पछिल्लो राजनीतिक घटनाक्रम सँगै जेन्जी समुह सँगको लामो बार्तापछि संबिधानको संरक्षण समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले पुर्ब प्रधान्यायधिस शुसिला कार्कीलाई नेपालको ईतिहासमै पहिलो महिला प्रधानमन्त्री नियुक्ति गरेपछि विभिन्न दलका नेताहरुले संबिधानको मर्म बिपरित भएको भन्दै टिप्पणी गरेकाछन् ।
प्यूठानबाट प्रतिनिधि सभा सांसद सुर्य थापाले नव नियुक्त प्रधानमन्त्री शुसिला कार्की बिरुद्ध आफ्नो फेसबुक पेज(सामाजिक सञ्जाल)मा नकारात्मक रुपले टिप्पणी गरेका छन् । थापाले उनकै भाषामा अलि नकारात्मक शैलीमा प्रश्न गरेकाछन्,` वडा सदस्य जित्ने हैसियत छैन, संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बन्ने जंगली महत्वाकांक्षा ?´

यसै बिच उनले राष्ट्रपति रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसर्पणमा निर्दोष प्रतिनिधिसभाको संहार गरिएको पनि बताएकाछन् । थापाले आजको दिनलाई लोकतन्त्रको प्रयोगशालामा कठपुतलीकरण भएको कालो दिनको रुपमा संज्ञा दिएकाछन् ।




