Skip to main content

सरोकार पोस्ट

समाचार

नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना

नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना

काठमाडाै। नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने गरिन्छ । अशीम अनन्तमा विद्यमान वा गतिमान ब्रह्मचारिणीको अर्थ हुन्छ । ब्रह्मचर्यको शब्दले गतिमान हुनु र विद्यमानलाई जनाउने गर्दछ । अर्थात्, तुच्छता वा निम्नतामा नरहनु नै ब्रह्मचर्य हो । ब्रह्मचारिणीलाई शाब्दिक रुपमा भन्दा यो सर्व व्यापक चेतान हो भन्न सकिन्छ । अर्कोतर्फ ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचार गर्नु भन्ने हुन्छ । तसर्थ तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमाभन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् । नवदूर्गाहरूमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् ।…
Read More
मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले सम्हाले जिम्मेवारी

मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले सम्हाले जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शोमबार नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराएका हुन् । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
Read More
कांग्रेसका १०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले मागगरे बिशेष महाधिवेशन

कांग्रेसका १०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले मागगरे बिशेष महाधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका १०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले पार्टीभित्र देखिएका समस्या समाधान र सुधारिएको भविष्यको बाटो तय गर्न विशेष महाधिवेशन माग गरेका छन् । प्रतिनिधिहरूले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विज्ञप्तिमा अतितमा भएका गल्तीका लागि जनतासँग क्षमा माग्दै नयाँ दिशातर्फ पार्टीलाई अघि बढाउन विशेष महाधिवेशन बाहेक अर्को विकल्प नरहेको उल्लेख गरिएको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व सांसद जनक गिरी, महाधिवेशन प्रतिनिधिहरु देवराज चालिसे, नारायणप्रसाद भट्टराई, तारानाथ दाहाल, कृष्ण रिजाल, विनोद खनाल, टेकराज पौडेल, उज्ज्वल बराल, रामपल्टन शाह, रुद्र कान्दडवा, कुमार लुइटेललगायत १०० भन्दा बढीले विज्ञप्तसमा हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “पार्टी र…
Read More
भुकम्प धक्का रुकुम–पूर्व र बागलुङ सीमामा केन्द्रबिन्दु

भुकम्प धक्का रुकुम–पूर्व र बागलुङ सीमामा केन्द्रबिन्दु

लुम्बिनी प्रदेश । रुकुम–पूर्व र बागलुङ सीमा नजिक पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार राति ८:२५ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। धक्का आसपासका जिल्लामा महसुस भए पनि ठूलो क्षति नभएको प्रारम्भिक अनुमान गरिएको छ ।
Read More
कांग्रेस पुनर्गठनका लागि अभियान शुरू, विशेष महाधिवेशनको माग

कांग्रेस पुनर्गठनका लागि अभियान शुरू, विशेष महाधिवेशनको माग

काठमाडौँ । पार्टीलाई वैचारिक सांगठनिक र नेतृत्वमा पुनर्गठन गर्न माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरूले आजदेखि नयाँ अभियान शुरू गरेका छन् । विभिन्न महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको प्रारम्भिक भेलाले पार्टीलाई वैचारिक सांगठनिक र नेतृत्वमा पुनर्गठन गर्न माग गरेका हुन्। पार्टीको पुनर्गठनका लागि विशेष महाधिवेशन अहिले अत्यावश्यक भएको उनीहरूको निष्कर्ष छ। विशेष महाधिवेशन कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्न प्रस्ताव गरिएको भेलाका अगुवा तथा कांग्रेस महासमिति सदस्य नारायणप्रसाद भट्टराईले जानकारी दिए । पार्टी पुनर्गठनको अभियान र विशेष महाधिवेशनका लागि व्यापक दबाब दिन असोज ३ गते संविधान दिवसका दिन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको बृहत भेला आयोजना गरिने आजको भेलाले निर्णय गरेकोसमेत…
Read More
२०४६ पछिका सार्बजनिक पदधारण गर्नेहरुको सम्पति शुद्धिकरण गर्नुपर्ने प्युठान कांग्रेसको माग

२०४६ पछिका सार्बजनिक पदधारण गर्नेहरुको सम्पति शुद्धिकरण गर्नुपर्ने प्युठान कांग्रेसको माग

