प्यूठान । स्थानिय तह न्याय सम्पादन समितको संयोजक उपप्रमुख /उपाध्यक्ष हुन्छ । तर न्यायोजित निर्णय लिन नसक्दा वा न्याय समितिका जिम्मेवार जनप्रतिनिधिनै पुर्वाग्रह भएको भन्दै जनताले वास्तविक न्यायको अनुभूति पाउन नसकेको सामाजिक सञ्जाल मार्फत व्यक्त हुन थालेकोछ । जनताकै घरदैलोको सिंह दरबार भनेर स्थापना भएका स्थानिय तहहरु मध्य प्यूठान जिल्लाको प्रमुख केन्द्रबिन्दुमा रहेको स्थानिय तह प्यूठान नगरपालिका हो । स्थानिय तहको पहिलो निर्बाचनबाट निर्बाचित मेयर अर्जुन कुमार कक्षपति र उपमेयर शान्ता आचार्य नेतृत्वले प्यूठान नगर भित्रको शौन्दर्यलाई खलल पार्ने बजार क्षेत्रका छाप्रे पसल र ढेब्री पसल हटाउने निर्णय गरेको थियो । एमाले-माओबादी गठबन्धनबाट निर्बाचित भएकाे त्यो नेतृत्वले बेलुवा बगर देखि…
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागले जनाएकोछ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा मौषम बदली छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,…
देउखुरी । लुम्बिनी प्रदेश सरकारले लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले वितरणको व्यवस्था मिलाउन सुझाव दिदै कार्यदलले प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । सञ्चार क्षेत्रका समस्या अध्ययन गर्न गठित कार्यदलले जनता, राष्ट्र, राष्ट्रियताका पक्षमा संवेदनशील सञ्चार माध्यमलाई जगाउनु प्रदेश सरकारको कर्तव्य रहेको भन्दै तयार पारेको प्रतिवेदन सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाइएको हो । प्रदेश सरकारले छापा माध्यममा रोजगारी संख्या, राज्यलाई बुझाउने राजश्व, न्यूनतम पारिश्रमिक कार्यान्वयन, प्रदेश भित्रको वितरण क्षेत्र आदि लगायतका आधारमा विशेष सहुलियत, सुविधा र आर्थिक अनुदानको व्यवस्था गर्नुपर्ने पनि प्रतिवेदनमा सुझाव दिइएको छ । त्यस्तै प्रदेश सरकारबाट वितरण हुने लोककल्याणकारी विज्ञापनको रकम समयानुकूल नभएको तथा लोककल्याणकारी विज्ञापनको न्यायोचित…