प्यूठान। जिल्लामा बर्ड फ्लु संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले कुखुरा तथा अण्डाको आयातमा कडाइ गरेको छ। जिल्ला स्तरीय बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट भित्रिने कुखुरा तथा अण्डाजन्य बस्तुमा १५ दिनका लागि पूर्ण नियन्त्रण गर्ने निर्णय गरेको हो। देशका विभिन्न जिल्लामा बर्ड फ्लु देखिन थालेपछि सतर्कता अपनाउँदै यस्तो निर्णय गरिएको समितिका सदस्य सचिव तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका प्रमुख विनोद शर्माले जानकारी दिए। उनका अनुसार, “यो अस्थायी कदम हो, १५ दिनपछि अवस्थाको पुनः मूल्यांकन गरी आवश्यक निर्णय लिइनेछ।” बैठकले जिल्लाभित्र रहेका कुखुरापालक व्यवसायीलाई फर्ममा अनिवार्य रूपमा जैविक सुरक्षा (Biosecurity) अपनाउन निर्देशन दिने निर्णय समेत…
प्यूठान। झिमरुक र लुङ नदीले छुट्याएका प्यूठानका तटीय बस्ती अब स्थायी रूपमा मुख्य सडक सञ्जालसँग जोडिने भएका छन्। किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्ने गरी तीनवटा पक्की पुल निर्माणको काम तीव्र गतिमा अघि बढेपछि स्थानीय बासिन्दाको वर्षौँदेखिको आवागमन समस्या समाधान हुने भएको हो। वाग्दुला–मच्छी र वाग्दुला–बाहाने सडकको विपरीत तर्फ रहेका यी क्षेत्रका बासिन्दा कच्ची सडक हुँदाहुँदै पनि नदीमा पुल नहुँदा सवारी साधन प्रयोग गर्न वञ्चित थिए। पुल निर्माणसँगै अब उनीहरू सीधै सडक सञ्जालमा जोडिने भएका छन्। किटघाट (कुटिचौर) पुल २०८१ असार ७ गते ४ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको थियो। निर्माण कम्पनी आशु निर्माण सेवा (बालाजु…