नेपालमा पेट्रोलियम पदार्थको मूल्यबारे बहस सतहमा जति सरल देखिन्छ, भित्री संरचना त्यति नै जटिल छ। हालै सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने भन्सार तथा पूर्वाधार कर करिब आधा घटाउने निर्णय गर्यो। सार्वजनिक रूपमा यो कदम “जनतालाई राहत” का रूपमा प्रस्तुत गरियो। तर जब तथ्य र व्यवहारलाई सँगै राखेर हेरिन्छ, एउटा फरक तस्वीर देखिन्छ—कर घट्दा पनि मूल्य घटेन। नेपालले पेट्रोलियम पदार्थ भारतको Indian Oil Corporation बाट अन्तर्राष्ट्रिय बजार मूल्यकै आधारमा किन्छ। यसमा नेपालले थप्ने सबैभन्दा ठूलो हिस्सा कर हो। यही कर संरचना उच्च भएकाले पेट्रोलको खुद्रा मूल्य करिब २०० रुपैयाँ आसपास पुग्छ। यस्तो अवस्थामा कर घटाउने निर्णय स्वाभाविक रूपमा उपभोक्तालाई राहत…
सुर्यप्रसाद भुसाल अर्घाखाँची । विकट भनेर चिनिने अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -१ शान्ति बगैचाको मुनीपट्टि अत्याधुनिक सेवासहितको २४ बेडको छाँया हस्पिटल प्राली पुर्व स्वास्थ्यकर्मी समाजसेवी दलबहादुर केसिले सञ्चालनमा ल्याएपछि अर्घाखाँची सहित ३ जिल्लाका बिरामीहरु प्रतक्ष्य लाभान्वित भएका छन्। सन्धिखर्कमै अत्याधुनिक सेवासहितको बिशेषज्ञ अस्पताल सञ्चालनमा आएपछि बिरामी भएर उपचारका लागि बुटबल काठमाडौं भरतपुर भैरहवा तथा अन्य स्थानका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ भने जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामीको छाया बिशेषज्ञ अस्पतालमा उपचार हुने गरेको छ । सामान्य रोगका बिरामीको लागि पनि उपचारका लागि अर्घाखाँची बाहिर जानुपर्ने अवस्था भएपछि विकट मानिने अर्घाखाँचीमा छाया हस्पिटल प्रालि सञ्चालन गरिएको अस्पतालका बरिस्ठ…
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले तेस्रो रिपोर्ट कार्ड (वार्षिक प्रतिवेदन) सार्वजनिक गरेकी छन् । प्यूठानको प्रतिनिधत्व गर्नु हुने सांसद गिरीले २०८१ मघ एक देखि २०८२ पौष मसान्तसम्मका आफुले सदनमा उठाइएका समग्र विषयसहितका गतिविधिहरू समेटेर रिपोर्ट–कार्ड सार्वजनिक गरेकी हुन् । तीन सय ६६ दिनको अवधीमा १८ दिन मात्रै सदन चलेको, १५ दिन उपस्थित भएको, तिन दिन उपस्थित हुन नसकेको र १८ वटा वैठकमा पाच पटक बोलेको लगायतका विषय उनले समावेश गरेकी छन् । सांसद गिरीले आफ्नो तर्फबाट गरिएको पहल, काम र उपलब्धिहरुसहितको प्रतिवेदन कार्डमै प्रष्ट उल्लेख गरिन् । सांसद गिरीले २०७९ साल पौष १७ गते प्रदेश सभाको सदस्य पदको शपथ…
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए । यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो । मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श,…
प्यूठान — लुम्बिनी प्रदेशका १२ जिल्लाबाट निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीसमक्ष प्यूठानबाट निर्वाचित सांसद शुसान्त बैदिकले प्रस्तुत गरेको प्यूठान सम्बन्धी प्रतिवेदनमाथि तथ्यगत प्रश्न उठेको छ। उक्त प्रतिवेदनमा ‘प्यूठान जिल्ला अस्पतालका चिकित्सकले राजनीतिक खिचातानीका कारण हालै राजीनामा दिएका’ उल्लेख गरिएको छ। तर, प्यूठान जिल्ला अस्पतालले सो दाबी तथ्यमा आधारित नभएको स्पष्ट पारेको छ। अस्पताल विकास समितिका अनुसार हालसम्म कुनै पनि चिकित्सकले राजीनामा दिएका छैनन्। अस्पताल विकास समितिका अध्यक्ष विजय विराज बिष्टले प्रतिवेदनमा गरिएको उक्त दाबी असत्य रहेको बताए। उनका अनुसार अस्पतालमा स्वीकृत दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकहरू कार्यरत नै छन्। “राजनीतिक कारणले चिकित्सकले राजीनामा दिएको भन्ने कुरा सही होइन,” उनले भने, “यस्ता अपुष्ट…
