सरोकारपोष्ट साम्बाददाता सुर्खेत । गतबर्ष कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको एक बर्ष बितेको छ । भूकम्पले जाजरकोट, रुकुमपश्चिम सहितका जिल्लाका १ सय ५४ जनाले ज्यान गुमाएका थिए । हजारौं निजी घर, सयौं विद्यालय र सरकारी भवन क्षतिग्रस्त भए पनि अहिलेसम्म घर तथा संरचना पुनर्निर्माणको थालनी हुन सकेको छैन । पोहोरको हिउँद, वैशाख, जेठको गर्मी र बर्खे झरी टहरोमै बिताएका कतिपय भुकम्प पीडितले अबको हिउँद पनि टहरोमै बिताउनुपर्ने अवस्थाले चिन्तित छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सकेको छैन । भूकम्पसँगै अघिल्लो महिनाको बाढी/पहिरो र…
प्यूठान । जिल्लाको सम्पुर्ण शक्तिको दवावका कारण ५ बर्ष अघिदेखि अलपत्र दम्ती बिद्युत सव-स्टेशन १२ दिनमै सञ्चालनमा आएकोछ । बिद्युत लाईनको कामको ठेक्का लिएको ठेकदारले काम नगरेपछि बिद्युत प्राधिकरणले ठेक्का तोडेर आफ्नै आन्तरिक जनशक्ति सहित ज्यालामा मज्दुर प्रयोग गरेर एकबर्ष लाग्ने काम दुई हप्ता नपुग्दै कामलाई साम्य पार्दै सव-स्टेसन सञ्चालनमा ल्याएको हो । बाह्र दिन अघि प्रमुख जिल्ला अधिकारीको रमा आचार्यको समन्वयमा भएको सर्बपक्षिय छलफलबाट तिहार अघि जसरी पनि सव-स्टेसन सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिईएको थियो । निर्देशनको सहि पालना गरेकोमा प्रमुख जिल्ला अधिकारी आचार्यले प्राधिकरणलाई धन्यवाद दिनुभयो । जिल्लाको सबै पक्षबिचको निश्कर्ष अनुसार दिएको निर्देशन १२ दिनमै सम्पन्न गरेकोमा…
प्यूठान । पाँच बर्ष देखि अलपत्र अवस्थामा रहेको प्यूठान नगरपालिका ८ दम्तीको बिद्युत सव-स्टेसन सञ्चालन गर्ने तयारी भैरहेको नेपाल बिद्युत प्राधिकरणले जनाएकोछ । बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्र जुम्रीका अनुसार दम्ती पावर स्टेशनमा ३३ के.भी. लाईन चार्ज गर्ने तयारी भैरहेको छ । केन्द्रले सूचना जारी गर्दै चार्ज पश्चात सवस्टेशन सञ्चालन गर्ने तयारी भएको जनाएको हो । गत कात्तिक ६ गते जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले तिहार अगाडी सवस्टेशन सञ्चालन गर्न निर्देशन भएको थियो । दम्ती सव-स्टेशन सञ्चालनको अन्तिम तयारी भइरहेकाले झिमरुक खोला किनारका पोल, बिद्युत संरचना लगायतका चिजहरु हातले नछुन प्राधिकरणले आग्रह गरेको छ । प्यूठान लगायत छिमेकी जिल्लाहरुमा…
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसै अन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल…
सरोकार सम्बाददाता प्यूठान । बिद्युत प्रसारण लाईनलाई व्यवस्थापन गर्न भन्दै पाँच बर्ष अघि निर्माण थालेको बिद्युत सव-स्टेसन अलपत्र परेपछि ठेकदार सँगको सम्झौता तोडि बाकि काम सम्पन्न गर्न बिद्युत प्राधिकरणले तयारी थालेको छ । प्यूठान लगायत छिमेकी जिल्लाहरुमा प्रसारित लाईनमा धेरै समस्या आईरहने भएका कारण ३३ केविए लाई ११ केविएमा कन्भर्ट गर्न पाँच बर्ष अघि प्यूठान नगरपालिका ८ दम्तीमा सव-स्टेसन निर्माण थालिएको थियो । तर ठेकदारले विभिन्न वाहाना गर्दै काम समयमै सम्पन्न नगरेपछि उक्त योजना अलपत्र छ । हाल सम्म उक्त योजना ७५ प्रतिशत काम सम्पन्न भएको बताईएकोछ । तर झिमरुक नदीको किनारै किनार ३३ केविए प्रशारण लाईन बिस्तार गरिएकोमा नदी…
