Skip to main content

सरोकार पोस्ट

समाचार

जेन–जी आन्दोलनका क्रममा मारिने ७२ पुगे, मृतकका परिवारलाइ १० लाख रुपैयाँ राहत दिइने

जेन–जी आन्दोलनका क्रममा मारिने ७२ पुगे, मृतकका परिवारलाइ १० लाख रुपैयाँ राहत दिइने

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । मारिएका सबैलाइ सरकारले सहिद घषणा गरी उनका परिवारलाइ जनही १० लाख रुपैयाँ राहत दिने सरकारले घोषणा गरेको छ । आन्दोलनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार व्यवस्था गर्न पनि प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो । जसमा आन्दोलनकारीतर्फ ५९ जना शहीद भएका छन् भने प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । कारागारबाट भाग्ने क्रममा झडप हुँदा १० जना मारिएका छन् । हाल १३४ प्रदर्शनकारीको उपचार भइरहेको छ । प्रहरीतर्फ ५७ जना उपचाररत रहेका छन् ।…
Read More
पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडाै । नेपालको पहिलो महिला महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा प्रधानमन्त्री कार्कीले स्वीकृत गरी भण्डारीलाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेकी थिइन् ।
Read More
नयाँ प्रधानमन्त्री वडा सदस्य समेत जित्ने हैसियत नभएको एमाले नेता सुर्य थापाको टिप्पणी

नयाँ प्रधानमन्त्री वडा सदस्य समेत जित्ने हैसियत नभएको एमाले नेता सुर्य थापाको टिप्पणी

पछिल्लो राजनीतिक घटनाक्रम सँगै जेन्जी समुह सँगको लामो बार्तापछि संबिधानको संरक्षण समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले पुर्ब प्रधान्यायधिस शुसिला कार्कीलाई नेपालको ईतिहासमै पहिलो महिला प्रधानमन्त्री नियुक्ति गरेपछि विभिन्न दलका नेताहरुले संबिधानको मर्म बिपरित भएको भन्दै टिप्पणी गरेकाछन् । प्यूठानबाट प्रतिनिधि सभा सांसद सुर्य थापाले नव नियुक्त प्रधानमन्त्री शुसिला कार्की बिरुद्ध आफ्नो फेसबुक पेज(सामाजिक सञ्जाल)मा नकारात्मक रुपले टिप्पणी गरेका छन् । थापाले उनकै भाषामा अलि नकारात्मक शैलीमा प्रश्न गरेकाछन्,` वडा सदस्य जित्ने हैसियत छैन, संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बन्ने जंगली महत्वाकांक्षा ?´ यसै बिच उनले राष्ट्रपति रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसर्पणमा निर्दोष प्रतिनिधिसभाको संहार गरिएको पनि बताएकाछन् । थापाले आजक‍ो…
Read More
सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री

सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ । सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राति ९ बजे उनको शपथ हुँदैछ । बाँकी काम उनको शपथपछि कार्कीले नै गर्नेछिन् । कार्कीको शपथको तयारी शीतल निवासमा हुँदैछ । नेपालको संविधानले राष्ट्राध्यक्ष बनाएसँगै विषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् । मन्त्रिपरिषदको सिफारिसपछि मात्रै संसद विघटन गरिने भएको छ । आजै सानो…
Read More
जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो

जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं। देशभर फैलिएको जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ। देशका विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार, ट्रमा सेन्टर, सिभिल अस्पताल, एभरेस्ट हस्पिटल लगायतमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालय का अनुसार, काठमाडौं उपत्यकाबाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ। बाँकेमा मृत्यु भएका ५ जना नौबस्ताको क्षेत्रीय कारागार तथा बाल सुधारगृहका कैदीबन्दी रहेको बताइएको छ। आन्दोलनमा मृत्यु हुने ३ जना प्रहरीबाहेक अन्यको नाम भने प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन। मन्त्रालयको तथ्यांकअनुसार, प्रदर्शनका क्रममा १०३३ जना घाइते भएका छन्। जसमध्ये ७१३ जना उपचारपछि घर फर्किएका छन् भने…
Read More
सिंहदरबार, सर्वोच्च अदालत, संसद् र राष्ट्रपति कार्यालयमा आगजनीपछि सेनामाथि उठेको ‘प्रश्न’ सेनाको भूमिका : ‘अचम्म भयो’

