प्यूठान । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्यूठानको अध्यक्षमा तेजेन्द्र बुढामगर चयन भएकाछन् । आज पत्रकार महासंघको सुचना केन्द्र बिजुवारमा भएको छैटौ जिल्ला अधिवेशनले बुढामगरको नेतृत्वमा १३ सदसिय जिल्ला कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा सुवारत श्रेष्ठ र सचिबमा शुसिला बुढामगर चयन भएकाछन् । कार्यक्रममा बोल्ने बक्ताहरुले सहज प्रबिधि र ईन्टरनेटको सहजताले सोझै नागरिक सम्म विभिन्न सुचना प्रवाह हुने भएका कारण तथ्यगत बिषयमा नागरिक अन्यौलमा परेकाे बताए । कार्यक्रमका प्रमुख अतिथि एवम नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले पत्रकारिताको बिश्वसनियता कम्जोर बनाउने, विभिन्न किसिमका भिडलाइ उत्तेजित बनाउने, सामाजिक अश्लीलता प्रदर्शन गर्नेहरुले सामाजिक सञ्चालन दुरुपयोग गरेकाे बताए । उनले भने, ´निश्चित समय…