Skip to main content

सरोकार पोस्ट

फागुन २१ को निर्वाचनको तयारीबारे निर्वाचन आयोग छलफलमा

Advertisement

३० भदौ, काठमाडौं । आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोग छलफलमा जुटेको छ ।
हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी नगराए पनि आयोगले मतदाता संकलन गर्ने लगायतका विषयमा छलफल सुरु गरिसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

‘निर्वाचनको मिति राष्ट्रिय रुपमा घोषणा भएको विषय हो । राष्ट्रिय रुपमा घोषणा भएकोले यो विषयलाई स्वत: जानकारीमा लिएर छलफल सुरु गरिएको छ,’ घिमिरेले बताए । उनि भन्छन्, ‘मतदाता नामावली कसरी संकलन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेका छन् । यो घोषणापछि निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने भनिएको उपनिर्वाचन रद्द गरेको छ । यो क्षेत्रमा आगामी कातिक १७ गते उपनिर्वाचन गर्ने तय भएको थियो । मनाङको प्रदेश सभा क्षेत्र २ मा भने कात्तिक १७ मै उपनिर्वाचन हुने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेले भनेका छन्, ‘प्रदेशको हकमा अन्यथा निर्णय नभएकोले केही बोलिरहनुपरेन । मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ मै उपनिर्वाचन हुन्छ ।’
४ मंसिर २०७९ मा सम्पन्न प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो । यही मुद्दामा सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो । त्यसयता मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त छ ।
प्रदेश सभा अन्तर्गत् खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने र आगामी फागुनमा हुने आम निर्वाचनको तयारी पनि अगाडि बढाउने गरी आयोग छलफलमा जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Freispiele im Cupidono Casino: Die besten Angebote für 2026

Willkommen im Cupidono Casino, einem aufregenden Ziel für Glücksspiel-Enthusiasten in Österreich! Dieses Casino bietet eine Vi...

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...