काठमाडौँ । देशमा भिजिट भिसाको दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले यसलाई नियमन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र बनेपछि तत्कालीन अवस्था सुधार गर्न समिति गठन गरिएको हो । “हामीले हालै देखिरहेका छौँ कि धेरै नागरिक पर्यटक भिसामा विभिन्न देशहरूमा गएर त्यहीँ अवैधानिक रूपमा रोजगारीमा लागिरहेका छन ”ढकालले भने, “यसले नेपाल सरकारको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको छ । ” उनका अनुसार गठित समितिले भिजिट भिसा वितरण, निगरानी र मूल्याङ्कन प्रणालीमा आवश्यक सुधार गर्न सिफारिस गर्नेछ । साथै, विदेशी नियोगहरूसँग समन्वय गर्दै गलत प्रयोग रोक्न कानुनी र प्रशासनिक…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पुर्ब शिक्षा मन्त्री सुमना श्रेष्ठले आन्दोलनको बलमा ऐन बनाउन नहुने प्रतिकृया दिएकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा सांसद श्रेष्ठले समय तोकेर ऐन बनाउने सहमति गर्न नहुने धारणा राखिन् । ‘आन्दोलनको भरमा विधेयक बन्दैन । आन्दोलनले मुद्दा स्थापित हुन्छ । तर विधेयक बनाउन यति दिन उति दिन भन्ने होइन । मिहीन ढंगले गर्नुपर्ने हुन्छ,’ उनले तर्क राखिन् । शिक्षक महासंघ सँग १५ असार भित्र ऐन जारी गर्ने सहमतिको प्रसंगमा सांसद श्रेष्ठले यो विषय उठाएकी हुन् । ‘सडक र दलको प्रेसरबाट विधेयक बन्दैन,’ उनले भनिन्, ‘त्यो बेला विद्यार्थीको…