Skip to main content

सरोकार पोस्ट

प्यूठानमा होटल व्यवसायी संघको १७औँ स्थापना दिवसमा रक्तदान: स्वास्थ्य सेवामा टेवा, सामाजिक जिम्मेवारीको सन्देश

Advertisement

प्यूठान,
होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

संघका अध्यक्ष लिलाधर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय व्यवसायी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले केवल औपचारिक उत्सवमा सीमित नभई स्वास्थ्य सेवामा प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यलाई प्राथमिकता दिएको भन्दै वक्ताहरुले प्रशंसा गरे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी प्यूठानका अध्यक्ष गुमानराज पुलामीले यस्तो मानवीय कार्यप्रति संघलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले रक्तदान जस्तो अभियानले समुदायमा सहयोग र सहकार्यको भावना मजबुत बनाउने विश्वास व्यक्त गरे।
त्यस्तै, प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले संघले अस्पतालको डायलासिस सेवा सञ्चालनमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे। उनले रक्तदान कार्यक्रमले अस्पतालमा आवश्यक रगतको आपूर्ति सुनिश्चित गर्दै डायलासिस जस्ता संवेदनशील सेवाहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा सहभागी संघका केन्द्रीय सचिव धनेश्वर भण्डारी, संस्थापक अध्यक्ष शिव पुलामी, संघका केन्द्रीय सल्लाहकार चन्द्रलाल न्यौपाने, लुम्बिनी प्रदेश सह कोषाध्यक्ष जुद्ध कुवर लगायत संघका पदाधिकारीहरुले सामाजिक सेवा र विकास कार्यमा पनि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रमले होटल व्यवसायीहरू केवल आर्थिक गतिविधिमा सीमित नरही समाजप्रति जिम्मेवार रहेको सन्देश दिएको छ। साथै, यसले प्यूठानमा स्वास्थ्य सेवा सुदृढीकरणमा निजी क्षेत्रको सहकार्य कति महत्वपूर्ण हुन्छ भन्ने स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...