प्यूठान । जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले पछिल्लो सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकोले सबै पक्षले सहयोग गर्न आव्हान गरेकाछन् ।
जेन्जी आन्दोलनका क्रममा प्रहरीका हातहतियार लुटिएको र जेलबाट कैदीबन्दीहरु फरार भएका कारण देशमा शुरक्षाअवस्था चुनौतीपूर्ण रहेको बताउँदै डिएसपि अधिकारीले प्रहरीले मात्र जनताको सुरक्षाअवस्था चुस्त पार्न कठिन हुने बताए । उनले सबैपक्षबाट सहयोगको आशा गरेको बताएकाछन् । उनले भने,` चाडपर्बहरुमा प्यूठानको सुरक्षा व्यवस्था चुस्त बनाउन विभिन्न रणनीति तय गरेकाछौँ । तर नागरिक, सञ्चारक्षेत्र, राजनीतिक दलहरु लगायत सबै समेन्त्रबाट सहयोग भयो भने मात्रै सुरक्षा अवस्था प्रभापकारी बनाउन सकिन्छ ।´
जिल्लामा यातायात तथा ट्राफिक व्यवस्थापन, बजार अनुगमन, अपराध न्युकरणका लागि प्रहरी प्रशासन सकृय भएर काम गर्ने प्रहरी नायव उपरिक्षक अधिकारीले बताएकाछन् । जिल्ला प्रहरी कार्यलय प्यूठानमा भएको जिल्लाका सञ्चारकर्मीहरु सँग परिचयात्मक तथा चाडपर्ब लक्षित शुभकामना आदान प्रदान कार्यक्रम उपरिक्षक अधिकारीले पत्रकार र नागरिक समाजबाट पनि सुरक्षाव्यवस्था तथा अपराध न्युनिकरणमा साझेदारी भएर काम गर्ने उल्लेख गरेकाहुन् ।



