Skip to main content

सरोकार पोस्ट

Day: २०८१ पुष ५, शुक्रबार

`सुतेका जनताको मलाई मतलव छैन, उठेकालाई सहयोग गर्छु´: सांसद थापा

`सुतेका जनताको मलाई मतलव छैन, उठेकालाई सहयोग गर्छु´: सांसद थापा

प्यूठान । संघिय सांसद सुर्य बहादुर थापाले सुतेर बसेका जनतालाई आफूले नउठाउने भन्दै उठेका जनताका आवस्यकता पूरा गर्ने बताउनु भएको छ । प्यूठान उद्योग बाँणिज्य संघ भित्रिकोट बजार ईलाकाले प्यूठान नगरपालिका ७ टिकुरी बसपार्कमा आयोजना गरेको प्रथम भित्रिकोट कृषि तथा पर्यटन महोत्सवको उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै उहाले विकासका लागि सचेत जनता र उठेर जागरुक भएका जनताको मात्रै आवस्यकता पूरा गर्ने उद्घोष गर्नुभयो । तर उहाले विकास योजना कसरी माग गर्न नजान्ने र चेतना स्तर कम्जोर भएका जनताको स्तर वृद्धि गर्ने आफ्नो जिम्मेवारी हो कि होईन भन्ने बिषयमा केही उल्लेख गर्नु भएन । भिडियो उहाले देशमै रोजगार सिर्जना गरि युवालाई स्वरोजगार…
Read More
कांग्रेसको पालिका सम्मेलन भोलिदेखि

कांग्रेसको पालिका सम्मेलन भोलिदेखि

प्यूठान । नेपाली कांग्रेस प्यूठानले स्थानिय तह केन्द्रीत सम्मेलन भोलीदेखि सञ्चालन गर्ने भएकोछ । पौष ६ गते सरुमारानी गाउँपालिकाको बांगेशालमा सम्मेलन गर्ने नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले बताउनुभयो । पौष ७ गते माण्डवीमा सम्मेलन हुने उहाले बताउनुभयो । पौष १६ गते भित्र जिल्लाका ९ वटै स्थानियमा सम्मेलन सम्पन्न गर्ने गरि कांग्रेसले कार्यतालिका सार्बजनिक गरेको हो । समेलनमा पाटी निकट सबै भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवस्यक प्रशिक्षण समेत गरिने कांग्रेसले जनाएकोछ । सम्मेलनमा सम्बन्धित स्थानियत तहका सबै भातृ तथा शुवेच्छुक संगठनका नेतृत्वले कार्यकर्ताको सहभागिता गराउन नेपाली कांग्रेस प्यूठानले सर्कुलर गरिसकेको जनाएकोछ । कांग्रेसको यश अभियानमा पालिकामा…
Read More
न्याय समिति बिच सिकाई आदान-प्रदान प्यूठान धनवाङ्गमा

न्याय समिति बिच सिकाई आदान-प्रदान प्यूठान धनवाङ्गमा

प्यूठान । जिल्ला स्तरीय न्यायिक समितिहरुका बिच दुईदिने सिकाई आदानप्रदान तथा समीक्षा कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको पर्यटकिय स्थल धनवाङमा सुरु भएकोछ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर दुईकाे सामुदायिक मगर हाेमस्टे धनवाङमा कार्यक्रम शुभारम्भ भएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बतनउनुभएको हो । स्थानिय तहमा सहज न्याय सम्पादनकाे लागि न्यायिक समितिहरु बिच सिकाई आदान प्रदान गर्ने र आपसमा हातेमालो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएकोछ । जिल्लाका नाै वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र न्यायिक क्षेत्रमा कार्यरत कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । स्थानिय तहमा न्यायिक क्षेत्रमा भए गरेका कार्यहरुकाे बिवरण चुनाैति तथा न्याय सम्पादनमा गरेका गतिविधिहरुकाे प्रदिबेदन प्रस्तुत गरीएकाे थियाे ।…
Read More