प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी गुणस्तरिय शिक्षामा जोड, गुणस्तरिय स्वास्थ्य सेवा लगाएतका बिषयलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले ४१ करोड १९ लाख ९८ हजार ६ सय ९ रुपैया बराबरको बजेट सार्वजनिक गरेकाछन् । जस मध्ये, संघिय समानिकरण अनुदान तर्फ ८ करोड ३१ लाख, संघिय सर्शत अनुदान तर्फ १७ करोड १० लाख ५४ हजार, संघबाट राजस्व बाँडफाँडबाट ७ करोड ७६ लाख ४८ हजार ८ सय २७ रुपैँया, मुल्य अभिवृद्धि कर बापत) र समपुरक तर्फगरी २ करोड ८५ लाख रुपैया प्राप्तहुने अनुमान सहितको बजेट प्रस्तुत गरिएको हो । प्रदेश सशर्त अनुदान तर्फ ७४…
ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजारप्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकाहुन् । पुजिगत तर्फ १५ करोड ८० लाख ५० हजार र चालु तर्फ ३७ करोड २४ लाख ६८ हजार बजेट किनियोजन भएकोछ ।ऐरावतीमा उत्कृष्ट कृषक, कर्मचारी, शिक्षक, विद्यार्थीलाई सम्मान गरियोगाउँसभामा कृषिमा उत्कृष्ट कार्य गरेवापत वडा नम्बर १ का कृषक छव बहादुर गुरुङ्गलाई सम्मान गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुबाट उत्कृष्ट कर्मचारीहरु छनोट गरी सम्मान गरिएको छ ।सिनियर अ.हे.व दिपक…
प्यूठान । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्षका लागि करिब ८२ करोड लाख हजारको बजेट सार्बजनिक गरेको छ । प्यूठान नगरपालिकाले विकास पुर्बाधार तर्फ करिब ३० करोड बजेट सहित ८२ करोड बडिको बजेट प्रस्तुत गरेको हो । प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि विशेष गरि बिपन्न नगरिकको चुलोमा नगरपालिका कार्यक्रम, बिपन्न रोजगार कार्यक्रमलाई नयाँ कार्यक्रमको रुपमा बजेट प्रस्ताव गरेको नगर प्रबक्ता शुमनराज श्रेष्ठले बताए । प्यूठान नगरपालिकाले सडक पुर्बाधार २ करोड, कृषि तर्फ १ करोड, पशु पंन्छी ५० लाख, खानेपानी, सिंचाई र नदी नियन्त्रण १ करोड, प्रशासनिक खर्च १० करोड, विपन्न परिवार परिवारको चुलोमा नगरपालिका कार्यक्रमका लागि ३५ लाख,…
प्यूठान । प्युठानको नौबहिनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु. ६६ करोड २३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका गाउँसभा तथा १६ औं अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष विस्ना थापाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजरीकरणका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाले सङ्घीय सरकारबाट अनुमानित प्राप्त रकम राजस्व बाँडफाँड तर्फ ११ करोड ९४ लाख, वित्तीय समानीकरण अनुदान तर्फ रु. १० करोड १८ लाख र शसर्त अनुदान तर्फ २३ करोड ६२ लाख, विशेष अनुदान तर्फ रु. ७५ लाख र समपुरक अनुदान तर्फ रु. १ करोड बजेट प्रस्तुत गरिएको छ…
प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाले निती तथा कार्यक्रम प्रस्तुत गरेपनि जनप्रतिनिधि बिचको बिबाधका कारण आज बजेट ल्याउन सकेन । जनप्रतिनिधिका बिचमा सहमती हुन नसक्दा बजेट ल्याउने कार्यक्रम रोकिएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । आगामी २८ गते दिउसो १ बजेसम्मका लागी सबै कार्यक्रम स्थगित गरिएको उनले बताए । कतिपय योजनाको बिषयमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधि असन्तुष्ट भएकाले बजेट ल्याउने कार्यक्रम प्रभावित भएको उपाध्यक्ष पोख्रेलले जानकारी दिए । तर एमाले र जनमोर्चाका जनप्रतिनिधीहरुले भने अध्यक्ष, उपाध्यक्ष, सहितको टोलिले आफुखुसी ३ करोड ३१ लाख रुपैया बराबरका योजना प्रकृया बाहिर गएर निती तथा कार्यक्रममा समाबेश गरेका कारण बिरोध…
प्यूठान । गौमुखी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेको छ । आज बसेको १७ औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष महाविर रानाले ४६ करोड २० लाख ९७ हजार बराबरको बजेट पेश गर्नुभएको हो । गाउँपालिकाको नीति तथा कार्यक्रम यसअघि नै पहिलो बैठकमा अध्यक्ष विष्णु कुमार गिरीले प्रस्तुत गरिसक्नु भएको थियो । गाउँपालिकाको शभाहलमा गाउँपालिका उपाध्यक्ष महाबिर रानाले गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुभयो । गाउँपालिकाले शिक्षालाइ प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । कुल बजेटको ४७.६६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरिएको उपाध्यक्ष रानाले बताउनु भयो । गाउँपालिकाले पुजिगत तर्फ ८ करोड ९१ लाख ११…