प्यूठान । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको ५६ ओैँ स्थापना दिवसको अवसरमा प्यूठानमा बिबिध कार्यक्रम गरि मनाईएकोछ । नेबिसंघ प्यूठानले प्यूठान अस्पताल बिजुवारमा रहेका ३० जना बिरामीहरुलाई जुस रफलफूल बितरण गरि आफ्नो ५६ ओैँ स्थापना दिवस मनाएको हो । नेबिसंघले आपसमा शुभकामना आदान प्रदान गर्दै भेटघाट र सांगठानिक गतिबिधिको समेत समीक्षा गर्दै स्थापना दिवस मनाएको जिल्ला अध्यक्ष कल्याण बिक्रम केसीले जानकारी गराए ।
प्यूठान – २०६२/०६३ को जनआन्दोलनपछि बितेका करिब दुई दशकमा १६ वर्ष सत्तामा बसेको नेकपा माओवादी केन्द्र अहिले प्रमुख प्रतिपक्षको भूमिकामा छ। बैज्ञानिक समाजवाद र साम्यवादी गणतन्त्रलाई आफ्नो लक्ष्य ठान्ने, संघीयता र धर्मनिरपेक्षतालाई आफ्नो उपलब्धि बताउने माओवादीले १५/१६ वर्षे शासनकालमा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने सवालमा भने अपेक्षित काम गर्न सकेन। आवश्यक कानुन निर्माण र जनअधिकारको कार्यान्वयनमा अन्य संसदीय दलहरूसँगै आफूहरू पनि अन्योलमा परेको कुरा माओवादी उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले स्वीकार गरेका छन्। "अझै पनि जनताको पक्षमा लड्न तयार छु" पुनले आफू परिवर्तन, गणतन्त्र र जनअधिकार स्थापनाका लागि लडेको व्यक्ति भएकोले बाँकी जीवन पनि जनताको सेवामा समर्पित…