प्यूठान । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि १० दलले आफ्ना उम्मेदवार टुंग्याइसकेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार भोली (माघ ६, मंगलबार) मनोनयन दर्ता हुने छ। नेपाली कांग्रेसले यसपटक डा. गोबिन्दराज पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। २०७९ को प्रतिनिधि सभा चुनावमा विजयी भएका नेकपा (एमाले)का सूर्यबहादुर थापालाई दलले पुनः दोहोर्याएको छ। भदौ २३–२४ मा भएको जेन्जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटले प्रतिनिधि सभा विघटन भएको पृष्ठभूमिमा दुवै दलबाट पुरानै अनुहार उत्रिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सुसान्त वैदिकलाई उम्मेदवार बनाउने भएको छ। नेकपा मसाल (राजमो)ले झिमरुक गाउँपालिकाका पूर्व…
प्यूठान— एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि पाँच दलले आफ्ना उम्मेदवार टुंग्याइसकेका छन्। निर्वाचन आयोगले हालै सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ६ गते, मंगलबार उम्मेदवार मनोनयन दर्ता हुनेछ। २०७९ मा सम्पन्न प्रतिनिधि सभा चुनावमा नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापा विजयी भएका थिए। भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलन पछि उत्पन्न राजनीतिक संकटका कारण प्रतिनिधि सभा विघटन भई, शुशीला कार्की नेतृत्वको नागरिक सरकारबाट आगामी निर्वाचन हुन लागिएको हो। ५ दलहरूको उम्मेदवारहरु:- एमालेले यसपटक पनि निरन्तरता दिँदै थापालाई नै दोस्रो पटक टिकट दिएको छ। पार्टी केन्द्रीय कमिटीमा पनि उनको…
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित हुने भएका छन्। अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न विशेष महाधिवेशन पक्षका नेताहरूबीच छलफल चलिरहेको छ। छलफलले पदाधिकारीका केही मुख्य पदमा सहमति जुटाइसकेको स्रोतले जानकारी दियो। निर्बाचन समितिका अनुसा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल र महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको नाम सर्वसम्मत चयन भएका छन् । सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य) बाट सह महामन्त्री चयन भएको निर्वाचन मण्डलले जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ । रातभरका विभिन्न चरणका वार्ता पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने स्पष्ट पारेको छ । विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’ पोखरोलले मंगलवार बेलुकी नै विषेश महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष…
गगन–विश्वप्रकाशले देउवाको सम्मानजनक बिदाइ खोजेका थिए, अब विधिवत् बाहिर धकेल्नेछन् । यसो गर्न नसके स्वयं गगन–विश्व पुस्ता इतिहासबाट धकेलिने खतरा छ । • सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नभए पनि पार्टीभित्र गगन–विश्व पुस्ताले निर्णायक भूमिका खेल्ने सम्भावना बढेको छ। • महाधिवेशनमा ७७ जिल्लाबाट कम्तिमा ६२ प्रतिशत प्रतिनिधिहरू सहभागी भएका थिए र कांग्रेसले आम नागरिकसामु विश्वसनीयता प्रस्तुत गरेको छ। काठमाडौं । लेखक अमृता लम्सालले फेसबुकमा लेखिन्, ‘यति लामो राजनीतिक कार्यक्रम कहिले पनि हेरिएको थिएन ।’ अर्का टिप्पणीकार आशुतोष तिवारीले फेसबुकमै लेखे, ‘जेनजीले उठाएका सुशासनलगायत मुद्दा कांग्रेस नेतृत्वले आत्मसात् गरेजस्तो लाग्यो । गगन थापाको भाषण उनको मुटुको गहिराइबाटै निस्केको जस्तो अनुभूति…
