Skip to main content

सरोकार पोस्ट

राजनीति

प्यूठानको मुहार बदलेरै छाड्छु : मन्त्री राणा

प्यूठानको मुहार बदलेरै छाड्छु : मन्त्री राणा

  लुम्बिनी प्रदेश । प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा( रोज राणा)ले आफ्नो यही कार्यकालमै  प्यूठानको मुहार बदल्ने बताउनुभएकोछ । सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्दै लुम्बिनी प्रदेश सरकारमा सहभागी हुनुभएका मन्त्री थापाले अहिले बजेट निर्माण पछि आफू मन्त्री भएकोेले धेरै सम्बोधन गर्न नसकेपनि आगामी कार्यकाल प्यूठानका लागि सुखद हुने घोषणा गर्नुभयो । उहाले भन्नुभयो,`म साने छदा मच्छी ठुलावेसी जाने सडकको अवस्था अहिलेपनि उस्तै रहेकोले बाग्दुला-मच्छी-ठुलावेसी सडक र बागुदुला-बाहाने सडक कालोपत्रे गरेर‌ै छाड्ने हो । बाहाने स्याउलिवाङ सडक बिस्तार अहिले चलिरहेकोछ ।´ मन्त्री थापाले जिल्लाको बिकासका लागि सबै पक्षलाई वास्तविक समस्याको पहिचान गरि बेलैमा योजना पेश गर्न…
Read More
लोसपा र जसपा मिसाएर ठूलो पाटि बन्ने दाउमा एमाले कांग्रेस : बर्षमान

लोसपा र जसपा मिसाएर ठूलो पाटि बन्ने दाउमा एमाले कांग्रेस : बर्षमान

प्यूठान । नेकपा माओबादी केन्द्रका उपमहासचिब तथा पुर्ब अर्थमन्त्री बर्षमान पुनले एमाले र कांग्रेसले सानादलहरु जसपा र लोसपा मिलाएर आ आफै ठूलो दल बन्ने रणनीतसमा रहेको बताएकाछन् । माओबादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ ओैँ जल्ला सम्मेलनका लागि प्यूठान आएका नेता पुनले पत्रकार भेटघाटका क्रममा एमाले अध्यक्ष के पि ओलीले जनता समाजबादी पाटी र कांग्रेस सभापति देउवाले लोकतान्त्रिक समाजबादी पाटी मिलाएर ठूलो दल बन्ने रणनीति बनाएको बताए । एमाले अध्यक्ष ओली जसपालाई मिलाएर ठूलो दल बन्ने र चुनाव सम्मनै संबिधानको धारा ३ अनुसार सरकारको नेतृत्व गरिरहने रणनीतिमा रहेको उनको भनाईछ । तर कांग्रेसले पनि लोसपा मिसाएर फेरीठुलो दल बन्ने…
Read More
फोनिजको रजत वर्ष : प्यूठानमा रक्तदान

फोनिजको रजत वर्ष : प्यूठानमा रक्तदान

प्यूठान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा आज देशभर विविध कार्यक्रम गरि मनाईदै छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा प्यूठानले बिहान रक्तदान कार्यक्रम गरिएको छ । ३ जना पत्रकारले रक्तदान गरेको जिल्ला अध्यक्ष सुजल श्रेष्ठले जानकारी दिनुभयो । दिवसको अवसरमा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजालले शुभकामना दिदै फोनिजले आदिवासी जनजातिको मुद्दालाई उठाउन प्रभावकारी भूमिका खेलेको बताउनुभयो । उहाँले जिल्ला शाखालाई सक्रिय रुपमा अघि बढ्न शुभकामना दिनुभयो । कार्यक्रमको सन्चालन सचिब तेजेन्द्र बि.एम.ले गर्नुभएको थियो ।
Read More
लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

देउखुरी । लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा ने क पा एमाले लुम्बिनी प्रदेश संसदिय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएकाछन् । प्रदेश प्रमुख अमिक सेरचनले संबिधानको धारा ७६ को उपधारा २ बमोजिम उनलाई शोमबार नियुक्त गरे ।  एमालेको २९ र नेपाली कांग्रेसको २७ सांसद  सहित ५६ जनाको हस्ताक्षर गरि आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश भएपछि नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएकोछ ।
Read More
संविधानको धारा ७६(२) बमोजिमको प्रधानमन्त्रीमा केपी ओलीको दावी 

संविधानको धारा ७६(२) बमोजिमको प्रधानमन्त्रीमा केपी ओलीको दावी 

काठमाडौं। नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६को उपधारा (२) बमोजिम आफ्नो दाबी पेश गरेकाछन् । प्रतिनिधि सभाका बहुमत सदस्यहरु रहेको नेपाली कांग्रेस र नेकपा एमालेको मसर्थनमा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्। शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर एमाले अध्‍यक्ष ओलीले प्रतिनिधि सभाका कूल सदस्यमध्ये बहुमत सदस्यहरु रहेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्। ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि स्वत पदमुक्त…
Read More
प्यूठान-काठमाडौं सिल्पर एसि डिलक्स बस सञ्चालन, दुई यातायात बिचको प्रतिस्पर्धाले यात्रुलाई सहज