प्यूठान । जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका बिषयमा नेपाली कांग्रेस प्यूठानले समीक्षा गर्दै २०४६ पछीका सार्वजनिक पद धारण गरेका नेता र कर्मचारीको सम्पति शुद्धिकरण गर्ने एजेण्डा अघि सारेको छ । आज बसेको जिल्ला कार्य समिति प्यूठानको बैठकले २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पति शुद्धीकरण गर्नु पर्ने प्रमुख एजेण्डा अगाडि सारेको हो । बर्तमान परिस्थितिको मुख्य कारण भ्रष्टाचार भएकोले नेता र कर्मचारीको सम्पति शुद्धीकरण गर्नुपर्ने प्रमुख एजेण्डा अगाडि बढाईएको नेपाली कांग्रेस प्यूठानका सभािति बिष्णुकुमार गिरीले बताउनुभयो । यस्तै बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको सवालमा कांग्रेस दृढ हुँदै जेन्जी आन्दोलनका क्रममा मृत्यु भएका…
Read More
अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा :महामन्त्री थापा

अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा :महामन्त्री थापा

नेपाली कांग्रेसले पार्टीको अबको मुख्य निर्वाचन निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको जनाएको छ। पार्टीका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताएका हुन्। थापाले भदौ २३ र २४ को जेनजी युवाहरूको आह्वानमा भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा रहेको पनि बताएका छन्। उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र आफूले भदौ २५ गते नै संवैधानिक रिक्तता नआओस् भनेर आवश्यकताको सिद्धान्तअनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेको तर त्यसो हुन नसकेको भनेका छन्। अहिले जुन प्रकारबाट सरकार गठन र संसद् विघटन भयो त्यो संविधानसम्मत नभएको र पार्टीले अगाडि लिने बाटोको बारेमा…
Read More
अर्याल,खनाल र घिसिङले लिए मन्त्री पदकाे सपथ

अर्याल,खनाल र घिसिङले लिए मन्त्री पदकाे सपथ

३० भद्र । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए । खनाल र घिसिङ दुवै आन्दोलनकारी जेन–जीले रुचाएका व्यक्ति हुन् ।…
Read More
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्ने उर्जामन्त्री घिसिङको पहिलो निर्णय

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता असुल्ने उर्जामन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार सम्हाल्नेबित्तिकै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका हुन्। यसअघि उनी प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि यो बक्यौता असुल्ने प्रयास गरेका थिए तर तत्कालीन सरकारले रोकेको थियो। विगत एक दशकदेखि चर्चामा रहेका घिसिङले मुलुक अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेका बेला ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। उनले करिब आठ वर्षअघि पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाललाई 'लोडसेडिङमुक्त' घोषणा गरिएको थियो। वि.सं. २०७३ सालको तिहारबाट शहरहरूमा र २०७५ साल वैशाखमा पूरै…
Read More
दल निकट GenZ भन्छन्, अव दलिभत्र पनि पुस्तान्त्रण गनुछ

दल निकट GenZ भन्छन्, अव दलिभत्र पनि पुस्तान्त्रण गनुछ

काठमाडौँ । यही भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरुले देशव्यापी रुपमा गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उठाइएका मागका सम्बन्धमा राजनीतिक दलमा आवद्ध बहुसंख्यक जेन-जीले समर्थन जनाएका छन् । तर आन्दोलनको दोस्रो दिनको विध्वंश र त्यसपछिका घटनाक्रमप्रति उनीहरु असन्तुष्ट छन् । आन्दोलनका नाममा देशको सम्पत्ति नष्ट गरिएको र आन्दोलनकारी मारिएकोप्रति उनीहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । विध्वंश गरेकोमा सह्रानीय नभएको युवा नेताहरु बताउँछन् । कांग्रेस निकट नेविसंघका नेता नवीन पौडेलले जेन-जीहरुको मागप्रति सकारात्मक रहे पनि तोडफोड, गोली प्रहार र मारपिटबारे आफूहरुको आपत्ति रहेको सुनाए । ‘आन्दोलनको शुरूवाती चरण एकदमै राम्रो थियो । देशमा भएको बेथिति, पुरानो दलहरुसँगको वितृष्णालाई स्वाभाविक…
Read More