Skip to main content

सरोकार पोस्ट

Day: २०८१ मंसिर १, शनिबार

ईन्डो-नेपाल कराते प्रतियोगिता प्यूठानमा

ईन्डो-नेपाल कराते प्रतियोगिता प्यूठानमा

प्यूठान । नेपाल र ईन्डिया बिच हुने ईन्डो-नेपाल कराते प्रतियोगिता यसपटक प्यूठानमा शनिवारदेखी सुरु भएकोछ । खेल क्षेत्रको बिस्तार र विकासका लागि शहर देखि गाउँ सम्म खेल सञ्चालन गर्ने उद्देश्य सहित प्यूठानमा खेल आयोजना गरिएको कराते महासंघको केन्द्रीय सदस्य तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री कमला रानाले बताईन् । खेल आईतबार सम्म चल्ने छ । शितो रियो कराते डोजो लुङ्ग प्यूठान आयोजक रहेको उक्त खेलमा नेपाल, भारत र भुटानका गरि जम्मा २ सय ४४ जना खेलाडी बिच दुईदिन प्रतिस्पर्धा हुनेछ । नेपालका पनि विभिन्न जिल्लाका खेलाडिहरुले खेलमा भाग लिने आयोजकले बताएकोछ । खेलमा नेपालका १ सय २४ जना, ईन्डियाको देहरादुनबाट ९५…
Read More
बहानेको कुनौटा मेलामा महिलाहरुको मारुनी कलाको छुटै पहिचान

बहानेको कुनौटा मेलामा महिलाहरुको मारुनी कलाको छुटै पहिचान

प्यूठान । बि.स. १९८४ देखि हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन नौबहिनी गाउँपालिकाको बहानेमा त्यस क्षेत्रको पर्ख्यात कुनौटा मेला लाग्दै आएकोछ । बहाने ईलाकाका व्यापारी गुप्तबहादुर के.सी.का बाजे कालू खत्री तत्कालिन अवस्थामा पाल्पा, गुल्मीक्षेत्रमा वस्थित रिडी गण्डकी गएको र रिडी नदिको किनारमा कार्तिक पुर्णीमाको दिन मेला लागेको देखेपछि त्यसबाट प्रभावित भएर बहानेमा मेला सुरु गरेको व्यापारी केसीले जानकारी दिनुभयो । १९८४ मा कालु खत्रीले मेला सुरु गरेपछि कुनौटामा त्यस क्षेत्रमा सरायँ नाच, रैथाने मारुनी, भैले भैलेनी, विभिन्न झाकीहरु प्रदर्शन हुँदै आएकाछन् । पछिल्लो समय भैले भैलेनी, झाकी र नृत्य तथा विभिन्न खेलकुद गतिविधिको प्रतियोगिता सञ्चालन गर्न थालिएकोछ । मेलामा नौबहिनी…
Read More