प्यूठान । प्यूठानका सामुदायिक बिद्यालयको गत बर्षको जतिजाले सबैलाई लज्जित बनायो । प्यूठानका शिक्षक अनेत्र जिल्लामा समेत पुगेर शिक्षण गर्दै आएको ऐतिहासिक धरातलले लाई समेत चुनौति थपियो । साक्षर जिल्ला प्यूठानका अधिकांस सामुदायिक बिद्यालय एस ई ई मा सुन्य भए । शिक्षामा हरेक पालिकाले गरेको करोडौंको लगानी खेर गयो । सबै स्थानिय तह चिन्तित भए र शैक्षिक गुणस्तर बृद्धिगर्न विभिन्न योजना बनाए । तर योजना कार्यान्वयनमा नौबहिनीले देखाएको अग्रसरताले नौबहिनीका सामुदायिक बिद्यालयको चित्र देखायो । शिक्षकहरु शैक्षिक योजना बिना कक्षामा जाने, शैक्षिक सामग्री निर्माण र प्रयोगमा ध्यान नदिने परिपाटीले शिक्षामा गुस्तर खस्किदै गएको र अभिभावकको बिश्वसनियता घट्दै गएको ओैल्याईएको छ…
प्यूठान । प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानको आठौ जिल्ला अधिवेशनबाट पुन: बाशुदेव गिरी सर्बसम्मत चयन भएकाछन् । शाखाको अधिवेशन सर्बसम्मत भएको चौतारीले जनाएकोछ । शाखाको उपाध्यक्षमा राम ब बिक, महिला उपाध्यक्ष सीता बिक, सचिब बोम बहादुर परियार, सह सचिब तेजेन्द्र बिएम, सह सचिब भुवनसिह केसी, कोषाध्यक्ष हेमन्त पाठक चयन भएको नब निर्बाचित अध्यक्ष गिरीले जानकारी गराए ।