प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी गुणस्तरिय शिक्षामा जोड, गुणस्तरिय स्वास्थ्य सेवा लगाएतका बिषयलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले ४१ करोड १९ लाख ९८ हजार ६ सय ९ रुपैया बराबरको बजेट सार्वजनिक गरेकाछन् । जस मध्ये, संघिय समानिकरण अनुदान तर्फ ८ करोड ३१ लाख, संघिय सर्शत अनुदान तर्फ १७ करोड १० लाख ५४ हजार, संघबाट राजस्व बाँडफाँडबाट ७ करोड ७६ लाख ४८ हजार ८ सय २७ रुपैँया, मुल्य अभिवृद्धि कर बापत) र समपुरक तर्फगरी २ करोड ८५ लाख रुपैया प्राप्तहुने अनुमान सहितको बजेट प्रस्तुत गरिएको हो । प्रदेश सशर्त अनुदान तर्फ ७४…
ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजारप्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकाहुन् । पुजिगत तर्फ १५ करोड ८० लाख ५० हजार र चालु तर्फ ३७ करोड २४ लाख ६८ हजार बजेट किनियोजन भएकोछ ।ऐरावतीमा उत्कृष्ट कृषक, कर्मचारी, शिक्षक, विद्यार्थीलाई सम्मान गरियोगाउँसभामा कृषिमा उत्कृष्ट कार्य गरेवापत वडा नम्बर १ का कृषक छव बहादुर गुरुङ्गलाई सम्मान गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुबाट उत्कृष्ट कर्मचारीहरु छनोट गरी सम्मान गरिएको छ ।सिनियर अ.हे.व दिपक…
प्यूठान । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्षका लागि करिब ८२ करोड लाख हजारको बजेट सार्बजनिक गरेको छ । प्यूठान नगरपालिकाले विकास पुर्बाधार तर्फ करिब ३० करोड बजेट सहित ८२ करोड बडिको बजेट प्रस्तुत गरेको हो । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि विशेष गरि बिपन्न नगरिकको चुलोमा नगरपालिका कार्यक्रम, बिपन्न रोजगार कार्यक्रमलाई नयाँ कार्यक्रमको रुपमा बजेट प्रस्ताव गरेको नगर प्रबक्ता शुमनराज श्रेष्ठले बताए । प्यूठान नगरपालिकाले सडक पुर्बाधार २ करोड, कृषि तर्फ १ करोड, पशु पंन्छी ५० लाख, खानेपानी, सिंचाई र नदी नियन्त्रण १ करोड, प्रशासनिक खर्च १० करोड, विपन्न परिवार परिवारको चुलोमा नगरपालिका कार्यक्रमका लागि ३५ लाख,…
प्यूठान । प्युठानको नौबहिनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु. ६६ करोड २३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका गाउँसभा तथा १६ औं अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष विस्ना थापाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजरीकरणका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाले सङ्घीय सरकारबाट अनुमानित प्राप्त रकम राजस्व बाँडफाँड तर्फ ११ करोड ९४ लाख, वित्तीय समानीकरण अनुदान तर्फ रु. १० करोड १८ लाख र शसर्त अनुदान तर्फ २३ करोड ६२ लाख, विशेष अनुदान तर्फ रु. ७५ लाख र समपुरक अनुदान तर्फ रु. १ करोड बजेट प्रस्तुत गरिएको छ…
प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाले निती तथा कार्यक्रम प्रस्तुत गरेपनि जनप्रतिनिधि बिचको बिबाधका कारण आज बजेट ल्याउन सकेन । जनप्रतिनिधिका बिचमा सहमती हुन नसक्दा बजेट ल्याउने कार्यक्रम रोकिएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । आगामी २८ गते दिउसो १ बजेसम्मका लागी सबै कार्यक्रम स्थगित गरिएको उनले बताए । कतिपय योजनाको बिषयमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधि असन्तुष्ट भएकाले बजेट ल्याउने कार्यक्रम प्रभावित भएको उपाध्यक्ष पोख्रेलले जानकारी दिए । तर एमाले र जनमोर्चाका जनप्रतिनिधीहरुले भने अध्यक्ष, उपाध्यक्ष, सहितको टोलिले आफुखुसी ३ करोड ३१ लाख रुपैया बराबरका योजना प्रकृया बाहिर गएर निती तथा कार्यक्रममा समाबेश गरेका कारण बिरोध…
प्यूठान । गौमुखी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेको छ । आज बसेको १७ औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष महाविर रानाले ४६ करोड २० लाख ९७ हजार बराबरको बजेट पेश गर्नुभएको हो । गाउँपालिकाको नीति तथा कार्यक्रम यसअघि नै पहिलो बैठकमा अध्यक्ष विष्णु कुमार गिरीले प्रस्तुत गरिसक्नु भएको थियो । गाउँपालिकाको शभाहलमा गाउँपालिका उपाध्यक्ष महाबिर रानाले गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुभयो । गाउँपालिकाले शिक्षालाइ प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । कुल बजेटको ४७.६६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरिएको उपाध्यक्ष रानाले बताउनु भयो । गाउँपालिकाले पुजिगत तर्फ ८ करोड ९१ लाख ११…
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउन सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन हुन सक्ने गरी योजना बनाउन निर्देशन माताहतका निकायहरुलाई दिएकाछन् । उनले अर्थ मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुख र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गर्दै बजेट यस्तो निर्देशन गरेका छन् ।खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔं’, जति समयमै गर्न सकियो र खर्च बढाउन सकियो त्यति नै बजार चलायनमा हुने हो ।मन्त्री पुनले बजेटको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग मेल खाने खालको भएको भन्दै कार्यान्वयन समेत सहज…
देउखुरी, ७ असार । लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो । शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो । दल नेता बोलि सकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन । संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।…
असार ६, काठमाडौं । यश बर्षको माध्यमिक शिक्षा परीक्षा(एस् ई ई )को नतिजा असार दोस्रो हप्ता सार्बजनिक गर्ने गरि तयारी भैरहेको छ । माध्यमिक शिक्षा, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियनत्रक नन्दराम पौडेलले बिद्यार्थीको उत्तरपुस्तिका परिक्षण र सम्परिक्षणको काम सकेर टेबुलेसन र ईन्ट्रीको काम भैरहेको जानकारी गराए । तर यसबर्ष भने परीक्षा नियन्त्रण कार्यालयले लेटरग्रेडिङ्ग प्रणालीमा नयाँ नियम लागुगरेका कारण गत बर्ष भन्दा कम बिद्यार्थी उतृण हुने जोखिम रहेको नियन्त्रक पौडेलले बताए । उनले भने,`बिगत पछिल्ला बर्ष र कोभिड 19 को समयमा जुन प्रकारको लेटरग्रेडिङ्ग प्रणालीलाई आधार बनाईयो, त्यसले शैक्षिक गुणस्तरमा ह्रास आयो । बिद्यार्थीमा नपढेपनि पास भैहालिन्छ, माथिल्लो कक्षा पढ्न…
लुम्बिनी । मनसुनी वायु लुम्बिनी प्रदेशसम्म विस्तार भएको छ । गत जेठ २८ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन बिहीबार लुम्बिनी प्रदेशको पूर्वी भागसम्म विस्तारित भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘यस वर्षको मनसुन प्रणाली बिहीबार कोशी प्रदेशको बाँकी भू–भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको छ,’ महाशाखाले विशेष बुलेटिन जारी गरेर बताएको छ । यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ बिस्तार…