प्यूठान-काठमाडौं सिल्पर एसि डिलक्स बस सञ्चालन, दुई यातायात बिचको प्रतिस्पर्धाले यात्रुलाई सहज

प्यूठान । नमस्ते प्यूठान यातायात सेवा प्रा.लिले शुक्रबारदेखि खलङ्गा काठमाण्डौ एसी डिलक्स बस सेवाको शुरुवात गर्ने भएको छ । उक्त प्रा.लिले प्यूठान सदरमुकाम खलंगा र टिकुरी बसपार्क हुँदै सेवा दिन ५ वटा सिल्पर वाला एसि डिलक्स बस ल्याएको जनाएको छ ।  विहिवार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा शुक्रबारदेखि प्यूठान न पा ७ टिकुरी बसपार्कबाट सेवा संचालन हुने प्रालिका महासचिव मुकेश थापाले जानकारी गराए । उनले भने, `पहिलो चरणमा तीन वटा एयर सस्पेन्सन बस मार्फत यात्रुहरुलाई सेवा दिन लागिएको छ ।  दुई वटा बस तयार हुँदैछन् । भदौ सम्ममा आउछन् ।´ पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले यातायात क्षेत्रमा शिष्ट व्यवहार, खाजा खाना राम्रो ठाउँमा…
Read More
सरकारलाई दिएको समर्थन एमालेद्धारा फिर्ता, मन्त्रीले बुझाए राजिनामा

सरकारलाई दिएको समर्थन एमालेद्धारा फिर्ता, मन्त्रीले बुझाए राजिनामा

काठमाडौं— नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोछ । आज एमालेबाट सरकारमा मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाईसकेका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरू राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए । एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् । राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘राजीनामासँगै समर्थन पनि फिर्ता भएको छ,’ उनले भने।
Read More
कांग्रेस-एमालेको नयाँ सरकार बनाउने तयारी, सहमतीको मस्यौदामा के के छन ?

कांग्रेस-एमालेको नयाँ सरकार बनाउने तयारी, सहमतीको मस्यौदामा के के छन ?

  काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति मध्यरातमा भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ । कांग्रेस-एमाले समझदारीको मस्याैदा : १.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने । २.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने । ३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी । ४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने । ५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने…
Read More
प्यूठान सहित देशभर  महासंका कार्यालयमा युनियनको धर्ना

प्यूठान सहित देशभर महासंका कार्यालयमा युनियनको धर्ना

भिमकला कुवर प्यूठान । नेपाल पत्रकार महासंघ नेतृत्वले सदस्यता बितरण बिधान बिपरित गरि गैर पत्रकारलाई सदस्याता दिएको भन्दै नेपाल प्रेस युनियनले चरणबद्ध आन्दोलन गरिरहेकोछ । महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश, जिल्ला र एशोसियट्स शाखाहरुमा समेत तालाबन्दी गरि आज महासंघ केन्द्रीय मुख्यालय देखि देश भर धर्ना दिएकोछ । प्यूठान शाखामा पनि आज युनियनले धर्ना दिएकोछ । पत्रकार महासंघको गरिमा कायम नभएको, सदस्यता बितरण गर्दा बिधान बिपरित मनोमानी रुपले गरेको, शुद्धीकरण गर्दा पक्षपात गरिएको भन्दै युनियनले सच्चाउन माग गर्दै आन्दोल गर्दै आएकोछ । जस्ले गर्दा केन्द्रीय निर्बाचन समितिले निर्बाचन प्रकृया अगाडि बढाउन सकेकोछैन ।
Read More
पत्रकार महासंघ प्यूठान शाखामा पनि तालाबन्दी

पत्रकार महासंघ प्यूठान शाखामा पनि तालाबन्दी

प्यूठान । नेपाल पत्रकार महासंघको निर्बाचन संघारमा प्रकाशित मतदाता नामावली उपर असहमती जनाउँदै नेपाल प्रेस युनियन देशभर आन्दोलित भएकोछ । युनियनले गयराती नै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकोछ भने जिल्ला शाखा प्यूठानमा पनि प्रेस युनियन प्यूठानले तालाबन्दी गरेकोछ । यसै बिच प्रगतिशिल पत्रकार संगठन नेपाल प्यूठानले पनि महासंघको कार्यालयमा तालाबन्दी गरेकोछ । पत्रकार महासंघको निर्बाचन जबरजस्ती अगाडि बढाउन खोज्ने र आस्था र बिचारको आधारमा सदस्य हटाउन र राख्ने प्रबृत्ति महासंघ केन्द्रीय समितिले गरेको भन्दै महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश र जिल्ला शाखाहरुमा तालाबन्दी गरिएको प्रेस युनियन र प्रगतिशील पत्रकार संगठनले बताए । दुबै संगठनले बिज्ञप्ती जारी गर्दै सदस्यता बिबाध समाधान…
Read More