Skip to main content

सरोकार पोस्ट

पाँच बर्षपछि गाबैखोलाको पानी बिजुवार ल्याउने योजनाको बजेट सुनिश्चित भएपछि नगरबासी खुसी

Advertisement

प्यूठान । प्यूठान नगरपालिकाको १० मध्य ६ वटा वडाका करिब २ हजार घरधुरीकालागि खानेपानी पुर्बाधार व्यवस्थित गर्न संघिय सरकार अन्तरगत खानेपानी मन्त्रालयबाट २३ करोड बजेट शुनिश्चित भएकोछ ।

बृह्यत बिजुवार खानेपानी आयोजना निर्माणका लागि खानेपानी मन्त्रालयले यायोजना सञ्चालन गर्न करिब सवा २८ करोड बजेटको लागत अनुमान प्रस्ताव गरेको थियो । कुल लागतको ९० प्रतिशत बजेट अर्थात २५ करोड ३४ लाख ५१ हजार बजेट प्रस्ताव मन्त्रालयको थियो । तर अर्थमन्त्रालयले २२ करोड १० लाख बजेट सुनिश्चित गरेको छ । बाकि ९० लाख उपभोक्ता संस्थाले बेहोर्नु पर्नेछ ।
यश आयोजनाबाट करिब गेजवाङ सम्म १७ र किलोमिटर पाईपलाईन संगै आवस्यक संरचना निर्माण र गेजवाङ्ग देखि क्वाडी सम्मको पाईपलाईन मर्मत सम्हार र पुर्बाधार निर्माण हुने बृह्यत बिजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जानका केसीले बताउनुभयो । उहाँले भन्नू भयो, ` करिब ५ बर्षको लामो संघर्षपछि अहिले डिपिआर(बिस्तृत योजना) पास भएर बजेट सुनिश्चित भयो । संघिय सांसद सुर्य थापाले पनि पछिल्लो समय निक्कै सहयोग गर्नुभयो । अझै योजना कार्यान्वयनमा सबै पक्षको सहयोग आवस्यक छ ।´

`नगरपालिकाका ६ वटा वडाहरुमा यो योजनाको पहुँच भित्र अझै माग निरन्तर छ, तर पानी प्रयाप्त छैन । चौबिसै घण्टा पानी उपलब्ध गराउने लक्ष्य हो ।´ संस्थाकी अध्यक्ष केसीको भनाईछ । संस्थाले ऋण तिरिसकेपछि महसुल घटाउने उहाले बताउनुभयो । संस्थाले एडिभिको ऋण नगर बिकास कोष मार्फत ऋण करिब पौने पाच करोड लिएकोछ ।
संस्थाले प्यूठान नगर भित्रैका थुप्रै खानेपानी मुल अध्ययन गर्दा समेत उपलब्ध नहुने भएपछि नौबहिनीको गाबै खोलाको पानी ल्याउन कसरत गरेको थियो । त्यहाँपनि बिभिन्न पक्षसँगको छलफल पछि मुल दर्ता गरि योजनाको प्रकृया अगाडि बढाएको थियो । योजनाको डिपिआर स्वीकृत हुन ढिलाई हुँदा करिब ५ बर्षपछि अहिले बजेट सुनिश्चित भएको हो ।
यो योजना समयमै सम्पन्न भयो भने प्यूठान नगरपालिकाको दम्ती -गेजवाङ्ग -बाग्दुला- पुण्ड्यखोला- बिजुवार -क्वाडी बेलुवा सम्मका उपभोक्तलाई चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति गर्न सहज हुने संस्थाले बिश्वास लिएकोछ ।
योजनाबाट प्यूठान नगरपालिकाका ६ वटा वडाबासीले स्वच्छ पानी उपभोग गर्न सुनिश्चित गर्न आफूले अहम पहलकदमी लिएको संघिय सांसद सुर्यबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, `नौबहिनी ५ गाबै खोलाबाट १७ कि मि दुरीमा योजना सञ्चालन हुने छ ।´

नेपाल सरकार, संघीय खानेपानी मन्त्रालयबाट बहुवर्षीय ठेक्का अन्तर्गत स्रोत सहमतिका लागि संस्थाको तर्फबाट माग गरिएको थियो । माग अनुसार बृहत बिजुवार खानेपानी आयोजना बिजुवारको बजेट सुनिश्चित गरी काम अघि बढाउन उप-प्रधानमन्त्री तथा अर्थ मन्त्रीस्तरीय बैठकको निर्णयले बहुवर्षीय स्रोत सहमति प्रदान गरि आ.ब २०८१/८२ मा २२ करोड १० लाख बजेट सुनिश्चित गरिएको हो ।

संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवलका ईन्जिनियर देवेन्द्र झाका अनुसार २ देखि ३ बर्षमा यो योजना सम्पन्न हनेछ । उहाले पानी थिग्राउने युनिट, फिल्टर प्लान्ट, क्लोरिनेसन युनिट, कार्यालय भवन, पाईपलाईन लगायतका कामहरु हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...