बुटवल । प्रजातन्त्रवादी स्वास्थ्यकर्मीहरुको संगठन नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय अध्यक्षमा दिपकराज भट्ट र लुम्बिनी प्रदेशको अध्यक्षमा कौषलराज बैद्य सर्वसम्मत निर्वाचित भएका छन् । संगठनलाई नयाँ दिशातर्फ अगाडि बढाउने अपेक्षासहित सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको जनाएको छ। सहमति,एकता र साझा प्रतिबद्धताको सन्देश दिँदै संघको आठौं केन्द्रीय अधिवेशनले केन्द्रीय अध्यक्ष भट्ट र लुम्बिनी प्रदेश अध्यक्ष वैद्यलाई निर्विरोध निर्वाचित गरेको हो। यस्तै दुर्गा देवी र नरेशबाबु श्रेष्ठ लुम्बिनी प्रदेश उपाध्यक्ष पदमा चयन भएका छन् । प्युठानका हरि जैसी केन्द्रीय सदस्यमा सर्बसम्मत निर्वाचित भएका छन् । संगठनभित्रको विश्वास र सहकार्यको वातावरण झल्काउने गरी निर्विरोध नेतृत्व चयनले संघभित्र बढ्दो संगठनात्मक परिपक्वता र एकतालाई उजागर…
काठमाडौं। नेपाली कांग्रेस कृयासिल सदस्यता फाइल समयमै नपठाए ‘एक्सेस’ बन्द गरिने चेतावनी समेतलाई वास्ता नगरी प्यूठान सहित ९ जिल्ला समितिले फाइल अपलोड गरेका छैनन् । समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार कोशीका २, मधेसका ३, बागमती, लुम्बिनी र सुदूरपश्चिमका–का गरी ९ जिल्लाले सर्भरमा नवीकरण फाइल पठाएका नपठाएका हुन् । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य प्यूठान मात्र बाकी छ। प्युठानको प्रदेश निर्बाचन क्षेत्र न १ प्यूठान नगरपालिकामा पर्ने ४ वटा वडा र क्षेत्र २ को सबै वडाको नबिकरण क्षेत्रमा आएर रोकिएको जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कोशी प्रदेशका संखुवासभा र खोटाङ, मधेसका धनुषा, महोत्तरी र बारा, बागमतीको दोलखा, तथा सुदूरपश्चिमका…
प्यूठान । नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको चौथो जिल्ला अधिवेशन सर्बसम्मत सम्पन्न भएको छ। थानेश्वर न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सबै पदहरुमा सर्बसम्मत भएको हो । उपाध्यक्ष पदमा ६ जना चयन भएकाछन् । जस्मा जगत जिसी, अस्मिता बुढाथोकी, पुतला जिसी, बसन्तलाल पुरी, प्रथम गुरुङ र कमल परियार चयन भए । यसैबिच सचिबमा शेरसिंह थापामगर र सह-सचिव समाबेसी सहित ४ जनामा केसव केसी, जनकबहादुर पुन, लक्ष्मी न्यौपाने, र केसव पुन चयन भएकाछन् । कोषाध्यक्ष पदमा भर्जिन न्यौपाने चयन भए भने बाँकी ९ जना सदस्य र ८ जना केन्द्रीय प्रतिनिधि चयन भएको निर्वाचन समितिका संयोजक कौशलराज बैद्यले बताउनु भयो…
मोहनविक्रम सिंह -आगामी चुनावमा कसैसित गठबन्धन वा चुनावी तालमेल नगरिकन एक्लै जाने हाम्रो नीति हुनेछ । हाम्रो पार्टीको २०८१ सालमा भएको नवौं महाधिवेशनले त्यही नीति घोषणा गरेको छ । हाम्रो पार्टीले एकातिर सैद्धान्तिक तथा अर्कातिर गतकालको विभिन्न पार्टीहरूसितको हाम्रो गठबन्धन वा चुनावी तालमेलको ठोस विश्लेषण गरेर त्यस प्रकारको नीति निर्धारित गरेको हो र आगामी चुनावमा पनि हामीले त्यही प्रकारको नीति अपनाउने छौँ । सिद्धान्ततः देशको राजनीति परिस्थिति वा आवश्यकता अनुसार कुनै विरोधी वा दुश्मन शक्तिसित पनि कार्यगत एकता, गठबन्धन वा चुनावी तालमेल गर्ने नीति आवश्यक र सही दुबै हुन्छ र गतकालमा कैयौँ पल्ट हामीले त्यस प्रकारको नीति अपनाउँदै आएका छौँ…