दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न र एकिकृत रुपमा सेवा प्रवाहको सहजताकोलागि अपांगता अधिकार ऐन निर्माण गरिने बताउनु भएको छ । राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशले सोमवार मुख्यमन्त्री आचार्य संग भेट गरेको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले अपांगता अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले ऐन जारी गर्ने र त्यसकालागि सरोकारवाला पक्ष संग समेत सहकार्य गरिने स्पष्ट पार्नु भएको छ ।‘अपांगता भएका व्यक्तिहरुको सेवा प्रवाहमा सहज पहुँच पु¥याउन प्रदेश सरकार प्रतिबद्ध छ’उहाँले भन्नुभयो,‘अपांगता भएका व्यक्तिहरुलाई एकिकृत रुपमा सेवा प्रवाहकालागि ऐन, नियम बनाएर सम्वोधन गर्छौं ।’ सामाजिक विकास मन्त्रालय मार्फत अपांगता अधिकार सम्वन्धि अधिकार सुनिश्चितताका लागि ऐन…