प्यूठान । जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका बिषयमा नेपाली कांग्रेस प्यूठानले समीक्षा गर्दै २०४६ पछीका सार्वजनिक पद धारण गरेका नेता र कर्मचारीको सम्पति शुद्धिकरण गर्ने एजेण्डा अघि सारेको छ । आज बसेको जिल्ला कार्य समिति प्यूठानको बैठकले २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पति शुद्धीकरण गर्नु पर्ने प्रमुख एजेण्डा अगाडि सारेको हो । बर्तमान परिस्थितिको मुख्य कारण भ्रष्टाचार भएकोले नेता र कर्मचारीको सम्पति शुद्धीकरण गर्नुपर्ने प्रमुख एजेण्डा अगाडि बढाईएको नेपाली कांग्रेस प्यूठानका सभािति बिष्णुकुमार गिरीले बताउनुभयो । यस्तै बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको सवालमा कांग्रेस दृढ हुँदै जेन्जी आन्दोलनका क्रममा मृत्यु भएका…
नेपाली कांग्रेसले पार्टीको अबको मुख्य निर्वाचन निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको जनाएको छ। पार्टीका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताएका हुन्। थापाले भदौ २३ र २४ को जेनजी युवाहरूको आह्वानमा भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा रहेको पनि बताएका छन्। उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र आफूले भदौ २५ गते नै संवैधानिक रिक्तता नआओस् भनेर आवश्यकताको सिद्धान्तअनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेको तर त्यसो हुन नसकेको भनेका छन्। अहिले जुन प्रकारबाट सरकार गठन र संसद् विघटन भयो त्यो संविधानसम्मत नभएको र पार्टीले अगाडि लिने बाटोको बारेमा…
३० भद्र । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए । खनाल र घिसिङ दुवै आन्दोलनकारी जेन–जीले रुचाएका व्यक्ति हुन् ।…
३० भदौ, काठमाडौं । आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोग छलफलमा जुटेको छ । हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी नगराए पनि आयोगले मतदाता संकलन गर्ने लगायतका विषयमा छलफल सुरु गरिसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । ‘निर्वाचनको मिति राष्ट्रिय रुपमा घोषणा भएको विषय हो । राष्ट्रिय रुपमा घोषणा भएकोले यो विषयलाई स्वत: जानकारीमा लिएर छलफल सुरु गरिएको छ,’ घिमिरेले बताए । उनि भन्छन्, ‘मतदाता नामावली कसरी संकलन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन…
काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार सम्हाल्नेबित्तिकै मन्त्री घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका हुन्। यसअघि उनी प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि यो बक्यौता असुल्ने प्रयास गरेका थिए तर तत्कालीन सरकारले रोकेको थियो। विगत एक दशकदेखि चर्चामा रहेका घिसिङले मुलुक अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेका बेला ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। उनले करिब आठ वर्षअघि पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाललाई 'लोडसेडिङमुक्त' घोषणा गरिएको थियो। वि.सं. २०७३ सालको तिहारबाट शहरहरूमा र २०७५ साल वैशाखमा पूरै…
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । मारिएका सबैलाइ सरकारले सहिद घषणा गरी उनका परिवारलाइ जनही १० लाख रुपैयाँ राहत दिने सरकारले घोषणा गरेको छ । आन्दोलनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार व्यवस्था गर्न पनि प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो । जसमा आन्दोलनकारीतर्फ ५९ जना शहीद भएका छन् भने प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । कारागारबाट भाग्ने क्रममा झडप हुँदा १० जना मारिएका छन् । हाल १३४ प्रदर्शनकारीको उपचार भइरहेको छ । प्रहरीतर्फ ५७ जना उपचाररत रहेका छन् ।…
काठमाडाै । नेपालको पहिलो महिला महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा प्रधानमन्त्री कार्कीले स्वीकृत गरी भण्डारीलाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेकी थिइन् ।
पछिल्लो राजनीतिक घटनाक्रम सँगै जेन्जी समुह सँगको लामो बार्तापछि संबिधानको संरक्षण समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले पुर्ब प्रधान्यायधिस शुसिला कार्कीलाई नेपालको ईतिहासमै पहिलो महिला प्रधानमन्त्री नियुक्ति गरेपछि विभिन्न दलका नेताहरुले संबिधानको मर्म बिपरित भएको भन्दै टिप्पणी गरेकाछन् । प्यूठानबाट प्रतिनिधि सभा सांसद सुर्य थापाले नव नियुक्त प्रधानमन्त्री शुसिला कार्की बिरुद्ध आफ्नो फेसबुक पेज(सामाजिक सञ्जाल)मा नकारात्मक रुपले टिप्पणी गरेका छन् । थापाले उनकै भाषामा अलि नकारात्मक शैलीमा प्रश्न गरेकाछन्,` वडा सदस्य जित्ने हैसियत छैन, संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बन्ने जंगली महत्वाकांक्षा ?´ यसै बिच उनले राष्ट्रपति रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसर्पणमा निर्दोष प्रतिनिधिसभाको संहार गरिएको पनि बताएकाछन् । थापाले आजको…
काठमाडौँ । सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राति ९ बजे उनको शपथ हुँदैछ । बाँकी काम उनको शपथपछि कार्कीले नै गर्नेछिन् । कार्कीको शपथको तयारी शीतल निवासमा हुँदैछ । नेपालको संविधानले राष्ट्राध्यक्ष बनाएसँगै विषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् । मन्त्रिपरिषदको सिफारिसपछि मात्रै संसद विघटन गरिने भएको छ । आजै सानो…
काठमाडौं। देशभर फैलिएको जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ। देशका विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार, ट्रमा सेन्टर, सिभिल अस्पताल, एभरेस्ट हस्पिटल लगायतमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालय का अनुसार, काठमाडौं उपत्यकाबाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ। बाँकेमा मृत्यु भएका ५ जना नौबस्ताको क्षेत्रीय कारागार तथा बाल सुधारगृहका कैदीबन्दी रहेको बताइएको छ। आन्दोलनमा मृत्यु हुने ३ जना प्रहरीबाहेक अन्यको नाम भने प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन। मन्त्रालयको तथ्यांकअनुसार, प्रदर्शनका क्रममा १०३३ जना घाइते भएका छन्। जसमध्ये ७१३ जना उपचारपछि घर फर्किएका छन् भने…