको छ।…
प्युठान। नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. गोविन्दराज पोख्रेलले असम्भव वाचा नगर्ने तर जितेपछि जनताले गाली नगर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। घरदैलो अभियानका क्रममा उहाँले प्यूठानको दीर्घकालीन विकाससँग जोडिएका पाँच प्राथमिकता सार्वजनिक गर्नुभएको हो। डा. पोख्रेलका अनुसार कृषि उत्पादन वृद्धिका लागि सिंचाइ विस्तार, युवा सीप विकास तालिम केन्द्रको प्रभावकारी सञ्चालन, नौमुरे योजना कार्यान्वयनमा बजेट सुनिश्चितता, बाग्दुला–स्याउलिबाङ हुँदै मध्यपहाडी सडक ढोरपाटनसम्म सडक जोड्ने पहल तथा बाग्दुला–भिमगिठे सडक निर्माण अघि बढाउने विषय मुख्य प्राथमिकतामा छन्। साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार तथा योजना कार्यान्वयनका नियमावली संशोधनमा पहल गर्ने उहाँको भनाइ छ। नेपाली कांग्रेस प्यूठानका सभापति तथा निर्वाचन परिचालन समितिका…
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताए । कांग्रेसले ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको शुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए । निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र पेश गर्न आइतबारसम्मको समय दिइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।
तानसेन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्ने भन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन् । पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति शर्माले चुनावको भन्दा पनि चिन्ता देशको रहेको बताएका हुन् । जिल्लाका कांग्रेसका दुवै उम्मेदवारसमेत रहेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘०८४ सालमा हुनुपर्ने चुनाव किन ०८२ मा हुँदैछ ? किन ७४ आमाको काख रित्तियो ? किन सिंहदरबार जल्यो ? यसको जरामा रहेको कारण पहिचान गरेर सही ढंगले देशलाई कसले समन्वय गर्न सक्छ ? भविस्यमा जेन-जीपछिको पुस्ता अल्फाले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ…
प्यूठान। नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा प्यूठानबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार डा.गोबिन्दराज पोख्रेलले आफू संसद जितेर काम गर्ने अवसर पाएमा कसैलेपनि गालि नगर्ने गरी काम गर्ने बताउनुभएको छ । प्यूठानकाे नौबहिनी गाउँपालिकाका विभिन्न वडाहरुमा भोट माग्दै मतदाताको घरदैलोमा पुगेका डा. पोख्रेलले स्थानियका गुनासा सुन्दै प्यूठानबासीको चाहना पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफूलाई रुख चिन्हमा भोट दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,"मलाई एकपटक प्रतिनिधि सभा सांसद जिताएर पठाउनुस्, त्यसपछि तपाईहरुले मलाई गालि नगर्नेगरी नीतिगत परामर्श र आर्थिक सामाजिक विकास र युवाको सीप विकासका सवालमा मैले सम्झनेगरी योजना वनाएर काम गर्ने छुँ ।" उहाँले सबैका आ-आफ्नै दल भएपनि यसपाली…
लुम्बिनी प्रदेश। नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले शोमबार प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रदेश राजधानी भालुवाङमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रणनीतिक अभियान सञ्चालन गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले युनियनले निर्वाह गर्नुपर्ने भूमिका, गतिविधि र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गर्न उक्त अभियान आयोजना गरिएको हो । शोमबार भालुवाङमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले लोकतन्त्र सुदृढीकरणमा प्रेस युनियनको भूमिका अझ जिम्मेवार र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए । उनले भने,"यसपटकको निर्वाचनमा लोकतान्त्रलाई जोगाउने लडाई हो । त्यसैले यो लडाई लोकतान्त्रबादीहरुले जित्नुपर्छ।" उनले प्रतिनिधिसभा निर्वाचन मुलुकको राजनीतिक भविष्यसँग प्रत्यक्ष…