प्यूठान । जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेहरु बढ्दै जान थालेका पछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्यूठानका नौ वटै स्थानिय तहका प्रमुख सहितको सरोकारवाला सहितको छलफलले जिल्लामा बढ्दो आत्महत्या दरलाई न्यूनिकरणका लागि मनोरोगका कारणहरूको पहिचान, रोगीहरूको निदान र उपचारमा समयमै ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ । यश आर्थिक बर्षको सुरुवात देखि पौष २३ गते सम्म प्यूठान जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुशार जिल्लामा विभिन्न तवरबाट २९ जनाले आत्महत्या गरेकाछन् । गत आर्थिक बर्षमा ७९ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्ड छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केशव के सीले यो बिषय सामाजिक बिकृतीको रुपमा देखिएको बताए । आत्महत्या गर्नेमा लुम्बिनी प्रदेशमै…
काठमाडौं । व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा एमालेका नेताहरूले असहमति जनाएका छन् । च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले कुनै अमूक व्यापारीले दिने दानको घरबाट पार्टी सञ्चालन हुनु राम्रो नहुने धारणा राखेका हुन् । ‘बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन र पार्टी कामका अरू विषयमाथि नै नेताहरूले कुरा राख्नुभयो । तर दोस्रो दिन खुलेर समस्याहरुमाथि कुरा भयो’, बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार ब्यापारीको दानमा पाइने घरमा पार्टी कार्यालय राख्न नहुनेमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईको बढी जोड थियो । `दिन्छु भन्नेलाई धन्यवाद भनौं र दान लिने निर्णयबाट फिर्ता होऔं’, भट्टराईको प्रस्ताव थियो, ‘जुन…
जोगिन्द्र मल्ल प्यूठान । लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपात तथा असिनापनीका कारण चिसो बढेकोछ । प्यूठानको स्याउलिवाङ्ग, अर्खा, रजबारा लगायतका ठाउँहरुमा असिनापानीले कृषकले लगाएको गहुँबालीमा समेत क्षेतिपुगेको छ । उच्च भु भागहरुमा हल्का हिमपात भइरहेको छ । आज राती पनि हिमपात सँगै पानी पर्ने मौषम पुर्वानुमान माहाशाखाले जनाएकोछ । मौषम चिसो हुने भएकाले सतर्क रहन र चिसोबाट जोजिन ममहाशाखाले आग्रह गरेकोछ ।