सरोकार पोस्ट

Day: २०८२ फाल्गुन ३, आईतवार

सार्वजनिक प्रतिक्षालय कब्जामा एमाले! आचारसंहिता मिच्दै सम्पर्क कार्यालय

सार्वजनिक प्रतिक्षालय कब्जामा एमाले! आचारसंहिता मिच्दै सम्पर्क कार्यालय

प्यूठान। प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुनः विवादमा तानिएको छ। प्यूठानमा एमालेका उम्मेदवार सूर्यबहादुर थापा को नाममा सार्वजनिक प्रतिक्षालयमै पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको खुलेको हो। गौमुखी गाउँपालिका २ अर्खा क्षेत्रमा रहेको एक सार्वजनिक प्रतिक्षालयमा वडा स्तरीय सम्पर्क कार्यालय सञ्चालन गरिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय तहमा तीव्र असन्तोष फैलिएको छ। प्रतिक्षालयमा पार्टीको होर्डिङ बोर्ड, झण्डा र चुनाव चिन्ह टाँसिएको देखिन्छ। सामाजिक सञ्जालमा देखिएको तस्बिर:- निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक सम्पत्ति, सरकारी भवन तथा सार्वजनिक संरचना कुनै पनि दल वा उम्मेदवारले चुनावी प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन। तर यहाँ भने खुलेआम सार्वजनिक स्थानलाई पार्टी कार्यालयमा परिणत गरिएको देखिएको छ।…
Read More
‘असम्भव वाचा गर्दैन, तर जितेपछि जनताले गाली नगर्ने गरी काम गर्छु’ :- डा. पोख्रेल

‘असम्भव वाचा गर्दैन, तर जितेपछि जनताले गाली नगर्ने गरी काम गर्छु’ :- डा. पोख्रेल

प्युठान। नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. गोविन्दराज पोख्रेलले असम्भव वाचा नगर्ने तर जितेपछि जनताले गाली नगर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। घरदैलो अभियानका क्रममा उहाँले प्यूठानको दीर्घकालीन विकाससँग जोडिएका पाँच प्राथमिकता सार्वजनिक गर्नुभएको हो। डा. पोख्रेलका अनुसार कृषि उत्पादन वृद्धिका लागि सिंचाइ विस्तार, युवा सीप विकास तालिम केन्द्रको प्रभावकारी सञ्चालन, नौमुरे योजना कार्यान्वयनमा बजेट सुनिश्चितता, बाग्दुला–स्याउलिबाङ हुँदै मध्यपहाडी सडक ढोरपाटनसम्म सडक जोड्ने पहल तथा बाग्दुला–भिमगिठे सडक निर्माण अघि बढाउने विषय मुख्य प्राथमिकतामा छन्। साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार तथा योजना कार्यान्वयनका नियमावली संशोधनमा पहल गर्ने उहाँको भनाइ छ। नेपाली कांग्रेस प्यूठानका सभापति तथा निर्वाचन परिचालन समितिका…
Read More
कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने, आइतबारको कार्यक्रम स्थगित

कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने, आइतबारको कार्यक्रम स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताए । कांग्रेसले ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको शुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए । निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र पेश गर्न आइतबारसम्मको समय दिइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।
Read More