प्यूठान, होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। संघका अध्यक्ष लिलाधर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय व्यवसायी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले केवल औपचारिक उत्सवमा सीमित नभई स्वास्थ्य सेवामा प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यलाई प्राथमिकता दिएको भन्दै वक्ताहरुले प्रशंसा गरे। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी प्यूठानका अध्यक्ष गुमानराज पुलामीले यस्तो मानवीय कार्यप्रति संघलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले रक्तदान जस्तो अभियानले समुदायमा सहयोग र सहकार्यको भावना मजबुत बनाउने विश्वास व्यक्त गरे। त्यस्तै, प्यूठान…
प्युठान | नेपाली राजनीतिक अभ्यासमा चुनावी हारपछि धेरै नेताहरू सार्वजनिक बहसबाट टाढा हुने प्रवृत्ति देखिन्छ। तर गोविन्दराज पोख्रेल ले भने त्यसको ठीक विपरीत उदाहरण प्रस्तुत गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि उनले आफ्नो ध्यान पुनः प्युठानको समग्र विकासतर्फ केन्द्रित गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नव निर्वाचित सांसद सुशान्त बैदिक तथा राष्ट्रिय स्वतन्त्र पार्टी लाई ११ बुँदे विकास एजेन्डा आगामी बजेटमा समावेश गर्न आग्रह गरेका छन्। उनको अभिव्यक्ति केवल राजनीतिक सन्देश मात्र होइन, लोकतान्त्रिक संस्कारप्रतिको प्रतिबद्धता पनि हो। “मत दिएका वा नदिएका सबै नागरिकप्रति हाम्रो समान जिम्मेवारी हुन्छ,” भन्ने उनको भनाइले प्रतिस्पर्धाभन्दा माथि उठेर सहकार्य गर्न सकिने सम्भावनालाई संकेत गर्छ।…
प्यूठान। जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले कुखुरा तथा अण्डाको आयातमा कडाइ गरेको छ। जिल्ला स्तरीय बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट भित्रिने कुखुरा तथा अण्डाजन्य बस्तुमा १५ दिनका लागि पूर्ण नियन्त्रण गर्ने निर्णय गरेको हो। देशका विभिन्न जिल्लामा बर्ड फ्लु देखिन थालेपछि सतर्कता अपनाउँदै यस्तो निर्णय गरिएको समितिका सदस्य सचिव तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका प्रमुख विनोद शर्माले जानकारी दिए। उनका अनुसार, “यो अस्थायी कदम हो, १५ दिनपछि अवस्थाको पुनः मूल्यांकन गरी आवश्यक निर्णय लिइनेछ।” बैठकले जिल्लाभित्र रहेका कुखुरापालक व्यवसायीलाई फर्ममा अनिवार्य रूपमा जैविक सुरक्षा (Biosecurity) अपनाउन निर्देशन दिने निर्णय समेत…
प्यूठान। झिमरुक र लुङ नदीले छुट्याएका प्यूठानका तटीय बस्ती अब स्थायी रूपमा मुख्य सडक सञ्जालसँग जोडिने भएका छन्। किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्ने गरी तीनवटा पक्की पुल निर्माणको काम तीव्र गतिमा अघि बढेपछि स्थानीय बासिन्दाको वर्षौँदेखिको आवागमन समस्या समाधान हुने भएको हो। वाग्दुला–मच्छी र वाग्दुला–बाहाने सडकको विपरीत तर्फ रहेका यी क्षेत्रका बासिन्दा कच्ची सडक हुँदाहुँदै पनि नदीमा पुल नहुँदा सवारी साधन प्रयोग गर्न वञ्चित थिए। पुल निर्माणसँगै अब उनीहरू सीधै सडक सञ्जालमा जोडिने भएका छन्। किटघाट (कुटिचौर) पुल २०८१ असार ७ गते ४ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको थियो। निर्माण कम्पनी आशु निर्माण सेवा (बालाजु…
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार उनले आफ्नो राजीनामा महामन्त्री विश्व प्रकाश शर्मालाई बुझाएका हुन्। चुनावी पराजयपछि पार्टीभित्र बढ्दो दबाब र समीक्षा प्रक्रियाबीच आएको यो निर्णयलाई अत्यन्त महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ। यद्यपि, राजीनामा स्वीकृत हुने वा नहुने विषयमा अझै अन्योल कायम रहेको छ। पार्टीभित्र शीर्ष तहमा छलफल जारी रहेको र अन्तिम निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना रहेको बताइएको छ। कांग्रेसभित्र पछिल्लो समय नेतृत्वको भूमिकालाई लिएर चर्को आलोचना हुँदै आएको थियो। यस्तो अवस्थामा थापाको राजीनामाले पार्टीको आगामी दिशा र नेतृत्व संरचनामा ठूलो प्रभाव पार्ने देखिएको छ।