Skip to main content

सरोकार पोस्ट

बजेट कार्यान्वयन हुन सक्ने गरी योजना बनाउन अर्थमन्त्रीको निर्देशन

Advertisement

 

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउन सुरु गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन हुन सक्ने गरी योजना बनाउन निर्देशन माताहतका निकायहरुलाई दिएकाछन् । उनले अर्थ मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुख र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गर्दै बजेट यस्तो निर्देशन गरेका छन् ।

खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔं’, जति समयमै गर्न सकियो र खर्च बढाउन  सकियो त्यति नै बजार चलायनमा हुने हो ।

मन्त्री पुनले बजेटको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग मेल खाने खालको भएको भन्दै कार्यान्वयन समेत सहज हुने बताए । उनले भने, ‘खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔं’, जति समयमै गर्न सकियो र खर्च बढाउन सकियो त्यति नै बजार चलायनमा हुने हो । उनले अहिले असारमा गरिरहेको खर्च ६ महिनाअघि गर्न पाएको भए २/३ पटक बजारमा ‘सर्कुलेट’ हुने र त्यसबाट राजस्व संकलन र रोजगारी सिर्जना हुन सक्ने बताए । `हामी परम्परागत नहोऔं, समयमै र छिटै काम गर्ने गरी योजना बनाऔं,’ उनले भने ।

स्रोतले नधान्ने गरी २० खर्बको बजेट आउने बजार हल्लाबीच १८ खर्ब ६० अर्बको वस्तुवादी बजेट ल्याउन सकिएकोमा सन्तोष लागेको उनले बताए । छलफलका क्रममा  पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दशैं तिहारजस्ता ठूला पर्वको विदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन उनले निर्देशन दिए । मन्त्री पुनले नयाँ आयोजनामा भन्दा चालु र ठूला आयोजनालाई केन्द्रीत गरेर बजेट ल्याएको बताए ।

चालु आर्थिक वर्षको बजेटमा राजस्व संकलनको लक्ष्य बढी राखिएकाले लक्ष्यभन्दा धेरै कम राजस्व संकलन भएको उनले बताए । ‘म अघिल्ला अर्थमन्त्री वा अरू कसैलाई आरोपित गर्न चाहन्न । कार्यान्वयन हुनै नसक्ने ४२ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य निर्धारण हुनुमा अर्थमन्त्री वा हाम्रो प्रणाली कसको दोष हो । त्यसको पनि समीक्षा हुनुपर्ला,’ उनले भने ।

पूर्वपश्चिम राजमार्ग बिस्तारका लागि ३२ अर्ब बजेट विनियोजन गरिएको बताउँदै पुनले पूरा नगरी नहुने अरू चालु आयोजनाको निर्माण सक्ने गरी बजेट व्यवस्था गरिएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Slotoro Casino Canada official site: Safe access to thrilling live dealer games

In the dynamic world of online gambling, players are constantly seeking thrilling experiences, and Slotoro Casino Canada rises...

Cupidono Casino Norway i 2026: Utnytt velkomstbonusen og spill smart

Velkommen til verden av nettcasinoer! I 2026 er Cupidono Casino en fremtredende aktør for norske spillere, og tilbyr et impone...

Freispiele im Cupidono Casino: Die besten Angebote für 2026

Willkommen im Cupidono Casino, einem aufregenden Ziel für Glücksspiel-Enthusiasten in Österreich! Dieses Casino bietet eine Vi...

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...