प्यूठान । ऐतिहासिक महत्व रहेको नौबहिनी गाउँपालिका ८ स्थित माक्रे मन्दिरमा यसबर्ष देखि दशैको कोजाग्रत पुर्णिमा मेला सञ्चालन हुने भएकोछ । नौबहिनीदेखी बहदै आएको लुङ खोलाको बिच भागमा अवस्थित ठूलो ढुंगा माथि गाउँपालिकाले निर्माण गरेको माक्रे मन्दिरमा यसबर्षदेखि निर्नतरता दिने गरि सरायँ नाच, मारुनी नाँच लगायत बिबिध सांस्कृतिक कार्यक्रम गरिने माक्रे दर्शन युवा समुहका अध्यक्ष बलबहादुर केसीले बताउनुभयो । कार्तिक १ गते कोजाग्रत पुर्णिमाको अवसरमा आयोजित मेलाको ओैपचारिक रुपमा लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा सामाजिक विकास मन्त्री सरोज थापा(रोज राणा)ले उद्घाटन गर्नुहुने उहाले बताउनु भएकोछ । मेलाको सम्पुर्ण तयारी भैसकेको आयोजकले जनाएकोछ । माक्रे मन्दिर ऐेतिहासिक लुङ, लुप्लुङ देवालीको…
प्यूठान । तरकारी र फलफूलको प्यूठान र रोल्पाका प्रमुख व्यापारिक ईलाकामा गरि दैनिक चार दर्जन पिक अप गाडी खपत हुन्छ । तर स्थानिय तह, एकीकृत कृषि तथा पशुपंछी विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यालय, प्रदेश र संघबाट समेत कृषि उपज उत्पादनमा अनुदान सहित प्रबिधि र प्राविधिक सहयोगका नाममा अरबौँ बजेट खर्च गर्दै आएकाछन् । लगानीको अनुपात हेर्ने हो भने फलफूल बाहेक तरकारीले रोल्पा र प्यूठानकै उत्पादनले यहाँको मागलाई पुर्ति गर्नु पर्ने हो । तर त्यसो हुँदैन । सरकारी निकायको अनुदान पाउने बर्ष थोरैधेरै उत्पादन भएपनि त्यसले निरन्तरता पाउँदैन । निरन्तरता दिने किसानको उत्पादनले बजार पाउँदैन । ब जारमा…
प्यूठान । प्यूठानबाट स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली.ले दशै अघि २० प्रतिशत शुल्क वृद्धि गरेर चर्को भाडादर असुलेकोमा दशै पछि काठमाण्डौ फर्कने यात्रुलाई भाडामा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । प्रा.ली.को सोमबार बसेको बैठकले असोज २७ गतेदेखी कार्तिक २२ गतेसम्म प्यूठानबाट काठमाण्डौ जाने यात्रुलाई भाडामा २० प्रतिशत छुट दिने निर्णय गरिएको प्रा.लीका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए । शोमबार प्यूठानको जुम्री स्थित प्रा लिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रा.लि ले दशैमा गाउँ फर्कने यात्रुसंग लिइएको २० प्रतिशत अतिरिक्त शुल्क लिएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्ब पक्षिय बैठकको म्याण्डेड अनुसार अतिरिक्त शुल्क वापतको रकम यात्रुलाई फिर्ता गराउन…
प्यूठान । प्यूठान अस्पतालमा मृगौलाको डायलासिस् सेन्टर सञ्चालन गर्नका लागि लायन्स क्लब अफ ईन्टरनेशनलले १ करोड ३० लाख बढि रमम हस्तान्तरण गरेको छ । लायन्सले शनिबर १ करोड ३० लाख २७ हजार ५४७ रुपैयाको चेक प्यूठान अस्पताल विकास समितिका अध्यक्ष बिजय बिराज बिष्टलाई हस्तान्तरण गरेको हो । प्यूठान अस्पतालमा डायलासिस् सेन्टर नहु्दाँ मिर्गौला पिडितले सास्ती ब्यहोर्दै आएका छन् । मृगौला पिडितहरु डायलासिस् गर्न मासिक ३० हजार बढि रमम खर्च गरेर बुटुवल, काठमाडौं जानुपर्ने बाध्यता छ । लायन्स क्लब अफ ईन्टरनेशनलले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्दै आएकोमा प्यूठान जिल्ला अस्पताललाई उक्त रकम सहयोग गरेको जनाएकोछ । शनिवार एक कार्यक्रम बिच…
देउखुरी । लुम्बिनी प्रदेश सरकारका शहरि बिकास खानेपानी मन्त्री सरोज थापा रोज ले विपद् प्रतिकार्य योजनामा जुट्न सबै लाई अपिल गर्नु भएको छ । मन्त्री राणाले अविरल बर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गर्नु भएको हो । तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयम सेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा मन्त्री राणाले अपिल गर्नु भएको हो ।‘जो जहाँ छौं सुरक्षित बसौं । आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौं । कही कतै विपद् आईपरेको खण्डमा आफु सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन अपिल गर्दछु’मन्त्री राणाले भन्नुभयो,‘यो विपद्को वेलामा एकले अर्कालाई…