सरोकार पोस्ट

Day: २०८२ भाद्र २३, सोमबार

जेन–जी आन्दाेलनमा मृतककाे संख्या १९ पुग्याे, गृहमन्त्री लेखकले दिए राजीनामा

जेन–जी आन्दाेलनमा मृतककाे संख्या १९ पुग्याे, गृहमन्त्री लेखकले दिए राजीनामा

२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएकाहुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाले ज्यान गुमाइसकेका छन् । काठमाडाैका बिभिन्न अस्पातालहरुमा साडे ३ सय बढिले उपचार गराइरहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।
Read More
जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १४ जनाको  मृत्यु

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु

२३ भदाै काठमाडाै । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । आज दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । बिर अस्पतालको ट्रमा सेन्टरमा ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे…
Read More
जेन–जी प्रदर्शन – प्रहरीले गोली चलाउँदा मृत्युहुनेकाे संख्या १०

जेन–जी प्रदर्शन – प्रहरीले गोली चलाउँदा मृत्युहुनेकाे संख्या १०

२३ भदाै काठमाडाै । जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्युहुनेकाे संख्या १० पुगेकाे छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्या्इएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । '१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,' उनले भने, '२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ । सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए । केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु…
Read More
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुग्यो

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरुमा गरी मृत्युहुनेकाे संख्या ९ पुगेकाे हाे । बिर अस्पतालकाे ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । काठमाडाैका बिभिन्न अस्पतालहरुमा सयाैकाे उपचार भैरहेकाे छ । केएमसीमा २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा सयाैँ घाइतेहरुकाे उपचार भइसकेको छ ।
Read More
जेन–जी आन्दाेलन चर्किदै प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद बैठक

जेन–जी आन्दाेलन चर्किदै प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद बैठक

३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भइसकेको छ । यद्धपी पुष्टीहुन बाँकी छ । अहिले पनि प्रदर्शन जारी छ ।
Read More
जेन–जी आन्दाेलनमा दुइकाे मृत्यु

जेन–जी आन्दाेलनमा दुइकाे मृत्यु

२३ भाद्र काठमाडोै । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेको छ । निजामति अस्पतालमा अर्का एक घाइतेको पनि मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । यो सँगै मृत्युहुनेको संख्या दुइ पुगेको छ । यद्धपी चार जनाकाे मृत्यु भै‌सकेकाे बताइएपनि पुष्टी भएकाे छैन । दुइ युवाको मृत्य पछि प्रर्दशनकारी थप आक्रोशित भएकाछन् । प्रदर्शनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् । प्रहरीको गोली लागेर कयौं घाइते भइसकेका छन् । करिब एक सय घाइतेहरूको उपचार निजामती अस्पतालमा भइरहेको छ । काठमाडौंको…
Read More
प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त , सरकारलाइ संयमित हुन नेताहरुकाे आग्रह

प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त , सरकारलाइ संयमित हुन नेताहरुकाे आग्रह

२३ भदौ, काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ । प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । भागदौडमा कतिपय घाइते भएका छन् । यसैबिच अन्देलनमा थप क्षेतिहुन नदिन सरकार जिम्मेवार बन्न सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले अग्रह गरेकाछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जेन-जी…
Read More
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेका एकको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेका एकको मृत्यु

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवा पुस्ताको आन्दोलन भड्किएर संसद् भवनभित्र प्रवेश गर्न लागेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाएपछि संसदीय समितिमा पुगेका गृहमन्त्री रमेश लेखक पनि आकस्मिक बैठकका लागि भन्दै समितिबाट बाहिरएका छन् । अवस्था तनावग्रस्त भएपछि माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर…
Read More