सिंहदरबार, सर्वोच्च अदालत, संसद् र राष्ट्रपति कार्यालयमा आगजनीपछि सेनामाथि उठेको ‘प्रश्न’ सेनाको भूमिका : ‘अचम्म भयो’

काठमाडाै । राष्ट्रपतिको आह्वानसँगै औपचारिक वार्ताअघि अनौपचारिक छलफलको अगुवाइ नेपाली सेनाले गरिरहेको छ। तर नयाँ बन्ने सरकार प्रमुख बस्ने सिंहदरवारस्थित कार्यालय आगलागीले ध्वस्त भएको छ। नजिकै रहेको सर्वोच्च अदालत र सुरुवाती आन्दोलनस्थलनजिकको सङ्घीय संसद् भवन पनि ध्वस्त भएका छन्। ती लगायत देशभरका प्रमुख कार्यालय र भौतिक संरचनामा भएका क्षति र त्यसले पार्ने असर यकिन हुन बाँकी छ। तर सङ्घीय राजधानीस्थित आफ्नै परमाधिपति राष्ट्रपतिको निवास तथा कार्यालय, प्रशासनिक मुख्यालय सिंहदरवार, सर्वोच्च अदालत र संसद् भवन जोगाउन सुरक्षाकर्मी विफल हुँदा प्रश्नहरू उठेका छन्। सेना नै तैनाथ रहने भवनको समेत सुरक्षा गर्न नसक्दा अहिले सम्पूर्ण सुरक्षा जिम्मेवारीको नेतृत्व गरिरहेको नेपाली सेनाको भूमिकालाई लिएर…
Read More
राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्तिसुरक्षा र अमनचयन कायम गर्नु कांग्रेसको अपिल

राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्तिसुरक्षा र अमनचयन कायम गर्नु कांग्रेसको अपिल

काठमाडौ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले जेन जी आन्दोलनका क्रममा भएको आगजनी र आक्रमणसँगै देश शून्यतामा पुगेको भन्दै अब राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्तिसुरक्षा र अमनचयन कायम गर्नुपर्ने बताएको छ। पार्टीका प्रवक्ता प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, "कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ।" पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अर्को विज्ञप्ति प्रकाशित गर्दै "यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ" भनेका छन्। "नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा…
Read More
जेन–जी आन्दाेलनमा मृतककाे संख्या १९ पुग्याे, गृहमन्त्री लेखकले दिए राजीनामा

जेन–जी आन्दाेलनमा मृतककाे संख्या १९ पुग्याे, गृहमन्त्री लेखकले दिए राजीनामा

२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएकाहुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाले ज्यान गुमाइसकेका छन् । काठमाडाैका बिभिन्न अस्पातालहरुमा साडे ३ सय बढिले उपचार गराइरहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।
Read More
जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १४ जनाको  मृत्यु

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु

२३ भदाै काठमाडाै । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । आज दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । बिर अस्पतालको ट्रमा सेन्टरमा ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे…
Read More
जेन–जी प्रदर्शन – प्रहरीले गोली चलाउँदा मृत्युहुनेकाे संख्या १०

जेन–जी प्रदर्शन – प्रहरीले गोली चलाउँदा मृत्युहुनेकाे संख्या १०

२३ भदाै काठमाडाै । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्युहुनेकाे संख्या १० पुगेकाे छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्या्इएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । '१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,' उनले भने, '२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ । सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए । केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु…
Read More