प्यूठान । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको ५६ ओैँ स्थापना दिवसको अवसरमा प्यूठानमा बिबिध कार्यक्रम गरि मनाईएकोछ ।

नेबिसंघ प्यूठानले प्यूठान अस्पताल बिजुवारमा रहेका ३० जना बिरामीहरुलाई जुस रफलफूल बितरण गरि आफ्नो ५६ ओैँ स्थापना दिवस मनाएको हो । नेबिसंघले आपसमा शुभकामना आदान प्रदान गर्दै भेटघाट र सांगठानिक गतिबिधिको समेत समीक्षा गर्दै स्थापना दिवस मनाएको जिल्ला अध्यक्ष कल्याण बिक्रम केसीले जानकारी गराए ।





