रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ । एकजनाको जिवितै उद्धार गरिएको छ ।
रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब एक किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलबाट एक जनाको जिवितै उद्धार गर्न सफल भएको छ ।

प्रहरीका अनुसार २० जनाको घटनास्थलमा नै मृत्यु भएको हो । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । मृतक सबै सिस्ने गाउँपालिकाका रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । उनिहरुको अझै सनाखत नभएको प्रहरीले जनाएको छ । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै गरेको बताईएको छ ।



