प्यूठान । लुम्बिनी प्रदेश संसदमा सामाजिक सशक्तीकरणका सवालमा खरो रुपमा प्रस्तुत हुँदै आएकी प्रदेश संसद निमा गिरीले आफ्नो कार्यकालको दोस्रो रिपोर्ट-कार्ड(बार्षिक प्रतिबेदन) सार्बजनिक गरेकीछन् । बालबिबाह, मादक पदार्थ सेवनले निम्त्याएकाे घरेलु तथा महिला हिंसा , गरिबी लगायतका बिषयलाई प्राथमिकता दिएर प्रदेश सदनमा खरोरुपमा प्रस्तु भई नीतिगत र सामाजिक सशक्तीकरणका लागि जोडदार आवाज उठाउँदै आएकी गिरीले आफूले गरेका गतिबिधिलाई समेटेर दोस्रो पटक प्रतिवेदन सार्बजनिक गरेकीहुन् । उनको यो अभ्यासले अन्य सांसदहरुलाई समेत सिको गर्न चुनौती दिईरहेकोछ ।जननिर्वाचित प्रतिनिधिहरु मध्य आफूले गरेका बर्षभरीका गतिविधिलाई समेटेर प्रतिबेदन सार्बजनिक गर्ने सम्भवतः संसदिय ईतिहाँसमा सांसद गिरीनै हाल सम्मकै पहिलो महिला सांसद हुन् । सांसद गिरीले…