बाँके । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशकाे नयाँ नेतृत्व चयन भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा सम्पन्न दाेस्राे अधिवेशनबाट टेकेन्द्र बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हो । उनी बाँकेबासी हुन् । बरिष्ठ उपाध्यक्षमा लाेकेन्द्र सुनार( प्युठान) उपाध्यक्ष कृष्ण दर्नाल (पाल्पा) भरत नेपाली (राेल्पा), सचिव अनिल नेपाली( अर्घाखाँची ), सह–सचिव विवेक विश्वकर्मा ( रुपन्देही ), अरुण कुमार नेपाली ( दाङ), कोषाध्यक्षमा विधुत्मा रैका (बाँके) निर्वाचित हुनुभएकाे हाे । त्यसैगरी सदस्यहरुमा जगतलाल नेपाली ( रुपन्देही) ,सित्मति रैदास ( नवलपरासी ), राम बहादुर गन्धर्व ( कपिलवस्तु ) राहुल विश्वकर्मा (बर्दिया ), रामसरण रैदास (कपिलवस्तु) अनिता नेपाली ( बाँके) निर्वाचित भएका…
भिमकला कुवर प्यूठान । बिहीवारदेखि सुरु भएको नौबिनी गाउँपालिकाको दोस्रो अध्यक्ष कप प्रतियोगिताको उपाधी पुरुष तर्फ ७ नं वडा र महिला तर्फ १ नं वडाले हासिल गरेकाछन् । नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा बिहिवार अध्यक्ष कप खेल अन्तर्गत भलिवल खेल उद्घाटन भएको थियो । शनिवार सम्पन्न अध्यक्ष कप अन्तरगत अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएकोमा ८ वटै वडाबाट पुरुष र महिलाहरुको टिम खेलमा सहभागी भएकाे खेलकुद विकास समितिका अध्यक्ष जनक बुढा मगरले जानकारी दिए । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने ७ नं वडाले टिमले ६१ हजार १ सय ११ रुपैंया नगद…
प्यूठान । नेपाली काङग्रेस प्यूठानले सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरेकोछ । शनिवार सरुमारानीको बांगेसालबाट अभियान सुरु गरेको नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी दिनुभएको हो । समेलनमा पाटी निकट बिभिन्न भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवस्यक प्रशिक्षण समेत गरिएको कांग्रेसले जनाएकोछ । सरुमारानी गा पा सभापति लक्ष्मण जि सी को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काङग्रेस लुम्बिनी प्रदेश सह-महामन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी रहनुभएको थियो। कार्यक्रमको बिशिष्ट अतिथी नेपाली काङ्ग्रेस प्युठानका सभापति बिष्णु कुमार गिरि र रोल्पा जिल्ला सभापति किशोर आचार्य हुनुहुन्थ्यो । यस्तै अतिथिहरुमा लुम्बिनी प्रदेश सभा सदस्य माननिय धनलक्ष्मी…