Skip to main content

सरोकार पोस्ट

प्रमुख समाचार

होटल व्यवसायी र प्रहरी प्रमुख बिच छलफल र शुभकामना आदानप्रदान

होटल व्यवसायी र प्रहरी प्रमुख बिच छलफल र शुभकामना आदानप्रदान

प्यूठान । होटल व्यवसायिहरुको छाता संगठन होटल व्यवसायि संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारी लाई स्वागत तथा सम्मान गर्दै विजया दशमी तथा दिपावली छट सहितका चाडबाडहरुको शुभकामना आदान प्रदान गरेको छ । संघका अध्यक्ष लिलाधर न्यौपानेको अध्यक्षता तथा डिएसपी अधिकारीको प्रमुख आतपथ्यतामा होटल व्यवसायि महासंघका केन्द्रीय सचिव धनेश्वर भण्डारी, प्रदेश समिति बरिष्ठ उपाध्यक्ष दधिराम भण्डारी, कोषाध्यक्ष जुद्ध कवर,संस्थापक तथा पुर्व अध्यक्ष लगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा जिल्लामा होटल व्यवसायिहरुको सुरक्षा अवस्था, चुनौती र आपसी समन्वय कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा छलफल समेत भएको संघका महासचिव खेमराज बस्नेतले बताए ।
Read More
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जित

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जित

११ असौज । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। नेपालले टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको हो। शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक-एक विकेट लिए…
Read More
`हतियार लुटिएको र कैदी भागेका कारण सुरक्षा चुनौतीपूर्ण छ´ : प्यूठान प्रहरी प्रमुख अधिकारी

`हतियार लुटिएको र कैदी भागेका कारण सुरक्षा चुनौतीपूर्ण छ´ : प्यूठान प्रहरी प्रमुख अधिकारी

प्यूठान । जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले पछिल्लो सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकोले सबै पक्षले सहयोग गर्न आव्हान गरेकाछन् । जेन्जी आन्दोलनका क्रममा प्रहरीका हातहतियार लुटिएको र जेलबाट कैदीबन्दीहरु फरार भएका कारण देशमा शुरक्षाअवस्था चुनौतीपूर्ण रहेको बताउँदै डिएसपि अधिकारीले प्रहरीले मात्र जनताको सुरक्षाअवस्था चुस्त पार्न कठिन हुने बताए । उनले सबैपक्षबाट सहयोगको आशा गरेको बताएकाछन् । उनले भने,` चाडपर्बहरुमा प्यूठानको सुरक्षा व्यवस्था चुस्त बनाउन विभिन्न रणनीति तय गरेकाछौँ । तर नागरिक, सञ्चारक्षेत्र, राजनीतिक दलहरु लगायत सबै समेन्त्रबाट सहयोग भयो भने मात्रै सुरक्षा अवस्था प्रभापकारी बनाउन सकिन्छ ।´ जिल्लामा यातायात तथा ट्राफिक व्यवस्थापन, बजार अनुगमन, अपराध न्युकरणका लागि…
Read More
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।
Read More
आज नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा

आज नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा

काठमाडाैँ । बडादशैँ अर्थात नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने गरिन्छ । सम्पूर्ण जगतका हरकणमा ऊर्जा र प्राणशक्तिको अनुभवले नै मानिसलाई सफलताको विन्दूमा पुर्याउने गर्दछ । यही सर्वव्यापी, जागृत, प्रत्यक्ष बुद्धिमत्ता सृष्टिमा अनुभव गर्नु नै कुष्माण्डा हो । कुष्माण्डाको शाब्दिक अर्थलाई हेर्दा यसको अर्थ लौका एवं कुपिण्डो भन्ने हुन्छ । यसको प्रतिकात्मक अर्थले हामीहरूको प्राणशक्ति पनि कुपिण्डो वा लौका जस्तै आकार र स्वरुपको छ भन्ने बुझिन्छ । लौका र कुपिण्डो केबल महाज्ञानी वा विद्वान ब्राह्मणको भोजन भएको पूर्वीय मान्यता छ । वैज्ञानिक दृष्टिले हेर्ने हो भने लौका र कुपिण्डोलाई प्राणशक्ति, बुद्धि र शारीरिक शक्ति बढाउने स्रोतको रुपमा मान्ने गरिएको…
Read More
अन्तरिम सरकारका ऐतिहासिक निर्णयहरू

अन्तरिम सरकारका ऐतिहासिक निर्णयहरू

काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ । यसैगरी सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रिपरिषद्ले यही असोज ५ गते गरेको निर्णयानुसार सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाइनेछ । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनःरुत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनःप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती…
Read More
दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा

दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा

८ असोज । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरि मनाइदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि लागेको छ । आज देशैभरीका शक्तिपिठहरु कोटघरहरुमा देवीको पुजाआरधना गरिदै छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरु र उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा…
Read More
नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना

नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना

काठमाडाै। नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने गरिन्छ । अशीम अनन्तमा विद्यमान वा गतिमान ब्रह्मचारिणीको अर्थ हुन्छ । ब्रह्मचर्यको शब्दले गतिमान हुनु र विद्यमानलाई जनाउने गर्दछ । अर्थात्, तुच्छता वा निम्नतामा नरहनु नै ब्रह्मचर्य हो । ब्रह्मचारिणीलाई शाब्दिक रुपमा भन्दा यो सर्व व्यापक चेतान हो भन्न सकिन्छ । अर्कोतर्फ ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचार गर्नु भन्ने हुन्छ । तसर्थ तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमाभन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् । नवदूर्गाहरूमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् ।…
Read More
मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले सम्हाले जिम्मेवारी

मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले सम्हाले जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शोमबार नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराएका हुन् । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
Read More
कांग्रेसका १०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले मागगरे बिशेष महाधिवेशन

कांग्रेसका १०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले मागगरे बिशेष महाधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका १०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले पार्टीभित्र देखिएका समस्या समाधान र सुधारिएको भविष्यको बाटो तय गर्न विशेष महाधिवेशन माग गरेका छन् । प्रतिनिधिहरूले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विज्ञप्तिमा अतितमा भएका गल्तीका लागि जनतासँग क्षमा माग्दै नयाँ दिशातर्फ पार्टीलाई अघि बढाउन विशेष महाधिवेशन बाहेक अर्को विकल्प नरहेको उल्लेख गरिएको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व सांसद जनक गिरी, महाधिवेशन प्रतिनिधिहरु देवराज चालिसे, नारायणप्रसाद भट्टराई, तारानाथ दाहाल, कृष्ण रिजाल, विनोद खनाल, टेकराज पौडेल, उज्ज्वल बराल, रामपल्टन शाह, रुद्र कान्दडवा, कुमार लुइटेललगायत १०० भन्दा बढीले विज्ञप्तसमा हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “पार्टी र…
Read More